तपाईं सोचेर अचम्मित हुनुहुनेछ कि यदि तपाईंको श्रेष्ठताको कुनै क्षेत्र छैन भने तपाईं यसको पत्ता लगाउनुस् । यदि तपाईं जे गरिरहनु भएको छ, त्यसैमा धेरै राम्रो हुनुहुन्छ भने तपाईंलाई यो कुरा थाहा हुनुपर्छ कि यति तेजीले भइरहेको परिवर्तनको बीचमा तपाईं अरु कुनै कार्यक्षेत्रमा हुन सक्नुहुन्छ ।
केही वर्षपछि, सायद अरु कुनै नोकरीमा, केही अरु गरेर सायद विल्कुलै अलग खालको काम, अलग खालको श्रेष्ठताका साथ । तपाईं जुन कुराको लागि आजको लक्ष्यमा पुग्नुभएको छ त्यहाँ टिकिरहनको लागि त्यति पर्याप्त छैन ।
यहाँ तपाईंको सोच बदल्ने सबैभन्दा महत्वपूर्ण तरिकामध्ये एक पेश गरिएको छः सफल मानिस त्यही गर्छन् जे उनीहरुलाई मनपर्छ । उनीहरु काम केवल त्यसमा लुकेको आनन्द र कलात्मक अवसरको लाग गर्छन् । यदि उनीहरुले पैसा पाएनन् भने पनि सायद उनीहरु यही काम गरिरहेका हुन्थे । आफैसँग एक प्रश्न सोध्नुस्, यदि म आर्थिक रुपमा पूर्ण रुपमा सक्षम भएको भए जे चाह्यो त्यही काम गर्न सक्ेँ भने के गर्थें ?
यदि तपाईंलाई एक करोड डलर दिइयो, भने तपाईं आफ्नो जिन्दगी कसरी बदल्नु हुन्छ ? अधिकांश मानिस, एक करोड डलर पाउने बित्तिकै, सबैभन्दा पहिला आफ्नो नोकरी छोडिदिन्छन् । यदि तपाईं एक करोड डलरको लागि आफ्नो वर्तमान काम छोड्न सक्नुहुन्छ भने यो खतराको घण्टी हो । प्रष्ट छ, तपाईं आफ्नो क्यारियर र आफ्नो जिन्दगी बर्बाद पार्ने खतरा मडारिरहेको छ ।
साभारः ‘सोच बदलौँ’ पुस्तकबाट