• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार

    पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

    नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

    पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्ययोजना

    काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्ययोजना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१७ अशोज २०८३,
0
काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्ययोजना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कपिलवस्तु । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले स्वदेशी काठको उत्पादन तथा उपयोग बढाएर विदेशी काठको आयात प्रतिस्थापन गर्न सरकारले कार्ययोजना निर्माण गरिरहेको बताइन् । कपिलवस्तुको तिलौराकोट साझेदारी वनको शुक्रबार अनुगमनका क्रममा उनले नेपालका वनमा काठ कुहिने र धोद्रिने तर विदेशबाट काठ आयात हुने अवस्था अन्त्य गर्न कार्ययोजना निर्माणको काम अन्तिम चरणमा पुगेको बताइन् । मन्त्री चौधरीले वनको दिगो व्यवस्थापनसँगै स्वदेशी काठको उत्पादन र उपभोग बढाउन सरकारको प्राथमिकता रहेको जानकारी दिइन्।

उनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै विदेशी काठको आयात प्रतिस्थापनका लागि स्वदेशी काठको उत्पादन र उपभोग बढाउने विषय समेटिएको बताइन् । “नेपालको वनमा रहेको काठको व्यवस्थित व्यवस्थापन र उपयोगका लागि कार्ययोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ,” उनले भनिन् ।

मन्त्री चौधरीले काठ आयात प्रतिस्थापनका लागि देशका विभिन्न स्थानमा भएका सफल अभ्यासको अध्ययन तथा अनुगमन भइरहेको बताइन् । स्वदेशी काठको उत्पादन, व्यवस्थापन, बिक्री तथा उपभोगलाई सहज बनाउन आवश्यक नीतिगत व्यवस्था गर्न सामुदायिक वन, साझेदारी वन र डिभिजन वन कार्यालयको स्थलगत अध्ययन भइरहेको उनको भनाइ छ ।

नेपालमा आवश्यकताअनुसार काठ उपलब्ध हुने अवस्था हुँदाहुँदै पनि विदेशबाट काठ आयात भइरहेको उल्लेख गर्दै मन्त्री चौधरीले स्वदेशी काठको व्यवस्थित उपयोग र खपत बढाउनुपर्नेमा जोड दिइन्।अनुगमन टोलीमा लुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटनमन्त्री तुलसीप्रसाद चौधरीसहित सङ्घीय तथा प्रदेश मन्त्रालयका अधिकारी सहभागी थिए । टोलीले तिलौराकोट साझेदारी वन उपभोक्ता समूह र मायादेवी साझेदारी वन उपभोक्ता समूहको स्थलगत अवलोकन गरेको थियो ।

सो अवसरमा तिलौराकोट साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष जयप्रकाश पाण्डेयले वनको वार्षिक आम्दानी करिब पाँच करोड रुपियाँ रहेको जानकारी दिए । वन संरक्षणसँगै स्थानीय रोजगारी सिर्जना, उपभोक्ताको काठजन्य आवश्यकता पूरा गर्ने र आम्दानीका गतिविधि सञ्चालन गर्दै आएको उनले बताए ।अध्यक्ष पाण्डेयले स्वदेशी काठको व्यवस्थित उत्पादन र उपयोगलाई सरकारले प्राथमिकता दिए नेपाल काठमा आत्मनिर्भर बन्न सक्ने र आयात घटाउन सकिने बताए।

अनुगमन टोलीलाई डिभिजन वन कार्यालय कपिलवस्तुका वरिष्ठ वन अधिकृत दीपक केसी, तिलौराकोट साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष पाण्डेय, मायादेवी साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेश जयसवाल र वन निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक ईश्वरीप्रसाद पौडेललगायतले साझेदारी वनमा भइरहेको कामबारे जानकारी गराएका थिए ।

उनीहरूले कपिलवस्तुमा संवर्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापनका अभ्यास, वन संरक्षण र काठ उत्पादनका विषयमा जानकारी दिए। नीतिगत समस्याका कारण वनमा उत्पादनयोग्य काठ कुहिने तथा धोद्रिने अवस्था रहे पनि स्वदेशी माग पूर्ति गर्न विदेशबाट काठ आयात गर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ ।

Previous Post

काठमाडौँ–मुग्लिन सडकको फुर्केखोलामा वैकल्पिक सडक मर्मतसम्भारका लागि पाँच घण्टा बन्द हुने

Next Post

पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

metakhabar

metakhabar

सम्बन्धित खबर

पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार
फिचर-ब्यानर

पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

१७ अशोज २०८३,
‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम
मनोरञ्जन

‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

१७ अशोज २०८३,
दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते
समाचार

दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

१७ अशोज २०८३,
नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण
समाचार

नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

१७ अशोज २०८३,
पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार
समाचार

पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

१७ अशोज २०८३,
काठमाडौँ–मुग्लिन सडकको फुर्केखोलामा वैकल्पिक सडक मर्मतसम्भारका लागि पाँच घण्टा बन्द हुने
समाचार

काठमाडौँ–मुग्लिन सडकको फुर्केखोलामा वैकल्पिक सडक मर्मतसम्भारका लागि पाँच घण्टा बन्द हुने

१७ अशोज २०८३,
Load More
Next Post
पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In