काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ५ का युवा नेता प्रकाश महर्जनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गर्नुभएका महर्जन १२औँदेखि १५औँ महाधिवेशनसम्म लगातार केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुँदै आउनुभएको छ। उहाँले २०६० सालमा शंकरदेव क्याम्पसको स्ववियु सचिव तथा अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो।
नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्यसमेत रहनुभएका महर्जनले लामो समयदेखि पार्टी तथा भ्रातृ संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँले आगामी महाधिवेशनमार्फत नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा नयाँ जिम्मेवारीका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो।













