• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एकै ठाउँमा प्रेम, राक्षस ताल (तस्बिरहरू)

    एकै ठाउँमा प्रेम, राक्षस ताल (तस्बिरहरू)

    नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

    नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

    चीन–रुस सम्बन्ध अशान्त विश्वमा सबैभन्दा स्थिर : राष्ट्रपति सी

    ब्रिक्स सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सि भारत प्रस्थान

    एसीसी प्रिमियर कपको फाइनल: नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै

    एसिसी प्रिमियर कपः फाइनल खेलमा आसिफको शतक, नेपाल बलियो स्थितिमा

    पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटल व्यवसायमा ठूलो नोक्सानी

    पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटल व्यवसायमा ठूलो नोक्सानी

    माथिल्लो त्रिशूली-१ मा थप ७ जनाको शव फेला

    माथिल्लो त्रिशूली-१ मा थप ७ जनाको शव फेला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२७ भदौ २०८३,
0
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बनेपा (काभ्रे), २७ भदौः चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौँ उपत्यकासहित यहाँका नेवार समुदायले मनाउने गुँला पर्व आज सम्पन्न हुँदैछ । पर्वका अवसरमा मौलिक बाजागाजासहित भोज (पारु भ्वय्) खाने तथा विभिन्न धार्मिक गतिविधि गर्ने परम्परा छ ।

गुँला पर्वको अन्तिम दिन विधिपूर्वक विशेष पूजाआराधना गरी एकमहिने व्रत समापन गरिन्छ । गुँला धर्म नेवार समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । विशेषगरी काठमाडौँ उपत्यकाका बौद्ध नेवार समुदायले विशेष महत्वका साथ यो पर्व मनाउँछन् ।

यो पर्वमा मौलिक बाजा बजाउँदै हाकुपटासी पहिरेका महिलाले बौद्ध चैत्य, इष्टदेवता, गणेश, भीमसेन, भैरवलगायत देवीदेवताका मन्दिरको परिक्रमा तथा दर्शन गर्ने परम्परा छ ।
पर्वमा विशेषगरी नौ बाजा बजाउने चलन छ । पास्त, धां, धोलक, पछिमा, धिमेचा, नगरा, नायखि, कोंचा खिं र डवडवचालगायतका बाजासँगै भुस्या, मुहाली, सिछ्या, बौचा, टिं, धुलु, चतिचा र पोङ्गाललगायतका सहायक बाजा बजाइन्छन् । गुँला पर्वमा बजाइने भएकाले यी वाद्ययन्त्रलाई गुँला बाजा भन्ने गरिन्छ ।

बनेपामा वाँख्यो दाफा भजन खलले गुँला अवधिभर दाफा भजन, धा, ताः, बाँसुरीलगायतका परम्परागत बाजाको धुनसँगै धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ । बनेपाका मानन्धर समुदायमा गुँला महिनाभर चोखोनीति पालना गर्दै विशेष प्रकारको व्रत बस्ने परम्परा रहेको वाँख्यो दाफा भजन खलका अध्यक्ष रमेश काजी मानन्धरले बताउनुभयो । यस अवधिमा एक छाक मात्र भोजन गर्ने चलन छ ।

गुँला धर्म धार्मिक आस्थासँग मात्र जोडिएको पर्व नभई नेवार समुदायको मौलिक सङ्गीत, बाजा, भजन, कला, संस्कृति र पुस्तौँदेखिको परम्परा संरक्षण गर्ने महत्वपूर्ण माध्यम पनि हो । लोपोन्मुख मौलिक बाजा तथा दाफा भजन संस्कृतिलाई नयाँ पुस्तासम्म पु¥याउनु पर्वको उद्देश्य भएको अध्यक्ष मानन्धरले बताउनुभयो ।

यही पर्वमा नयाँ पुस्तालाई परम्परागत बाजा बजाउने, दाफा भजन गाउने तथा चैत्य परिक्रमाको संस्कारमा सहभागी गराइन्छ ।
–––

Previous Post

ब्रिक्स सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सि भारत प्रस्थान

Next Post

एकै ठाउँमा प्रेम, राक्षस ताल (तस्बिरहरू)

metakhabar

metakhabar

सम्बन्धित खबर

एकै ठाउँमा प्रेम, राक्षस ताल (तस्बिरहरू)
फिचर-ब्यानर

एकै ठाउँमा प्रेम, राक्षस ताल (तस्बिरहरू)

२७ भदौ २०८३,
चीन–रुस सम्बन्ध अशान्त विश्वमा सबैभन्दा स्थिर : राष्ट्रपति सी
अन्तर्राष्ट्रिय

ब्रिक्स सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सि भारत प्रस्थान

२७ भदौ २०८३,
एसीसी प्रिमियर कपको फाइनल: नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै
खेलमैदान

एसिसी प्रिमियर कपः फाइनल खेलमा आसिफको शतक, नेपाल बलियो स्थितिमा

२७ भदौ २०८३,
पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटल व्यवसायमा ठूलो नोक्सानी
फिचर-ब्यानर

पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटल व्यवसायमा ठूलो नोक्सानी

२७ भदौ २०८३,
माथिल्लो त्रिशूली-१ मा थप ७ जनाको शव फेला
समाचार

माथिल्लो त्रिशूली-१ मा थप ७ जनाको शव फेला

२७ भदौ २०८३,
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
फिचर-ब्यानर

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

२७ भदौ २०८३,
Load More
Next Post
एकै ठाउँमा प्रेम, राक्षस ताल (तस्बिरहरू)

एकै ठाउँमा प्रेम, राक्षस ताल (तस्बिरहरू)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In