• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

    घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१५ अशोज २०८३,
0
घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ। अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण तनहुँको घिरिङ गाउँपालिकामा सात वटा झोलुंगे पुल र एक वटा बेलिब्रिजमा क्षति पुगेको छ। यस्तै, भिमाद–रामपुर सडकखण्ड प्रभावित भएको छ।

बाढीपहिराले गाउँपालिकाका विभिन्न स्थानमा भएको क्षतिको अवस्था बुझ्न जिल्ला सुरक्षा समितिको टोलीले बुधबार स्थलगत अनुगमन गरेको थियो। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्की, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापालगायतको टोलीले क्षतिग्रस्त संरचनाको निरीक्षण गरेको हो।

बाढीपहिरोका कारण पुल तथा सडकमा क्षति पुगेपछि स्थानीयवासीको आवागमनमा समस्या भएको छ। विशेषगरी झोलुङ्गे पुलमा भएको क्षतिले गाउँका विभिन्न बस्तीबीचको सम्पर्क प्रभावित भएको छ। बेलिब्रिज तथा सडकमा भएको क्षतिले यातायात सञ्चालनमा चुनौती थपिएको छ। टोलीले क्षतिग्रस्त संरचनाको स्थलगत अवलोकन गर्दै तत्काल गर्नुपर्ने व्यवस्थापन तथा पुनः निर्माणका लागि गर्नुपर्ने आवश्यक समन्वयका बारेमा जानकारी लिएको थियो।

बाढीले क्षतिग्रस्त घिरिङ–डेढगाउँ पुलको सर्भे

घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिका–डेढगाउँ जोड्ने पुलको स्थलगत निरीक्षण तथा नाप जाँच गरिएको छ। कालीगण्डकीमा आएको भीषण बाढीले पुलको पहुँचमार्ग बगाएपछि उक्त मार्गमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध छ। पुल क्षतिग्रस्त भएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएको छ।

घिरिङ गाउँपालिकाको समन्वयमा सडक विभाग, दमौलीको प्राविधिक टोलीले क्षतिग्रस्त पुलको स्थलगत निरीक्षण तथा नाप जाँच गरेको हो। सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिको रोहवरमा प्राविधिक टोलीले पुलको अवस्थाबारे आवश्यक विवरण सङ्कलन गरेको गाउँपालिकाले जनाएको छ।

घिरिङ गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारीले सर्भे सम्पन्न भएसँगै तत्काल वैकल्पिक व्यवस्था तथा पुल पुनः निर्माणको काम अघि बढ्ने विश्वास व्यक्त गरिन्।

Previous Post

कालीगण्डकी करिडोर सञ्चालनमा

Next Post

सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

metakhabar

metakhabar

सम्बन्धित खबर

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा
आवाज

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

१५ अशोज २०८३,
दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र
समाचार

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

१५ अशोज २०८३,
भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’
समाचार

भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

१५ अशोज २०८३,
वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष
समाचार

वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

१५ अशोज २०८३,
सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी
समाचार

सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

१५ अशोज २०८३,
कालीगण्डकी करिडोर सञ्चालनमा
समाचार

कालीगण्डकी करिडोर सञ्चालनमा

१५ अशोज २०८३,
Load More
Next Post
सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In