• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    लालपुर्जा हातमा, जमिन बलानमा

    लालपुर्जा हातमा, जमिन बलानमा

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१२ अशोज २०८३,
0
विश्वमा अझै घातक बनिरहेको छ रेबिज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।रेबिज घातक भएपनि रोकथाम गर्न सकिने रोग हो तर विश्वभर हरेक वर्ष अनुमानित ५८ हजार ९९० मानिसको रेबिजका कारण मृत्यु हुने गरेको छ । यसमध्ये ४७ प्रतिशत रेबिजबाट हुने मृत्यु दक्षिणपूर्वी एसियामा तथा ३२।५ प्रतिशत अफ्रिकी मुलुकमा हुने गरेको तथ्याङ्क छ । यसमा करिब ४० प्रतिशत १५ वर्षभन्दा कम उमेरका बालबालिका छन् । मानव रेबिजका करिब ९९ प्रतिशत घटनाहरु कुकुरसँग सम्बन्धित छन् ।

हरेक वर्ष २८ सेप्टेम्बरमा विश्व रेबिज दिवस मनाइन्छ । यो दिवस रेबिजको रोकथाम, जनचेतना अभिवृद्धि तथा मानव र पशु स्वास्थ्यबीचको समन्वयलाई सुदृढ गर्दै रेबिज निवारणतर्फको प्रतिबद्धता दोहो¥याउने अवसरका रूपमा लिइन्छ । यो दिन लुइ पास्चरको स्मृति दिवससमेत हो । रेबिज विरुद्धको पहिलो सफल खोप विकासमा उहाँको महत्त्वपूर्ण योगदान रहेको थियो । यस वर्ष ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने सन्देशका साथ विश्व रेबिज दिवस मनाइएको छ ।

रेबिजबाट नेपालमा बर्सेनि १०० जनाको मृत्यु

यसैगरी नेपालमा पनि रेबिज एक महत्त्वपूर्ण जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । आर्थिक वर्ष २०८१÷८२ मा देशभर दुई लाख २३ हजार ५१० जनावरको टोकाइका घटनाहरु रिपोर्ट भएका छन् । तीमध्ये करिब ९६ प्रतिशत टोकाइ कुकुरबाट भएको छ ।
नेपालमा हुने मानव रेबिजका करिब ९९ प्रतिशत घटना कुकुरको टोकाईसँग सम्बन्धित छन् । नेपालमा प्रत्येक वर्ष करिब १०० जनाको रेविजका कारण मृत्यु हुने अनुमान रहेको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा अनुज भट्टचनले जानकारी दिए ।

नेपालको करिब ५० प्रतिशत जनसङ्ख्या उच्च जोखिम क्षेत्रमा बसोबास गर्ने र बालबालिका विशेष जोखिममा रहने अवस्था छ । देशभर रेबिजसम्बन्धी सेवा विस्तार गर्ने क्रममा हाल २८६ वटा सेवा केन्द्रवाट रेबिज विरुद्धको खोप सेवा उपलब्ध गराइएको उनले बताए ।

जनावरले टोकेमा वा चिथोरेमा उपचारमा ढिलाइ गर्नुहुँदैन

“कुकुर, विरालो वा अन्य सम्भावित रेबिज सङ्क्रमित जनावरले टोकेमा वा चिथोरेमा घटनालाई सामान्य ठानेर उपचारमा ढिलाइ गर्नु हुँदैन”, निर्देशक डा भट्टचनले भने, “यस्तो अवस्थामा घाउलाई साबुन र बगिरहेको पानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुनुपर्छ र घाउमा खुर्सानी, तेल, माटो, जडीबुटी वा अन्य कुनै घरेलु पदार्थ लगाउनुहुँदैन ।”

त्यसपछि सम्भव भएसम्म तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार तथा खोप सुरु गर्नुपर्ने र स्वास्थ्यकर्मीले। दिएको सल्लाहअनुसार उपचारको निर्धारित प्रक्रिया पूरा गर्नुपर्ने निर्देशक डा भट्टचनको भनाइ छ । जनावरको टोकाइलाई सानो घाउ भन्दै वेवास्ता गर्न नहुने र रेबिजको लक्षण देखिएपछि सत प्रतिशत घातक हुने भएकाले लक्षण पर्खन नहुने महाशाखाले जनाएको छ । “जनावरले टोकेपछि समयमै उचित उपचार लिनु नै रेबिजवाट हुने मृत्यु रोक्ने प्रमुख उपाय हो”, उनले भने ।

सन् २०३० सम्म कुकुरबाट हुने रेबिज मृत्यु शून्य बनाउने लक्ष्य

नेपालले २०३० सम्म कुकुरबाट सर्ने रेबिजका कारण हुने मानव मृत्यु शून्य बनाउने लक्ष्य लिएको छ । यो लक्ष्य प्राप्तिका लागि रेबिज निगरानी तथा प्रयोगशाला प्रणाली सुदृढीकरण, कुकुरको सामूहिक खोप, कुकुरको जनसङ्ख्या व्यवस्थापन, रेबिजविरुद्धको उपचारमा पहुँच सुधार तथा समुदायमा जनचेतना अभिवृद्धि लगायतका रणनीतिक कार्यहरू अघि बढाइएका छन् ।

महाशाखाका अनुसार रेबिज निवारणका लागि नेपालका सातै प्रदेशमा रेबिज निवारण रणनीति तथा रोडम्याप विकास, उच्च जोखिम क्षेत्रमा समुदायमा आधारित जनचेतना तथा मानव र पशु स्वास्थ्य क्षेत्रबीचको समन्वयलाई प्राथमिकता दिइएको छ ।

रेबिज रोकथाममा समुदायको भूमिका महत्त्वपूर्ण घरपालुवा कुकुर तथा बिरालोलाई नियमित खोप लगाउने, बालबालिकालाई जनावरसँग सुरक्षित व्यवहार गर्न सिकाउने, जनावरको टोकाइ वा चिथोराइपछि तत्काल स्वास्थ्य संस्थामा पुग्ने र समुदायमा रेबिजसम्बन्धी सही जानकारी फैलाउने कार्यले रेबिज रोकथाममा महत्त्वपूर्ण योगदान पु–याउने महाशाखाले आज जारी गरेको सन्देशमा उल्लेख छ ।

Previous Post

लालपुर्जा हातमा, जमिन बलानमा

Next Post

प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

metakhabar

metakhabar

सम्बन्धित खबर

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

१२ अशोज २०८३,
प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा
समाचार

प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

१२ अशोज २०८३,
लालपुर्जा हातमा, जमिन बलानमा
फिचर-ब्यानर

लालपुर्जा हातमा, जमिन बलानमा

१२ अशोज २०८३,
नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने
फिचर-ब्यानर

नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

१२ अशोज २०८३,
बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै
आर्थिक

बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

१२ अशोज २०८३,
नारायणीको जलसतह हालसम्मकै उच्च
आर्थिक

बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

१२ अशोज २०८३,
Load More
Next Post
प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In