• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी

    काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी

    बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

    बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

    भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

    भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

    संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो

    संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो

    भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

    भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

metakhabar by metakhabar
२ अशोज २०८३,
0
वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर। मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्नुहुने भएको छ । पाँचौँपटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उहाँ तयार हुनुभएको हो ।

यही असोज १० गते शनिबार येँया पुन्हिःका दिन जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो । विगतमा जात्रा नियमित हुनसकेको थिएन ।

विसं २०७४ मा वीरेन्द्रभक्तकै अगुवाइमा पुनः जात्रा सुरु भएको थियो । त्यसयता उहाँले २०७९, २०८१ र २०८२ मा जिब्रो छेड्नुभएको थियो । उहाँले यस वर्ष पनि जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लाग्नुभएको हो ।

विसं २०७५ मा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएको र कोरोना महामारीका कारणले रोकिएकामा २०७९ सालमा वीरेन्द्रभक्तले पुनः जात्रालाई निरन्तरता दिनुभएको थियो । मध्यपुरथिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, २०५७ र २०६३ मा जिब्रो छेडाउनुभएको थियो ।

आर्थिक अभावका कारण चल्दै र रोकिदै आएको यो जात्रा सञ्चालनमा करिब छ लाख बढी खर्च हुने गरेको छ । नगरपालिकाले सहयोग गर्नेभन्दा बढी रकम जिब्रो छेड्ने व्यक्ति र स्थानीयको खर्च हुने गरेको छ । मध्यपुरथिमिको दिगुभैरव मन्दिरको डबलीमा हजारौ व्यक्तिको अगाडि जिब्रो छेडेर जात्रा सुरु हुन्छ । जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पशुपतिनाथको मन्दिरसम्म पुग्ने प्रचलन छ ।

किंवदन्तीअनुसार प्राचीनकालमा थिमिमा भूतप्रेत र पिशाचले आतङ्क मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि त्यसलाई नियन्त्रण गर्न एक जनालाई जिब्रो छेडी नगर परिक्रमा गराइएको थियो । त्यसपछि भूतप्रेत, पिशाच भागेर शान्ति स्थापना भएको भनाइ छ ।

भाद्र शुक्ल पूर्णिमाको साँझ तेलमा डुबाइएको करिब एक फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रो छेडिन्छ । पशुपतिनाथसम्मको यात्रा गर्दै पुनः बालकुमारी मन्दिर पुगी सियो निकाल्ने परम्परा छ । उक्त जात्रा मनाएपछि नगरमा रोग, अनिकाल, प्राकृतिक विपत्तिबाट जोगिने विश्वास रहँदै आएको छ ।

Previous Post

भोटेकोशी बाढी प्रभावित ‘होल्डिङ सेन्टर’ छाडेर क्रमशः कोठातिर

Next Post

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी
समाचार

काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी

२ अशोज २०८३,
बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
समाचार

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

२ अशोज २०८३,
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन
समाचार

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

२ अशोज २०८३,
संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो
समाचार

संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो

२ अशोज २०८३,
भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि
समाचार

भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

२ अशोज २०८३,
आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै
समाचार

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

२ अशोज २०८३,
Load More
Next Post
आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In