• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

    भोटेकोशी बाढीमा यातायात क्षेत्रका १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता

    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

    व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

    प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?

    प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?

    आज वास्तु दिवस एवं विश्वकर्मा पूजा, यस्तो छ धार्मिक मान्यता

    आज विश्वकर्मा पूजा र वास्तु दिवस, यस्तो छ धार्मिक मान्यता

    १८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन

    १८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टिकटक र फेसबुक बने म्याग्दीका रैथाने वस्तु बेच्ने माध्यम, वार्षिक ४० लाखको कारोबार

metakhabar by metakhabar
३१ भदौ २०८३,
0
टिकटक र फेसबुक बने म्याग्दीका रैथाने वस्तु बेच्ने माध्यम, वार्षिक ४० लाखको कारोबार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीकी कमला बानियाँ थापाले जलजला गाउँपालिका-३ पर्वत बेनीमा सञ्चालन गरेको ‘थापा लोकल मार्ट’ मा दुई वर्षअघिसम्म स्थानीय ग्राहक मात्रै आउँथे।

म्याग्दी, मुस्ताङ र पर्वतका हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन हुने विभिन्न रैथाने वस्तु पाइने थापाको पसलका सामान अहिले विदेशसम्म पुग्न थालेका छन्।

‘सामाजिक सञ्जाल टिकटक र फेसबुकमा लाइभ बसेर सामान देखाउन थालेपछि ग्राहकको पहुँच बढेको मात्र छैन,’ सञ्चालक कमला बानियाँ थापा भन्छिन्, ‘कारोबार र आम्दानी पनि उल्लेख्य वृद्धि भएको छ। यसअघि बेनी र मल्लाज क्षेत्रका सीमित ग्राहक आउँथे।’

थापा जस्तै रातो च्याउ, टिमुर, सिलटिमुर, जिम्बु, सिमी, भट्ट, मह, भाँगो, दाल, बदाम र भिरमह जस्ता स्थानीय उत्पादनको बिक्री गर्ने म्याग्दीका उद्यमीका लागि सामाजिक सञ्जाल सहयोगी बनेको छ। फेसबुक र टिकटकमार्फत सामानको प्रचार गर्न थालेपछि बजार निकै फराकिलो भएको थापा बताउँछिन्। पहिला स्थानीय उपभोक्तामै सीमित रहेकोमा अहिले सामान भए ग्राहकको कमी नभएको उनको अनुभव छ।

दश वर्ष म्याग्दीको गैरसरकारी संस्था र पाँच वर्ष सहकारीको प्रबन्धक भएर काम गरेकी थापाले विसं २०७७ मा आफ्नै घरमा सुरु गरेको व्यवसाय सञ्चालनका लागि सुरुमा ज्ञान र सीपको कमीले घाटा व्यहोर्नु परेको थियो। गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाले सञ्चालन गरेको वृद्धिमुखी उद्यमशीलता कार्यक्रममा सहभागी भएपछि उनले नयाँ अनुभव प्राप्त गरिन्। अध्ययन भ्रमण र तालिमका कारण व्यवसायको शैली परिवर्तन गरेपछि सफलता मिलेको उनले सुनाइन्।

कृषक र उद्यमीबाट ल्याएको सामान उनले ‘फेसबुक पेज’ र ‘टिकटक’ मार्फत सार्वजनिक गर्ने गर्छिन्। सामाजिक सञ्जालमा राखिएका उत्पादनका तस्बिर तथा भिडियो हेरेर मानिसहरू सामान खरिद गर्न आउँछन्। बेलायत, अमेरिका र अष्ट्रेलियामा रहेका नेपालीले समेत सामाजिक सञ्जालमार्फत सामानको माग गर्न थालेका छन्।

स्थानीय ग्राहक आफैँ पसलमा आएर सामान लैजाने गर्छन्। देशका विभिन्न सहरमा कुरियरमार्फत सामान पठाउने गरिएको छ भने विदेशमा रहेका ग्राहकका आफन्त पसलमा आएर सामान खरिद गर्छन्। सामाजिक सञ्जालकै कारण पसलसम्म आउने ग्राहकको सङ्ख्यासमेत बढेको छ। ‘सामाजिक सञ्जालमा पसल र सामान देखेर गाडी लिएर पसल हेर्न आउने ग्राहक पनि हुनुहुन्छ,’ थापा भन्छिन्।

