• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

    सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

    भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

    भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

    २०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

    २०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

    दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

    दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

    मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

    मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
६ अशोज २०८३,
0
सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर। नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशका छ पहाडी जिल्लामा मिर्गौलाका बिरामीले अझै पनि ‘डायलासिस’ सेवा पाउन सकेका छैनन् । यहाँका सात पहाडी जिल्लामध्ये डडेल्धुरा अस्पतालमा पाँच शय्याको मिर्गौला ‘डायलासिस’ सेवा सञ्चालनमा छ । भने बाँकी ६ जिल्लाका मृगौा पीडित बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता छ ।

पाँच शय्या रहेको डडेल्धुरामा ३० जनाले डायलासिस सेवा लिइरहेको अस्पतालले जनाएको छ । यहाँका पहाडी जिल्लाका मृगौला पीडित बिरामी उपचारका लागि कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरका साथै भारतका विभिन्न अस्पतालसमेत धाउनुपर्ने बाध्यता छ ।

तराईको दुई जिल्ला र डडेल्धुरामा ‘डायलासिस’ सेवा रहेपनि चाप अत्यधिक हुँदा बिरामीले सहज रुपमा सेवा नपाउने स्थिती रहेको छ । कैलालीको सेती प्रादेशिक, कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक र टीकापुर प्रादेशिक अस्पतालले मृगौलाका बिरामीलाई ‘डायलासिस’ सेवा प्रदान गरिरहेको भए पनि उनीहरुले उपचारका लागि महिनौँ कुर्नुपर्ने अवस्था छ ।

यहाँका सरकारी र निजी अस्पतालले कूल ४६ शय्याको मिर्गौला ‘डायलासिस’ सेवा प्रदान गरिरहेका छन् । सेती प्रादेशिक अस्पतालमा २१ शय्या, महाकाली र टीकापुर अस्पतालमा १०÷१० शय्या र धनगढीस्थित निजी अस्पतालमा १० शय्या सञ्चालित छन् । सङ्घीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालमा पाँच वटा शय्या छन् ।

डोटी जिल्ला अस्पतालबाट ‘डायलासिस’ सेवा प्रदानको गृहकार्य भइरहेको भए पनि सेवा सञ्चालनमा आइसकेको छैन् । डोटी जिल्ला अस्पतालका सूचना अधिकारी नारदप्रसाद भट्टले भौतिक संरचना अभावका कारण ‘डायलासिस’ सेवा प्रदान गर्न कठिनाई भइरहेको बताए । उनले स्वास्थ्य सेवा विभागबाट तीन थान ‘डायलासिस’ मेसिन अस्पताललाई दिइएको जानकारी दिए ।

“अस्पतालको नयाँ भवन निर्माण अन्तिम चरणमा छ”, भट्टले भने,“डायलासिसका लागि एक जनाले तालिमसमेत लिइसक्नुभएको छ । भवन हस्तान्तरण लगत्तै यहाँ उक्त सेवा सञ्चालन गर्छौँ ।”

सुदूरपश्चिम प्रदेश सरकारले यहाँ ‘डायलासिस’ सेवा सहज रुपमा प्रदान गर्ने गृहकार्य अघि बढाएको भए पनि बिरामीले ‘डायलासिस’ का लागि कुनुपर्ने र भनसुन गराउनुपर्ने परिस्थिति विद्यमान छ । प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पदभार ग्रहण लगत्तै सुदूरपश्चिमका प्रादेशिक अस्पतालमा मृगौलाको ‘डायलासिस’ शय्या थप गर्ने र पहाडी जिल्लामा उक्त सेवा विस्तार गर्ने पहिलो निर्णय गरेका थिए ।

गत साउन २९ गतेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सेती प्रादेशिक अस्पतालमा पाँच शय्या, महाकालीमा चार शय्या, टीकापुर अस्पतालमा तीन शय्या थप गर्ने निर्णय गरेको थियो । भने कैलालीको लम्कीचुहा प्रादेशिक अस्पतालमा पाँच शय्या, अछामको बयलपाटा प्रादेशिक अस्पताल र जोगबुढा प्रादेशिक अस्पतालमा दुई÷दुई तथा पहाडी जिल्लाका जिल्ला अस्पतालमा दुई शय्या ‘डायलासिस’ सेवा बिस्तार गर्ने निर्णय गरेको थियो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले अस्पतालमा २१० मिर्गौलाका बिरामीले ‘डायलासिस’ सेवा लिइरहेको जानकारी दिए । “दैनिक १५ बिरामीले सेवा पाउन कुर्नुपर्ने बाध्यता छ”, उनले भने, “दैनिक १५ देखि २० जनाले सेवा पाइरहेका छन् ।”

यहाँ निजीतर्फ धनगढीमा रहेको नवजीवन अस्पतालले १० शय्याबाट डायलासिस सेवा प्रदान गरिरहेको छ । त्यसैगरी जिल्ला अस्पताल बझाङका प्रमुख डा सन्दिप ओखेडाले बझाङमा ‘डायलासिस’ सेवा लिुनपर्ने मिर्गौलाका बिरामी उपचारका लागि धनगढी धाउने गरेका बताए ।

“जिल्लामै सेवा प्रदान गर्न भौतिक पुर्वाधारसँगै तालिम प्राप्त जनशक्ति पनि छ”, उनले भने, “मलाई जानकारी भएअनुसार ८÷१० बिरामी धनगढीमा डायलासिस गराइरहनुभएको छ ।” उनले जिल्लामै सो सेवा प्रदान गर्न पहल गरिनुपर्नेमा जोड दिए ।

त्यसैगरी महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य इन्द्र साउदले अस्पतालमा मिर्गौलाका बिरामीको चाप रहेको बताए । “अब छिट्टै बिहान, साँझ र राति गरी तीन सिफ्टमा सेवा प्रदान गर्ने योजना छ”, उनले भने, “बिरामीको चापअनुसार सेवा विस्तार गर्न सकिएको छैन । महाकालीमा दैनिक २० देखि २५ बिरामी ‘डायलासिस’ सेवा लिन आउने गरेका छन् ।”

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा खगेन्द्र बमले पहाडी जिल्लामा रहेका अस्पतालमा मिर्गौलाका बिरामीका लागि ‘डायलासिस’ सेवा सञ्चालन गर्न सकिने बताए । “दक्ष जनशक्ति र आवश्यक उपकरण भए जिल्ला अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्न समस्या हुँदैन”, उनले भने, “सेवा विस्तारका लागि भौतिक संरचना निर्माणदेखि जनशक्तिसम्मका तीनवटै सरकारबीच सहकार्य गर्न आवश्यक छ ।”

Previous Post

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

metakhabar

metakhabar

सम्बन्धित खबर

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना
समाचार

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

६ अशोज २०८३,
२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए
खेलमैदान

२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

६ अशोज २०८३,
दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन
समाचार

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

६ अशोज २०८३,
मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो
समाचार

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

६ अशोज २०८३,
जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
फिचर-ब्यानर

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

६ अशोज २०८३,
गल्छी–स्याफ्रुबेँसी सडक खुलाउन तीव्रता, असोजभित्र यातायात सञ्चालन गर्ने लक्ष्य
फिचर-ब्यानर

गल्छी–स्याफ्रुबेँसी सडक खुलाउन तीव्रता, असोजभित्र यातायात सञ्चालन गर्ने लक्ष्य

६ अशोज २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In