• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता

    भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता

    कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश

    कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश

    दूध उत्पादन बढाउन अनुदान

    दूध उत्पादन बढाउन अनुदान

    वर्षाले विभिन्न सडक अवरुद्ध

    आज देशका कुन-कुन सडक अवरुद्ध छन् ?

    द्विपक्षीय बैठकका लागि अर्थमन्त्री वाग्ले भारत जाँदै

    द्विपक्षीय बैठकका लागि अर्थमन्त्री वाग्ले भारत जाँदै

    नेपालको कृषिमा आधुनिकीकरणको खाँचो: प्रविधिले फेर्न सक्छ भविष्य

    नेपालको कृषिमा आधुनिकीकरणको खाँचो: प्रविधिले फेर्न सक्छ भविष्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एक सय ८४ हप्तादेखि निरन्तर हाटबजार

metakhabar by metakhabar
२९ भदौ २०८३,
0
एक सय ८४ हप्तादेखि निरन्तर हाटबजार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली (तनहुँ)।तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन हुँदै आएको साप्ताहिक हाटबजार १८४औँ हप्ता पुगेको छ । हाटबजार किसानका उत्पादन सहज रूपमा बारीबाट बजारसम्म पुर्याउने माध्यम बनेको छ । विसं २०७९ फागुनदेखि सुरु भएको यो हाटबजार अहिले स्थानीय बासिन्दा, किसान र साना व्यवसायीका लागि महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको छ ।

हरेक शुक्रबार लाग्ने यस हाटबजारमा बिहानैदेखि चहलपहल सुरु हुन्छ । गाउँघरमा उत्पादन भएका तरकारी, फलफूल, अन्नबाली, दाल, अचार, घिउ, मह, घरेलु परिकारदेखि लिएर हस्तकलाका सामग्रीसम्म बिक्रीका लागि ल्याइन्छन् । स्थानीय महिलाले तयार पारेका परम्परागत खाद्य परिकार पनि यहाँ विशेष आकर्षण बन्ने गरेका छन् ।

गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार हाटबजारले किसानलाई आफ्नो उत्पादन सिधै उपभोक्तासम्म पुर्याउने अवसर दिएको छ । “स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रभावकारी माध्यम बनेको छ”, उहाँले भन्नुभयो । बिचौलियाबिना बिक्री हुने भएकाले किसानले उचित मूल्य पाउने र उपभोक्ताले ताजा सामान सस्तोमा पाउने अवस्था बनेको उहाँको भनाइ छ ।

आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीकी किसान सुकमाया चेपाङ पनि नियमित रूपमा हाटबजारमा सामान बेच्न आउनुहुन्छ । उहाँले गाउँमा उत्पादन भएको सागसब्जी, कोदो, मकै, घिउलगायतका सामग्री ल्याएर बिक्री गर्नुहुन्छ । “पहिले सामान बेच्न बजार टाढा जानुपथ्र्यो, खर्च पनि बढी हुन्थ्यो । अहिले यतै बेच्न पाइन्छ, आम्दानी पनि बढेको छ”, उहाँले खुसी व्यक्त गर्नुभयो ।

स्थानीय बासिन्दाका अनुसार हाटबजारले केवल व्यापारमात्र होइन, सामाजिक भेटघाटको थलोका रूपमा पनि काम गरिरहेको छ । शुक्रबार आउँदा गाउँभरिका मानिस भेटिन्छन्, कुराकानी हुन्छ, नयाँ जानकारी साटासाट हुन्छ । यसले गाउँमा चहलपहल बढाएको छ ।

साढे तीन वर्षको अवधिमै हाटबजार स्थानीय अर्थतन्त्र चलायमान बनाउने आधार बनेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले सुरु गरेको यो पहल अहिले किसान, साना व्यवसायी र उपभोक्ताबीचको प्रत्यक्ष सेतु बनेको छ । “स्थानीय उत्पादनलाई बजार नपाउँदा किसान निरास हुने अवस्था थियो, अहिले भने गाउँमै बिक्री हुने वातावरण बनेको छ”, अध्यक्ष चुमानले भन्नुभयो । हाटबजारले ग्रामीण अर्थतन्त्रमा नगद प्रवाह बढाएको र घरमै उत्पादन गरेर आम्दानी गर्ने संस्कार बलियो बनाएको उहाँको भनाइ छ ।

उहाँले हाटबजारलाई केवल किनबेच गर्ने स्थानमात्र नभई स्थानीय उत्पादन प्रवर्द्धन, स्वरोजगार सृजना र सामुदायिक जमघटको थलोका रूपमा पनि लिनुपर्ने बताउनुभयो । किसानको उत्पादनले उचित मूल्य पाउने, उपभोक्ताले ताजा सामान पाउने र गाउँमा आर्थिक गतिविधि बढ्ने भएकाले स्थानीयवासी यसलाई ‘गाउँको सानो बजार, ठूलो सहयोग’ भन्दै प्रशंसा गर्छन् ।

हाटबजारमा स्थानीय मह, गोलभेँडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगानलगायतका दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

Previous Post

यी ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना

Next Post

थारू समुदायमा अट्वारीको रौनक, किन मनाइन्छ अट्वारी ?

metakhabar

metakhabar

सम्बन्धित खबर

भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता
फिचर-ब्यानर

भोटेकोशी बाढी : १३ सय ९५ शव फेला, पाँच हजार अझै बेपत्ता

३० भदौ २०८३,
कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश
समाचार

कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारी खेती गर्दै राकेश

३० भदौ २०८३,
दूध उत्पादन बढाउन अनुदान
समाचार

दूध उत्पादन बढाउन अनुदान

३० भदौ २०८३,
वर्षाले विभिन्न सडक अवरुद्ध
समाचार

आज देशका कुन-कुन सडक अवरुद्ध छन् ?

३० भदौ २०८३,
द्विपक्षीय बैठकका लागि अर्थमन्त्री वाग्ले भारत जाँदै
आर्थिक

द्विपक्षीय बैठकका लागि अर्थमन्त्री वाग्ले भारत जाँदै

३० भदौ २०८३,
नेपालको कृषिमा आधुनिकीकरणको खाँचो: प्रविधिले फेर्न सक्छ भविष्य
आर्थिक

नेपालको कृषिमा आधुनिकीकरणको खाँचो: प्रविधिले फेर्न सक्छ भविष्य

३० भदौ २०८३,
Load More
Next Post
थारू समुदायमा अट्वारीको रौनक, किन मनाइन्छ अट्वारी ?

थारू समुदायमा अट्वारीको रौनक, किन मनाइन्छ अट्वारी ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In