• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता

    भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता

    कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश

    कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश

    दूध उत्पादन बढाउन अनुदान

    दूध उत्पादन बढाउन अनुदान

    वर्षाले विभिन्न सडक अवरुद्ध

    आज देशका कुन-कुन सडक अवरुद्ध छन् ?

    द्विपक्षीय बैठकका लागि अर्थमन्त्री वाग्ले भारत जाँदै

    द्विपक्षीय बैठकका लागि अर्थमन्त्री वाग्ले भारत जाँदै

    नेपालको कृषिमा आधुनिकीकरणको खाँचो: प्रविधिले फेर्न सक्छ भविष्य

    नेपालको कृषिमा आधुनिकीकरणको खाँचो: प्रविधिले फेर्न सक्छ भविष्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुदूरपश्चिममा छवटा शीतभण्डार निर्माण सम्पन्न

metakhabar by metakhabar
२९ भदौ २०८३,
0
सुदूरपश्चिममा छवटा शीतभण्डार निर्माण सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा कृषि उपज भण्डारणका लागि छवटा शीतभण्डार (कोल्ड स्टोर) निर्माण सम्पन्न भएको छ । यस्तै, सातवटा निर्माणाधीन छन् ।

कृषि विकास निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार सुदूरपश्चिमका अछाम र बाजुरामा २० मेट्रिक टन क्षमता कोल्ड स्टोर निर्माण सम्पन्न भइसकेको छ । यस्तै, दार्चुला, बैतडी र डडेल्धुरामा कोल्ड स्टोर निर्माणकार्य जारी छ ।

त्यसैगरी, डोटीको राजपुर र जोरायलमा आलु तथा तरकारी भण्डारणका लागि २० मेट्रिक टन क्षमताका दुईवटा कोल्ड स्टोर निर्माणाधीन अवस्थामा रहेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा ३० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माणाधीन अवस्थामा रहेको छ भने दोधार चाँदनी नगरपालिकामा ३० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण सम्पन्न भइसकेको छ ।

कैलालीको भजनी र चुरेमा २० मेट्रिक टन क्षमताका एक–एकवटा कोल्ड स्टोर निर्माणाधीन छन् । यस्तै, लम्कीचुहामा ३० मेट्रिक टन र गोदावरीमा सबैभन्दा बढी ३५० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण सम्पन्न भएको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ ।

तेह्रवटा कोल्ड स्टोर निमार्णका लागि प्रदेश सरकारले रु आठ करोड १५ लाख ९१ हजार लागत अनुमान गरेकामा रु छ करोड ६२ लाख नौ हजारमा ठेक्का सम्झौता भएको थियो ।

हालसम्म रु चार करोड तीन लाख ८३ हजार खर्च भइसकेको छ । तेह्रवटा कोल्ड स्टोरमध्ये छवटा निर्माण सम्पन्न भएका छन् भने सातवटा निर्माणाधीन अवस्थामा रहेको निर्देशनालयका कृषि प्रसार अधिकृत केशवराज पाण्डेयले जानकारी दिनुभयो । “आलु तथा तरकारी भण्डारणका लागि निर्माण गरिएका कोल्ड स्टोरमा प्रि–कुलिङ च्याम्बरसमेत राखिएको छ”, उहाँले भन्नुभयो, “यी कोल्ड स्टोरले सुदूरपश्चिमका किसानको कृषि उपज भण्डारमा सहयोग पुग्छ ।”

दोधारा चाँदनीमा निर्माण सम्पन्न भएर सञ्चालनमा ढिलाइ भइरहेको कोल्ड स्टोर सञ्चालनमा ल्याउन पालिकाले प्रक्रिया अघि बढाएको छ ।

दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र जोशीले विद्युत् आपूर्तिको समस्याका कारण सञ्चालनमा आउन ढिलाइ भए पनि पालिकाले कोल्ड स्टोर सञ्चालनमा ल्याउन आवश्यक काम गरिरहेको बताउनुभयो । “कम भोल्टेजका कारण सञ्चालनमा आउन नसकेको हो, त्यसका लागि नयाँ ट्रान्सफार्मर खरिद गर्नुपर्ने छ”, उहाँले भन्नुभयो, “पालिकाले ट्रान्सफार्मर खरिद गरेर छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।”

कोल्ड स्टोर नहुँदा यहाँका किसानलाई कृषि उपज भण्डारण गर्न समस्या हुने गरेको थियो । कोल्ड स्टोर सञ्चालनमा आए यहाँका किसानलाई ठूलो सहयोग पुग्ने कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख हरिप्रसाद पनेरुले बताउनुभयो ।

जिल्लामा भण्डार सुविधा नहुँदा किसानले आलुको बीउ राख्नसमेत समस्या हुने गरेको उहाँले बताउनुभयो । सुदूरपश्चिम सरकारबाहेक यहाँको बेदकोट नगरपालिकामा सङ्घीय सरकारको सहयोगमा १५ हजार क्विन्टल क्षमताको कोल्ड स्टोर निर्माणाधीन छ ।

Previous Post

थारू समुदायमा अट्वारीको रौनक, किन मनाइन्छ अट्वारी ?

Next Post

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता
फिचर-ब्यानर

भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता

३० भदौ २०८३,
कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश
समाचार

कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश

३० भदौ २०८३,
दूध उत्पादन बढाउन अनुदान
समाचार

दूध उत्पादन बढाउन अनुदान

३० भदौ २०८३,
वर्षाले विभिन्न सडक अवरुद्ध
समाचार

आज देशका कुन-कुन सडक अवरुद्ध छन् ?

३० भदौ २०८३,
द्विपक्षीय बैठकका लागि अर्थमन्त्री वाग्ले भारत जाँदै
आर्थिक

द्विपक्षीय बैठकका लागि अर्थमन्त्री वाग्ले भारत जाँदै

३० भदौ २०८३,
नेपालको कृषिमा आधुनिकीकरणको खाँचो: प्रविधिले फेर्न सक्छ भविष्य
आर्थिक

नेपालको कृषिमा आधुनिकीकरणको खाँचो: प्रविधिले फेर्न सक्छ भविष्य

३० भदौ २०८३,
Load More
Next Post
घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In