• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    घुम्रबराहीमा युवा समाजद्वारा जिम क्लब सञ्चालन, युवालाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने लक्ष्य

    घुम्रबराहीमा युवा समाजद्वारा जिम क्लब सञ्चालन, युवालाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने लक्ष्य

    विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

    भोटेकोशी बाढीमा यातायात क्षेत्रका १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता

    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    घुम्रबराहीमा युवा समाजद्वारा जिम क्लब सञ्चालन, युवालाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने लक्ष्य

    घुम्रबराहीमा युवा समाजद्वारा जिम क्लब सञ्चालन, युवालाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने लक्ष्य

    विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

    भोटेकोशी बाढीमा यातायात क्षेत्रका १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता

    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

metakhabar by metakhabar
१ अशोज २०८३,
0
गिद्ध संरक्षणमा ऐतिहासिक सफलता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अर्घाखाँची, १ असोजः कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध नेपालमा भने पुनःफर्किन थालेका छन् । संरक्षणका प्रभावकारी प्रयास, हानिकारक औषधीमाथिको नियन्त्रण, सुरक्षित आहार र बासस्थान संरक्षणका कारण नेपाल लोपोन्मुख गिद्धको सङ्ख्या घट्नेक्रम रोक्दै पुनः वृद्धि गराउन सफल दक्षिण एसियाकै पहिलो देश बनेको छ ।

सन् १९९० को दशकमा दक्षिण एसियामा गिद्धको सङ्ख्या अस्वाभाविक रूपमा घट्न थालेको थियो । नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशमा ठूलो सङ्ख्यामा गिद्ध मरेका भेटिएपछि यसका कारण खोज्ने क्रममा पशु उपचारमा प्रयोग हुने पीडानाशक औषधि डाइक्लोफेनेक गिद्ध विनाशको प्रमुख कारण भएको पुष्टि भएको थियो ।

डाइक्लोफेनेक प्रयोग गरिएको गाईबस्तु मरेपछि त्यसको सिनो गिद्धले खाँदा गिद्धको मिर्गौलाले काम गर्न छाड्ने र करिब दुई दिनभित्रै मृत्यु हुने गरेको अनुसन्धानबाट पत्ता लागेको थियो । त्यसबेला प्रजाति र स्थानअनुसार गिद्धको सङ्ख्या हरेक वर्ष २० देखि ५० प्रतिशतसम्म घटेको थियो ।

दक्षिण एसियामा पाइने नौ प्रजातिका गिद्धमध्ये चार प्रजाति अतिसङ्कटापन्न, एक सङ्कटापन्न र दुई प्रजाति सङ्कटको नजिक पुगेका थिए । गिद्धको सङ्ख्या तीव्र रूपमा घटेपछि नेपाल, भारत र पाकिस्तानले सन् २००६ मा पशु उपचारमा डाइक्लोफेनेक प्रयोगमा प्रतिबन्ध लगाए । बङ्गलादेशले भने सन् २०१० मा प्रतिबन्ध लगाएको थियो । त्यससँगै गिद्धका लागि सुरक्षित आहार उपलब्ध गराउने जटायु रेस्टुरेन्ट, बासस्थान संरक्षण तथा अन्य हानिकारक औषधिको प्रयोग न्यूनीकरणजस्ता कार्यक्रमले गिद्ध संरक्षणमा थप टेवा पु¥याएको हो ।

हालै प्रकाशित अनुसन्धानमूलक वैज्ञानिक अध्ययनले नेपालमा दुर्लभ डङ्गर गिद्धको सङ्ख्या सन् २०१२–२०१३ पछि निरन्तर बढिरहेको देखाएको गिद्ध विज्ञ कृष्णप्रसाद भुसालको भनाइ छ । अध्ययनअनुसार सन् २०१२ पछि नेपालमा डङ्गर गिद्धको सङ्ख्या औसतमा प्रतिवर्ष १२.७ प्रतिशतका दरले वृद्धि भएको छ । यो वृद्धि सन् २०२५ सम्म पनि निरन्तर रहेको अनुसन्धानकर्ता तथा आइयुसिएन गिद्ध विशेषज्ञ समूह एसियाका सहअध्यक्षसमेत रहनुभएका भुसालले बताउनुभयो ।
सडकमार्गमा नियमित रूपमा गिद्ध गणना गर्नुका साथै गुँडको निगरानी गरेर यस्तो निष्कर्ष निकालिएको हो । भुसालका अनुसार गिद्धको सङ्ख्या घटिरहेको अवस्थालाई रोक्दै पुनःवृद्धि हुने अवस्थामा पु¥याउने नेपाल पहिलो मुलुक बनेको छ । यस अध्ययनमा गिद्धको बाँच्ने दर पत्ता लगाउन स्याटेलाइट ट्यागसमेत प्रयोग गरिएको थियो । कुल ७० वटा डङ्गर गिद्धलाई ट्याग लगाएर गरिएको अनुगमनमा वयस्क गिद्धको वार्षिक बाँच्ने दर करिब ९४.७ प्रतिशत र अल्पवयस्क गिद्धको बाँच्ने दर ९५.५ प्रतिशत रहेको पाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा अध्ययनका सहलेखक वेदकुमार ढकालले जानकारी दिनुभयो ।

