• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

    अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

    अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

    बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

    बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

    कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

    कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

    ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

    ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२८ भदौ २०८३,
0
समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर, २८ भदौः देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी राजमार्ग अवरुद्ध भएपछि मालवाहक सवारीसाधन (ट्रक र कन्टेनर) को चाप यतिबेला कान्ति लोकपथमा छ । हेटौँडाबाट मालवाहक र यात्रुवाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौँ भित्रिने र काठमाडौँबाट खाली सवारीसाधन कान्ति लोकपथ हुँदै हेटौँडा पुग्ने व्यवस्था गरिएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि पृथ्वी राजमार्गको काठमाडौँ–मुग्लिन सडक पूर्णरुपमा अवरुद्ध छ । वैकल्पिक ‘ट्र्याक’ खुले पनि सञ्चालन र यातायात सहज बन्न अझै समय लाग्ने देखिन्छ । यो सङ्कटको सारथि कान्ति लोकपथ बनेको छ ।

ललितपुर र मकवानपुरलाई जोड्ने यो सडकको प्रस्थान विन्दु ललितपुरको गोदावरी नगरपालिका–६ टीकाभैरव हो । टीकाभैरव पुग्न चक्रपथ ललितपुर खण्डको चापागाउँ दोबाटो र एकान्तकुनाबाट नक्खु करिडोर हुँदै दुईवटा सडक प्रयोग गर्न सकिन्छ । अहिले उपत्यकाबाट बाहिरिने सवारीसाधन एकान्तकुना हुँदै टीकाभैरव पुगेर कान्ति लोकपथबाट हेटौँडा जाने गरेका छन् ।

ललितपुर जिल्ला गोदावरी नगरपालिका–६ टीकाभैरवदेखि मकवानपुरको भीमफेदी गाउँपालिकासम्म पुग्न विभिन्न ठाउँमा पहिरोको अवरोध सामना गर्नुपर्छ । कान्ति लोकपथ योजनाका सुपरभाइजर माधवप्रसाद घिमिरेका अनुसार गोदावरी गाउँपालिकाको बिर्खेधारासँगै बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध हुँदै आएको छ । भालुखोला, कार्कीबास, काल्चे, भन्सेखोलाको पहिरो र एकतर्फी ट्र्याकका कारण सवारी आवागमनमा समस्या छ । सुपरभाइजर घिमिरे भन्नुहुन्छ, “बागमती गाउँपालिका–३ का भालुखोला, कार्कीबास, छपेली नजिकैको काल्चे पहिरो, टाकुर्से र पाङ्दुर यो सडकका प्रमुख अवरोध हुन् । भान्से खोलामा एकतर्फी ट्र्याक भएकाले ठूला सवारीसाधन केही समय लाइनमा बस्नुपर्ने बाध्यता छ ।”

बागमती गाउँपालिकाकै पाङदुरमा ८०० मिटर पार गर्न २५ मिनेटदेखि आधा घण्टा समय लाग्छ । “अहिले यस राजमार्गमा १२, १४ र १६ चक्के गाडी दैनिक दुई हजार ५०० देखि तीन हजार गुड्छन् । त्यसले रातभर पुरेको सडक दिनभरमा फेरि भत्किसकेको हुन्छ,” लोकपथको समस्या सुनाउँदै सुपरभाइजर घिमिरे भन्नुहुन्छ । बागमती गाउँपालिकाको तामाखानीमा चट्टान काट्न नसक्दा ६५ मिटर बाटोमा ठूलो समस्या छ । चट्टानको कटानको काम जारी रहेकाले यहाँ सवारीसाधनले थोरै बाटो पार गर्न धेरै समय कुर्नुपर्ने बाध्यता रहेको घिमिरेको भनाइ छ ।

साँघुरो र निर्माणाधीन सडक भएकाले ठूला बस सञ्चालनमा समस्या भएको उहाँ बताउनुहुन्छ । “ट्रक र मालवाहक सवारीसाधन केही समय जाममा परे पनि समस्या छैन तर ठूला रात्रि बस ठोक्किने समस्या धेरै छ । नियमित पहिरो जाने क्षेत्रबाहेक बाटो राम्रो भए पनि एकतर्फी सडक भएकाले जाममा बस्नुपर्छ । रात्रि बसका कारण मालवाहक सवारी साधन समस्यामा पर्ने गरेका छन”, सुपरभाइजर घिमिरे भन्नुहुन्छ ।

सरकारले पृथ्वी राजमार्ग अवरुद्ध भएर काठमाडौँ उपत्यकालाई समस्या पर्दा मात्र कान्ति लोकपथलाई सम्झिने भएकाले यो सडकमा सधैँ समस्या भएको सुपरभाइजर घिमिरेको अनुभव छ । “यो सडक योजनामा सुपरभाइजर भएर काम गरेको ११ वर्ष भयो । सरकारले आपत् वा सङ्कटमा मात्र यो सडक सम्झिन्छ । पछिल्लो समय यो सडक योजनाका लागि एकमुष्ट रु तीन अर्ब रकम आएको छ । योजनाअनुसार काम ७० प्रतिशत सकिएको छ तर पछिल्लो समय गाडीको चाप बढेर काम गर्न समस्या छ,” सुपरभाइजर घिमिरे भन्नुहुन्छ ।

चौबिस घण्टा ट्राफिक व्यवस्थापन, व्यापारमा मन्दी

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार लोकपथमा अवरोध भए तत्काल पन्छाउन २४ घण्टा हेभिइक्युपमेन्ट राखिएको छ । भट्टेडाँडा र टीकाभैरवमा हेभिइक्युपमेन्ट राखिएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । सवारी चाप बढेसँगै टाखेल, ट्याक्सी पार्क, ढोलाहिटी, टीकाभैरव फूलबारी, टीकाभैरव बजार, तीनपाने र भट्टेडाँडामा ट्राफिक प्रहरी परिचालन गरिएको उहाँको भनाइ छ ।