हाल थापा लोकल मार्टबाट वार्षिक ३५ देखि ४० लाख रुपैयाँसम्मको कारोबार हुने गरेको छ। सबै खर्च कटाएर वार्षिक सात लाख रुपैयाँसम्म बचत हुने गरेको उनले बताइन्। व्यवसायमा उनका श्रीमान् खुमबहादुर थापा र दुई छोराछोरीले सहयोग गर्दै आएका छन्। कामको चाप बढेका बेला स्थानीय मजदुरलाई समेत आंशिक रोजगारी दिने गरिएको छ।

‘पहिला बजार खोज्दै सामान बेच्नुपर्थ्यो, अहिले ग्राहकले नै सामान खोज्दै सम्पर्क गर्नुहुन्छ,’ थापा भन्छिन्, ‘सामाजिक सञ्जालले हाम्रो व्यवसायलाई नयाँ बजार दिएको छ।’ स्थानीय किसान तथा उत्पादकबाट सामान खरिद गर्ने भएकाले गाउँमा उत्पादन भएका वस्तुले बजार पाउने र उत्पादकले आफ्नो उत्पादनबाट आम्दानी गर्ने अवसर बढेको छ।

स्थानीयस्तरमा उत्पादन हुने वस्तुलाई आकर्षक ढङ्गले प्रस्तुत गरेर सामाजिक सञ्जालमार्फत सम्भावित ग्राहकसम्म पुर्याउन सके साना उद्यमले पनि ठूलो बजार पाउन सक्ने उनको ठम्याइ छ। ‘महिला आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्छ। त्यसका लागि आफ्नो सीप र क्षमतालाई निरन्तर परिमार्जन गर्दै उद्यमशीलतामा लाग्न आवश्यक छ,’ उनी भन्छिन्, ‘इच्छाशक्ति, मेहनत र प्रविधिको सही प्रयोग गर्न सके गाउँमा राम्रो आम्दानी गर्न सकिन्छ।’

व्यवसायलाई अझ व्यवस्थित बनाउँदै नेपालका अन्य ठाउँमा समेत विस्तार गर्ने थापाको योजना छ। सामाजिक सञ्जालको पहुँचलाई थप विस्तार गर्दै म्याग्दी, मुस्ताङ र पर्वतमा उत्पादन हुने थप रैथाने वस्तुलाई बजारमा ल्याउने उनले लक्ष्य राखेकी छन्। गाउँका उत्पादनलाई गाउँमै सीमित नराखी डिजिटल माध्यमबाट देश-विदेशका उपभोक्तासम्म पुर्याउने थापाको प्रयासले साना उद्यमको विस्तारका लागि सामाजिक सञ्जाल प्रभावकारी साधन बन्न सक्ने उदाहरण प्रस्तुत गरेको छ।

Previous Post

लालबहादुरको सिको गर्दै गाउँभरि व्यावसायिक तरकारी खेती

Next Post

सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत: किसानको गुनासो सुन्दै आयोजना प्रमुख

metakhabar

metakhabar

सम्बन्धित खबर

विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै
फिचर-ब्यानर

भोटेकोशी बाढीमा यातायात क्षेत्रका १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता

१ अशोज २०८३,
बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
समाचार

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

१ अशोज २०८३,
व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता
समाचार

व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

१ अशोज २०८३,
प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?
राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?

१ अशोज २०८३,
आज वास्तु दिवस एवं विश्वकर्मा पूजा, यस्तो छ धार्मिक मान्यता
समाचार

आज विश्वकर्मा पूजा र वास्तु दिवस, यस्तो छ धार्मिक मान्यता

१ अशोज २०८३,
१८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन
फिचर-ब्यानर

१८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन

१ अशोज २०८३,
Load More
Next Post
सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत: किसानको गुनासो सुन्दै आयोजना प्रमुख

सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत: किसानको गुनासो सुन्दै आयोजना प्रमुख

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In