काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको वसन्तपुरमा मनाइँदै आएको सांस्कृतिक तथा ऐतिहासिक पर्व इन्द्रजात्राको अवलोकन गरेका छन् ।
शुक्रबार वसन्तपुर पुगेका राष्ट्रपति पौडेलले इन्द्रजात्रासँगै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गरेका हुन् ।
इन्द्रजात्रा अवलोकनका क्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव तथा मन्त्रिपरिषद्का सदस्यहरूको पनि उपस्थिति थियो । विभिन्न देशबाट आएका पाहुनाले समेत वसन्तपुर पुगेर जात्रा अवलोकन गरेका थिए ।
इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध शालिकदेखि पैदल हिँडेर हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेका थिए ।
काठमाडौं उपत्यकामा विशेष सांस्कृतिक तथा धार्मिक महत्वका साथ मनाइने इन्द्रजात्रा नेवार समुदायको प्रमुख पर्वमध्ये एक हो ।