गिद्धको सङ्ख्या बढ्नुमा बाँच्ने दर मात्रै होइन, प्रजनन् सफलताले पनि महत्वपूर्ण भूमिका खेलेको अनुसन्धानले देखाएको छ । नेपालमा सन् २००७ देखि गिद्धका गुँडको अनुगमन हुँदै आएको छ । सन् २००७ देखि २०२५ सम्म छ हजार ४१० वटा गुँडको अनुगमन गरिएकामा औसतमा करिब ६९ प्रतिशत गुँड सफल भएको नेपाल पन्छी संरक्षण सङ्घका गिद्ध संरक्षण कार्यक्रम प्रमुख अङ्कित विलाश जोशीले बताउनुभयो ।

समयसँगै गुँडको सफलता दरसमेत बढ्दै गएको छ । विशेषगरी सन् २०१३ देखि २०२५ सम्मको गिद्ध पुनरुत्थान अवधिमा प्रजनन सफलतामा सुधार देखिएको छ । यसले नेपालमा गिद्धको सङ्ख्या बढ्नुमा उच्च बाँच्ने दरसँगै राम्रो प्रजनन्ले पनि महत्वपूर्ण योगदान गरेको पुष्टि गर्छ ।

नेपालमा गिद्धको सङ्ख्या तीव्र रूपमा बढेपछि अनुसन्धानकर्ताकासामु अर्को प्रश्न खडा भएको थियो–के भारतबाट ठूलो सङ्ख्यामा गिद्ध नेपाल प्रवेश गरेकाले यहाँको सङ्ख्या बढेको हो ? ‘स्याटेलाइट ट्याग’ लगाइएका गिद्ध नेपाल र भारतबीच आवतजावत गर्ने गरेको प्रमाण भेटिए पनि नयाँ अध्ययनले भारतबाट आएका गिद्ध नै नेपालको सङ्ख्या वृद्धिको मुख्य कारण नभएको देखाएको छ ।

वैज्ञानिकले विभिन्न गणितीय मोडल प्रयोग गरी गरेको विश्लेषणमा सडक सर्वेक्षणबाट देखिएको गिद्धको वृद्धि र गिद्धको जन्म तथा बाँच्ने दरका आधारमा अपेक्षा गरिएको वृद्धि लगभग मिल्दोजुल्दो पाइएको थियो । त्यसैले नेपालमा गिद्धको सङ्ख्या बढ्नुको मुख्य कारण नेपालमै जन्मिएका र यहाँ बाँचिरहेका गिद्धको राम्रो अवस्था भएको देखिएको छ । गिद्ध संरक्षणमा चर्चित बनेका जटायु रेस्टुरेन्टले सुरक्षित आहार उपलब्ध गराउँदै महत्वपूर्ण भूमिका खेले पनि देशभर गिद्धको सङ्ख्या बढ्नुका कारण त्यसलाई मात्रै मान्न नसकिने अध्ययनले देखाएको छ ।

जटायु रेस्टुरेन्ट आसपासका क्षेत्रमा मात्रै गिद्धको सङ्ख्या तीव्र गतिमा बढेको नभई देशका अन्य क्षेत्रमा वृद्धि देखिएको छ । यसले सुरक्षित आहार, औषधि नियन्त्रण, बासस्थान संरक्षण र समुदायको सहभागिता सहितको समग्र संरक्षण अभियानले सकारात्मक परिणाम दिएको सङ्केत गरेको छ । गिद्ध संरक्षणमा नेपालले ऐतिहासिक सफलता हासिल गरे पनि गिद्ध सङ्कटबाट पूर्ण रूपमा बाहिर आइसकेको अवस्था भने छैन । नेपाल पन्छी संरक्षण सङ्घकी प्रमुख कार्यकारी अधिकृत इशाना थापाका अनुसार अहिले गिद्धको सङ्ख्या बढिरहेको भए पनि सन् १९९० को दशकमा ठूलो गिरावट आउनुअघिको अवस्थाको तुलनामा सङ्ख्या अझै निकै कम छ ।

अहिले प्राप्त सफलता जोगाउन संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ । वैज्ञानिकहरूले हालै प्रतिबन्ध लगाइएका एसिक्लोफेनेक, निमेसुलाइड र किटोप्रोफेनजस्ता औषधि बजारमा उपलब्ध भए–नभएको नियमित अनुगमन गरी प्रयोग रोक्नुपर्ने सुझाव दिएका छन् । भविष्यमा नयाँ पशु औषधि बजारमा ल्याउनुअघि त्यसले गिद्धमा पार्ने असरबारे परीक्षण गर्नुपर्ने उनीहरूको सुझाव छ । गिद्ध प्रकृतिको महत्वपूर्ण सफाइकर्मी मानिन्छ । सिनो खाएर वातावरण सफा राख्ने भएकाले यसको संरक्षण मानव स्वास्थ्य र वातावरणीय सन्तुलनसँग पनि जोडिएको छ । नेपालको आकाशमा फेरि गिद्धका बथान देखिन थालेका छन् ।

Previous Post

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

१ अशोज २०८३,
अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
आर्थिक

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

१ अशोज २०८३,
घुम्रबराहीमा युवा समाजद्वारा जिम क्लब सञ्चालन, युवालाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने लक्ष्य
आवाज

घुम्रबराहीमा युवा समाजद्वारा जिम क्लब सञ्चालन, युवालाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने लक्ष्य

१ अशोज २०८३,
विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै
फिचर-ब्यानर

भोटेकोशी बाढीमा यातायात क्षेत्रका १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता

१ अशोज २०८३,
बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
समाचार

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

१ अशोज २०८३,
व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता
समाचार

व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

१ अशोज २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In