• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

    न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

    डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना

    डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतीय विदेशसचिवको आ‍ैपचारिक नेपाल भ्रमण तालिका यस्तो

by
२९ माघ २०७९,
0
भारतीय विदेशसचिवको आ‍ैपचारिक नेपाल भ्रमण तालिका यस्तो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतीय विदेशसचिव विनयमोहन क्वात्रा दुई दिने भ्रमणका लागि सोमबार नेपाल आउँदैछन् । नेपाली समकक्षी परराष्ट्रसचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा विदेशसचिव क्वात्रा नेपाल आउन लागेका हुन्। दुवै देशका परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै क्वात्राको भ्रमणबारे जानकारी गराएका छन् ।

क्वात्रा सोमबार र मंगलबार नेपालको औपचारिक भ्रमणमा रहनेछन् । भ्रमणका क्रममा क्वात्राले समकक्षी पौड्यालसँग औपचारिक छलफल गर्नेछन् । उक्त छलफलमा दुई पक्षीय सहकार्यका विभिन्न पक्ष जस्तैः कनेक्टिभिटी, उर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृति आदिबारे छलफल हुनेछ ।

क्वात्राको भ्रमण नेपाल(भारतबीच भइरहेको उच्चस्तरिय भ्रमणको निरन्तरता भएको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले उनको भ्रमण दुई देशको सम्बन्धलाई अझ गहिरो बनाउने मौका हुने बताएको छ ।

यसअघि गत भदौमा परराष्ट्रसचिव पौड्यालले भारत भ्रमण गरेका थिए । विदेशसचिवको रूपमा क्वात्राको यो पहिलो नेपाल भ्रमण हो भने पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक उच्च भारतीय कूटनीतिज्ञ काठमाडौं आउन लागेका हुन् ।

पौड्याल र क्वात्राले गत वर्ष प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री नरेन्द्र मोदीको एकअर्काको देशको उच्चस्तरीय भ्रमणका क्रममा भएका विभिन्न पहल र घोषणाहरूको प्रगतिको पनि समीक्षा गर्ने नेपालका अधिकारीले जनाएका छन्।

प्रधानमन्त्री देउवाले गत अप्रिलमा भारत भ्रमण गरेका थिए भने मोदी वैशाखमा नेपाल आएका थिए । भारतीय प्रधानमन्त्रीका तर्फबाट क्वात्राले प्रधानमन्त्री दाहाललाई उपयुक्त मितिमा भारत भ्रमणको निमन्त्रणा पनि दिने नेपाली कूटनीतिज्ञले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले गत माघ १ गते पत्रकार समूहलाई आफ्नो पहिलो विदेश भ्रमण भारत हुने र त्यसका लागि नयाँ दिल्लीस्थित नेपाली दूतावासले सम्बन्धित भारतीय कार्यालयसँग समन्वय गरिरहेको बताएका थिए ।

तर दाहालले नयाँ दिल्लीलाई आफ्नो पहिलो पोर्ट अफ कल बनाउने कि नगर्ने भन्ने अझै अनिश्चित छ किनभने उनी मार्च ५-९ मा हुने अल्पविकसित राष्ट्रहरूको पाँचौं संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन पहिलो पटक कतार जान सक्नेछन्।

नेपाल अल्पविकसित राष्ट्रको अध्यक्ष बन्ने राष्ट्रसंघीय सम्मेलनमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री दुवै सहभागी हुने कार्यक्रम छ ।

क्वात्राको भ्रमणपछि प्रधानमन्त्रीको दिल्ली भ्रमणको मिति तय गरिने अधिकारीहरुले जनाएका छन् । क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो समेत दिनेछन्।

पहिलो पटक प्रधानमन्त्री निर्वाचित भएपछि दाहालले नेपाली प्रधानमन्त्रीहरूले नयाँ दिल्लीको पहिलो भ्रमण गर्ने परम्परालाई तोडेर त्यस वर्षको ग्रीष्मकालीन ओलम्पिक उद्घाटन समारोहमा भाग लिन बेइजिङ प्रस्थान गरेका थिए ।

तर बेइजिङबाट फर्किएपछि दाहालले नेपाल(भारत सम्बन्धमा परेको कथित क्षतिलाई नियन्त्रण गर्ने प्रयास गर्दै बेइजिङ भ्रमण औपचारिक नभएको र आफ्नो पहिलो ‘आधिकारिक भ्रमण’ अझै नयाँ दिल्ली हुने बताएका थिए । तर दोस्रो कार्यकालमा दाहालले सेप्टेम्बर २०१६ मा भारतबाट विदेश भ्रमण सुरु गरेका थिए ।

त्यसपछि गत वर्ष जुलाईमा भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा दाहाल दक्षिणी छिमेकी गएका थिए । त्यसबेला दाहालले भारतीय विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत भाजपा अध्यक्षसँग पनि भेट गरेका थिए ।

डिसेम्बर २८ मा एक भारतीय समाचार च्यानलसँगको अन्तर्वार्तामा दाहालले क्वात्राबाट आफूलाई फोन आएको र उपयुक्त मितिमा भारत भ्रमण गर्न निम्तो दिएको पुष्टि गरेका थिए । एबीपी न्यूजसँगको अन्तर्वार्तामा दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने बताएका थिए ।

३० डिसेम्बरमा भारतीय राजदूत नवीन श्रीवास्तवले दाहाललाई भारतीय प्रधानमन्त्री मोदीको बधाई सन्देश हस्तान्तरण गर्दै भारत भ्रमणको निम्तो दिएको स्रोतले जनाएको छ । दाहालको भारत भ्रमणअघि काठमाडौं र नयाँ दिल्लीले विभिन्न तहमा द्विपक्षीय संयन्त्रका केही बैठक सम्पन्न गर्ने तयारी गरिरहेका छन् ।

नेपालका लागि भारतीय राजदूत समेत रहिसकेका क्वात्राले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यसूची रहेको छ । यस्तै सम्भव भएसम्म उनले पत्रकारहरुसँग भेटवार्ता समेत गर्नेछन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०, परराष्ट्रमन्त्री बिमला राई पौड्याल र राजनीतिक दलका शीर्ष नेतालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

Previous Post

६ चिनियाँ कम्पनी अमेरिकाको कालोसूचीमा

Next Post

गठबन्धनमा तिक्तता चुलिँदै, प्रचण्ड र ओलीबीच ‘भनाभन’

सम्बन्धित खबर

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?
फिचर-ब्यानर

अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

१९ बैशाख २०८३,
न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले
समाचार

न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

१९ बैशाख २०८३,
आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …
समाचार

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

१९ बैशाख २०८३,
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना
समाचार

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना

१९ बैशाख २०८३,
Load More
Next Post
सुदूरपश्चिम सरकार ढलेपछि ओलीलाई प्रचण्डको डर

गठबन्धनमा तिक्तता चुलिँदै, प्रचण्ड र ओलीबीच ‘भनाभन’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In