• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार

    पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

    नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

    पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्ययोजना

    काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्ययोजना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१७ अशोज २०८३,
0
पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ। जिल्लामा पशुको नश्ल सुधार तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कृत्रिम गर्भाधान सेवा प्रभावकारी बन्दै गएको छ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीय तहअन्तर्गतका कृत्रिम गर्भाधान केन्द्रमार्फत आर्थिक वर्ष २०८२–८३ मा १० हजार ७८३ पशुमा कृत्रिम गर्भाधान भएको छ भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले बताए।

तनहुँमा १० वटा कृत्रिम गर्भाधान केन्द्र सञ्चालनमा छन्। ती केन्द्रमा ३० जना कृत्रिम गर्भाधानकर्ता परिचालित छन्। केन्द्रमार्फत एक हजार ९१० पशुमा कृत्रिम गर्भाधान गरिएको छ। जसमा एक हजार ३४५ गाई, ५६४ भैंसी र एक बङ्गुर छन्। त्यसैगरी स्थानीय तहअन्तर्गत सञ्चालित सेवामार्फत आठ हजार ८७३ पशुमा कृत्रिम गर्भाधान गरिएको केन्द्रले जनाएको छ। स्थानीय तहअन्तर्गत चार हजार ४३८ गाई, चार हजार ३८८ भैंसी, २० बाख्रा र २७ बङ्गुरमा कृत्रिम गर्भाधान गरिएको हो।

प्राविधिक ठकुरीका अनुसार कृत्रिम गर्भाधानपछि गाईमा ६५ प्रतिशत, भैँसीमा ५० प्रतिशत, बाख्रामा ३० प्रतिशत र बङ्गुरमा ७६ प्रतिशत गर्भाधान दर रहेको छ। “पशुपालन व्यवसायमा उन्नत नश्लका पशुको सङ्ख्या बढाउन, दूध तथा मासु उत्पादन वृद्धि गर्न र पशुपालक किसानको आयआर्जन बढाउन कृत्रिम गर्भाधान सेवालाई महत्वपूर्ण मानिन्छ,” उनले भने।

प्राकृतिक गर्भाधानको तुलनामा उन्नत नश्लका साँढे तथा राँगाको वीर्य प्रयोग गरी पशुको नश्ल सुधार गर्न सकिने भएकाले किसानमा यो सेवाप्रति आकर्षण बढेको उनले बताए।

तनहुँमा कृत्रिम गर्भाधान सेवा लिने पशुको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ। केन्द्रका अनुसार आर्थिक वर्ष २०८१–८२ मा नौ हजार ५५२ पशुमा कृत्रिम गर्भाधान गरिएको थियो। एक वर्षमा कृत्रिम गर्भाधान गरिएका पशुको सङ्ख्या एक हजार २३१ ले वृद्धि भएको छ। जिल्लामा व्यावसायिक रूपमा पशुपालन गर्ने किसानको सङ्ख्या बढ्दै जानु, उन्नत नश्लका पशुप्रति किसानको आकर्षण बढ्नु तथा स्थानीय तहसम्म कृत्रिम गर्भाधान सेवा विस्तार हुनुका कारण सेवाग्राही पशुको सङ्ख्या बढेको प्राविधिक ठकुरीले बताए।

कृत्रिम गर्भाधानबाट उन्नत नश्लका पशु उत्पादनसँगै दूध तथा मासु उत्पादन बढाउन सहयोग पुग्ने भएकाले पशुपालनलाई व्यावसायिक र उत्पादनमुखी बनाउन यो सेवा प्रभावकारी भएको प्राविधिक ठकुरीले बताए।

Previous Post

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्ययोजना

Next Post

नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

metakhabar

metakhabar

सम्बन्धित खबर

पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार
फिचर-ब्यानर

पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

१७ अशोज २०८३,
‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम
मनोरञ्जन

‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

१७ अशोज २०८३,
दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते
समाचार

दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

१७ अशोज २०८३,
नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण
समाचार

नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

१७ अशोज २०८३,
काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्ययोजना
समाचार

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्ययोजना

१७ अशोज २०८३,
काठमाडौँ–मुग्लिन सडकको फुर्केखोलामा वैकल्पिक सडक मर्मतसम्भारका लागि पाँच घण्टा बन्द हुने
समाचार

काठमाडौँ–मुग्लिन सडकको फुर्केखोलामा वैकल्पिक सडक मर्मतसम्भारका लागि पाँच घण्टा बन्द हुने

१७ अशोज २०८३,
Load More
Next Post
नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In