“भदौ १० गते भोटेकोशीमा बाढी आउनुअघि दैनिक एक सयको हाराहारीमा सवारीसाधन गुड्ने यो सडकमा बाढीपछि सवारी चाप ह्वात्तै बढेको छ । एक दिनमै एक हजारदेखि एक हजार ५०० सम्म सवारी साधन गुडेको तथ्याङ्क छ”, प्रवक्ता सुवेदी भन्नुहुन्छ । मालवाहक सवारीसाधन गुड्न थालेपछि यो सडकको व्यापारमा कमी आएको व्यापारीहरु बताउँछन् । कान्ति लोकपथअन्तर्गत छपेलीमा होटल व्यवसाय गर्ने प्रमिला दाहाल भन्नुहुन्छ, “अहिले यो बाटोमा सबै खाली गाडी गुड्छन् । ठूलाठूला गाडी त गुडेका छन् तर व्यापार छैन । एकछिन गाडी रोक्दा जाम हुन्छ । एउटा गाडीमा चालक मात्र हुन्छ । के व्यापार हुनु !” यात्रुसहितका साना सवारीसाधन कान्ति लोकपथ हुँदै गुड्दा दैनिक २०० जनालाई खाना खुवाउने उहाँ अहिले पाँच÷दश जनाले मात्र खाना खाने गरेको सुनाउनुहुन्छ ।

ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य बुद्धरत्न महर्जन सरकारले केही दिनअघि कान्ति लोकपथलाई प्राथमिकता नदिएको भन्दै आपत्ति जनाउनुभएको थियो । उहाँले सङ्कट पर्दा मात्र नभएर राज्यले यस्ता राजमार्गलाई सक्षम र उपयोगी बनाउनुपर्नेमा जोड दिनुभयो । प्रतिनिधि सभाको बैठकको शून्य समयमा धारणा राख्दै सांसद महर्जनले भन्नुभयो, “राष्ट्रिय राजमार्गका रुपमा रहेको यस सडकलाई राज्यले सामान्य अवस्थामा पर्याप्त प्राथमिकता दिएको देखिँदैन तर जब विपत्ति आउँछ र मुख्य सडक अवरुद्ध हुन्छ तब त्यही सडकलाई वैकल्पिक सडकका रुपमा खोल्नुपर्ने अवस्था आउँछ । सङ्कट पर्दा मात्र सम्झिने होइन, सङ्कट आउनु अगाडि नै यस्ता मार्गलाई सक्षम र सुरक्षित बनाउनु राज्यको दायित्व हो ।”

सत्तरी वर्षे इतिहास बोकेको राजमार्ग

ललितपुर र मकवानपुरलाई जोड्ने ऐतिहासिक कान्ति लोकपथ काठमाडौँ उपत्यका जोडिने सात दशक पुरानो सडक मार्ग हो । विसं २०१३ देखि निर्माण थालिएको यो सडक २०१४ माघ ९ गते तत्कालीन राजा महेन्द्रले उद्घाटन गर्नुभएको थियो । ट्र्याक खुलेपछि २०१६ सालमा तत्कालीन राजा महेन्द्र आफैँ यो मार्ग भएर गाडी चलाउँदै हेटौँडा पुग्नुभएको थियो । सोही वर्ष आएको पहिरोपछि यो सडक खण्ड करिब ४० वर्षसम्म पूर्ण रूपमा ठप्प बन्यो ।

विसं २०५५ मा कोरिया सरकारले अनुदानमा कान्ति लोकपथको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने प्रस्ताव अघि बढाएपछि २०५६ देखि डिपिआर डिजाइनको काम सुरु भएपछि यो सडकलाई सङ्कटको समयमा सम्झिने गरिएको छ । काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक राजमार्गका रूपमा २०६६ सालदेखि ‘कान्ति लोकपथ आयोजना’मार्फत पुनःनिर्माण विस्तार तथा स्तरोन्नति भएपछि यो सडक सञ्चालनमा आएको हो । सञ्चालनपछि विभिन्न ठाउँमा पहिरोले अवरोध गर्दा विभिन्न आर्थिक वर्षमा सडक विस्तारका लागि निरन्तर बजेट विनियोजन भएको छ ।

कान्ति लोकपथको ५१ किलोमिटर मकवानपुर र ३८ किलोमिटर भाग ललितपुर जिल्लामा पर्छ । ८९ किलोमिटर सडकको अधिकांश भाग कालोपत्र भए पनि पहिरो र पहाड कटानको काम भइरहेका विभिन्न ठाउँ गरेर करिब चार किलोमिटर सडक कच्ची छ । २०८१ सालको बाढीले बागमती खोलाको पुल बगाएपछि बेलिब्रिज जडान गरिएको छ । त्यसको भारवहन क्षमता र सुरक्षाको दृष्टिगत गर्दै मालवाहक खाली गाडीलाई मात्र यो सडकमा सञ्चालनका लागि अनुमति दिइएको छ ।

Previous Post

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

metakhabar

metakhabar

सम्बन्धित खबर

कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आवाज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२८ भदौ २०८३,
अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा
अन्तर्राष्ट्रिय

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

२८ भदौ २०८३,
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
समाचार

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

२८ भदौ २०८३,
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
समाचार

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

२८ भदौ २०८३,
‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी
शिक्षा

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

२८ भदौ २०८३,
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
समाचार

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

२८ भदौ २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In