• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नारायणीको जलसतह हालसम्मकै उच्च

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुज खोल्ने इरानी प्रस्ताव अस्वीकार

    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

    कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना

    कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

    जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान

    जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१२ अशोज २०८३,
0
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पुनःखोल्ने इरानको प्रस्ताव अस्वीकार गरेको संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले बताउनुभएको छ । इरानले आणविक कार्यक्रमबारे वार्ता अघि बढाउनुअघि प्रतिबन्ध हटाउन र अर्बौं डलर बराबरको रोक्का सम्पत्तिमा पहुँच दिनुपर्ने माग राखेकाले प्रस्ताव स्वीकार नगरिएको उहाँले बताउनुभयो ।

सीएनएनको ‘स्टेट अफ द युनियन’ र एनबीसीको ‘मिट द प्रेस’ कार्यक्रममा वाल्ट्जले इरानले हर्मुज जलघाँटी सात दिनका लागि खोल्ने प्रस्तावसँग रोक्का सम्पत्तिमा पहुँच र प्रतिबन्ध हटाउने माग जोडेको बताउनुभयो । उहाँले अमेरिकाले अन्ततः इरानसँग कुनै न कुनै सम्झौता गर्नुपर्ने भए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै विकल्प खुला राख्नुभएको बताउनुभयो ।

वाल्ट्जले इरानमाथिका प्रतिबन्ध अमेरिकी मात्र नभई विश्वव्यापी रहेको उल्लेख गर्दै इरानको आणविक कार्यक्रमबारे संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले पछिल्ला २० वर्षमा सातवटा प्रस्ताव पारित गरेको बताउनुभयो । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले पनि आणविक गतिविधिको निरीक्षणमा आवश्यक पहुँच नदिएको विषय सुरक्षा परिषद्मा पठाएको उहाँको भनाइ थियो ।

इरानी विदेशमन्त्री सैय्यद अब्बास अराघचीले भने वाल्ट्जले हर्मुज जलघाँटी खोल्ने प्रस्तावको विवरण सही रूपमा प्रस्तुत नगरेको बताउनुभएको छ । उहाँले प्रस्तावबारे इरानलाई अमेरिकी अस्वीकृति औपचारिक कूटनीतिक माध्यमबाट जानकारी नगराइएको दाबी गर्नुभयो ।

यसैबीच, राष्ट्रपति ट्रम्पले इरानसँगको द्वन्द्व चाँडै अन्त्य हुने विश्वास व्यक्त गर्दै त्यसपछि विश्वव्यापी तेलको मूल्य घट्ने बताउनुभएको छ । उहाँले इरानसँग आणविक हतियार हुन नदिनु अमेरिकी नीतिको मुख्य विषय रहेको दोहोर्‍याउनुभयो । आगामी मध्यावधि निर्वाचनअघि थप सैन्य कारबाही हुनसक्ने सम्भावनालाई पनि उहाँले अस्वीकार गर्नुभएन ।

अराघचीले इरान कूटनीतिक समाधानका लागि तयार रहेको बताउँदै थप आक्रमणको सामना गर्न पनि आफ्नो देश तयार रहेको उल्लेख गर्नुभयो । उहाँले अमेरिकी मध्यावधि निर्वाचनभन्दा इरानले आफ्नो राष्ट्रिय हितलाई प्राथमिकता दिने बताउनुभयो ।

इरानले रोक्का गरिएका आफ्ना सम्पत्ति फुकुवा गर्न र तेल बिक्री गर्न पाउनुपर्ने माग राख्दै हर्मुज जलघाँटी पुनःखोल्न आफू इच्छुक रहेको उहाँले दोहोर्‍याउनुभयो । उहाँका अनुसार यी विषय जुनमा भएको अस्थायी युद्धविरामसम्बन्धी समझदारीसँग सम्बन्धित रहे पनि त्यसपछि भएका पारस्परिक आक्रमणका कारण कार्यान्वयनमा आउन सकेनन् ।

अराघचीले कूटनीतिक समाधानका लागि प्रयास जारी राख्न आफू इच्छुक रहेको बताउनुभएको छ ।

Previous Post

दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

Next Post

बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

metakhabar

metakhabar

सम्बन्धित खबर

नारायणीको जलसतह हालसम्मकै उच्च
आर्थिक

बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

१२ अशोज २०८३,
दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’
आवाज

दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

१२ अशोज २०८३,
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
आर्थिक

कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना

१२ अशोज २०८३,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

१२ अशोज २०८३,
जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान
आवाज

जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान

१२ अशोज २०८३,
पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध
आवाज

पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

१२ अशोज २०८३,
Load More
Next Post
नारायणीको जलसतह हालसम्मकै उच्च

बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In