• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१५ अशोज २०८३,
0
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै बेरोजगार युवायुवतीलाई ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई काठमाण्डु उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–१५ बस्ने ३२ वर्षीय वीरेन्द्र तामाङ, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ स्थायी घर भई हाल काठमाण्डु महानगरपालिका–९ बस्ने ३८ वर्षीय कमलप्रसाद गौतम, अछामको ढकारी गाउँपालिका–४ स्थायी घर भई हाल काठमाण्डु महानगरपालिका–१४ बस्ने ३३ वर्षीय गणेशबहादुर बुढा र रामेछाप नगरपालिका–६ स्थायी घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ४४ वर्षीय बादी कुमार तामाङ रहेका छन् ।

प्रहरीका अनुसार वीरेन्द्र तामाङले बेलायत पठाइदिने भन्दै १ जना पीडितबाट ९ लाख रुपैयाँ लिएको आरोप छ । उनलाई ललितपुर महानगरपालिका–३ बाट पक्राउ गरिएको छ ।

त्यस्तै कमलप्रसाद गौतमले रोमानिया पठाइदिने भन्दै २ जना पीडितबाट १ लाख रुपैयाँ लिएको आरोप छ । उनलाई काठमाण्डु महानगरपालिका–९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै गणेशबहादुर बुढाले अस्ट्रेलिया र क्यानडा पठाइदिने भन्दै २ जना पीडितबाट ३ लाख रुपैयाँ लिएको आरोपमा काठमाण्डु महानगरपालिका–१३ बाट पक्राउ परेका छन् ।

बादीकुमार तामाङले पोल्यान्ड पठाइदिने भन्दै ५ जना पीडितबाट २१ लाख ८९ हजार रुपैयाँ लिएको आरोप छ । उनलाई कागेश्वरी मनोहरा नगरपालिका–९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रेस विज्ञप्तिअनुसार पक्राउ परेका ४ जनामाथि कुल ३३ लाख ८९ हजार रुपैयाँ ठगी गरेको आरोप छ भने यसबाट १० जना पीडित भएको देखिएको छ ।

प्रहरीले आकर्षक तलबको प्रलोभनमा परी वैदेशिक रोजगारीका नाममा रकम बुझाउनुअघि सम्बन्धित व्यक्ति तथा संस्थाको आधिकारिकता जाँच गर्न आग्रह गरेको छ ।

Previous Post

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

Next Post

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

metakhabar

metakhabar

सम्बन्धित खबर

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ
फिचर-ब्यानर

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

१५ अशोज २०८३,
कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा
आवाज

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

१५ अशोज २०८३,
दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र
समाचार

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

१५ अशोज २०८३,
भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’
समाचार

भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

१५ अशोज २०८३,
वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष
समाचार

वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

१५ अशोज २०८३,
सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी
समाचार

सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

१५ अशोज २०८३,
Load More
Next Post
जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In