काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा हाम्दी अहमद इल्जेबालीले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राजदूत नोहाले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका छन् । उनीहरु बीच दुई देशबीचको सम्बन्ध र बहुपक्षीय सहयोग आदानप्रदानबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
त्यसैगरी प्रधानमन्त्री दाहालसँग नेपालका लागिका नर्वेका राजदूत टोरून ड्रमडालले शिष्टाचार भेट गरेका छन् । उनीहरु बीच आपसी हित बहुपक्षीय विकाससम्बन्धी सहयोग आदानप्रदानबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।













