• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, १० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलमा आज दुईवटा खेल

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    बालोन डी’ओर कसरी बन्यो फुटबलको ‘ओस्कार’ अवार्ड ?

    बालोन डी’ओर कसरी बन्यो फुटबलको ‘ओस्कार’ अवार्ड ?

    पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

    पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

    कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

    कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

    कपिलवस्तुका किसान धान दाइँमा आधुनिक थ्रेसरको प्रयोगतर्फ आकर्षित

    कपिलवस्तुका किसान धान दाइँमा आधुनिक थ्रेसरको प्रयोगतर्फ आकर्षित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१९ भदौ २०८३,
0
ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

सर्लाही । सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर निर्माण गरिएको ब्यारेज तीन दशकसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

बलरा नगरपालिका–१० र रामनगर गाउँपालिका–१ को सिमाना सुदामामा निर्माण भएको सिँचाइ ब्यारेज ३१ वर्षदेखि अलपत्र अवस्थामा छ । बाह्रै महिना पानी बग्ने एकादशी खोलामा २०५२ सालमा ब्यारेज निर्माण गरिएको थियो । सुदामा, छोटउल, अचलगड, बलरा अर्नाह, मिर्जापुर, छतौना, खेअर्वा, रामनगर बहुअर्वालगायत साविक दर्जन बढी गाविसका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित निर्माण भएको ब्यारेज प्रयोग नै नभई अलपत्र बनेको हो ।

ब्यारेज रु छ करोड लागतमा निर्माण भएको थियो । कृषिको उर्वर भूमिका रूपमा रहेको यस क्षेत्रमा सिँचाइको भरपर्दो सुविधा नहुँदा किसान वर्षाको पानीकोे भरमा खेती गर्न बाध्य छन् । यस क्षेत्रका सयौँ बिघा खेतीयोग्य भूभाग वर्षात्मा जलमग्न र हिउँदमा खण्डहर बन्ने गरेको बलरा नगरपालिका–५ मिर्जापुरका किसान शङ्कर साहले गुनासो गरे । “ब्यारेजसँग जोडिएको एउटा नहर छ”, उनले भने, “त्यो पनि अव्यवस्थित छ ।”

नहरबाट आएको पानी वर्षायाममा अनियन्त्रित भइ ब्यारेज नजिकका केही किसानको खेतसम्म पुग्छ । बाँकी क्षेत्रका किसानले पम्पसेट र विद्युत् मोटरको भरमा जेनतेन खेती गरिरहेका उनको गुनासो छ ।

यसरी गरिएको खेती मौसम प्रतिकूल हुँदा खेर जाने गरेको उहाँको अनुभव छ । ब्यारेज निर्माण भएको ठाउँ जिल्लाको दक्षिणपश्चिम क्षेत्रमा पर्छ । उत्तरी क्षेत्र रामनगर गाउँपालिकाका भूभागमा सिँचाइ गर्न नसकिएको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

“यहाँको भूभाग कोल्टे पर्छ”, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले भने, “सुरुमा हालको रामनगर र बलराको लागि भनेर ब्यारेज निर्माण भएको देखिन्छ । गलत ठाउँ परेकाले रामनगरका किसानको लागि त्यो उपयुक्त भएन । ब्यारेजबाट पानी उत्तरतर्फ आउँदैन । त्यसैले सोही खोलाको माथिल्लो स्थानमा बाँध निर्माण गरेर सिँचाइ सुविधा पुर्याइरहेका छौँ ।”

नहर निर्माण गरी व्यवस्थित गर्नसके हालको बलरा नगरपालिकाका सम्पूर्ण खेतीयोग्य भूभागमा सिँचाइ सुविधा पुग्ने नगरप्रमुख रामाशङ्करप्रसाद कुशवाहाले बताए । ब्यारेज नै अलपत्र पर्दा समस्या भएको उनको भनाइ छ । ब्यारेजको संरक्षण स्वामित्व कसैले नलिएकाले जीर्ण बनेको उनले स्वीकार गरे । आफू नगरप्रमुख भएर आएपछि बजेट विनियोजन गरी ब्यारेजको सामान्य मर्मतसम्भार गरेको उनको भनाइ छ ।

नगरपालिकाले गत आर्थिक वर्षको बजेटमा ब्यारेज मर्मत तथा सौन्दर्यकरणका लागि बजेट विनियोजन गरेको थियो । ब्यारेज र पार्कलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने नीति लिएको उनले बताए । सङ्घ र प्रदेश सरकारसँग व्यवस्थापनसँगै नहर निर्माण योजना पेस गरेको नगरप्रमुख कुशवाहाले बताए । ब्यारेजका लागि गत आर्थिक वर्षमा प्रदेश र सङ्घीय सरकारले रु पाँच करोड बजेट उपलब्ध गराएको थियो । समयमा काम हुन नसक्दा फिर्ता गएको उनको भनाइ छ ।

यस वर्षको रु दुई करोड बजेटबाट नहरको काम गर्ने तयारी गरिएको नगरप्रमुख कुशवाहले जानकारी दिए । ब्यारेज व्यवस्थापनका लागि आफलेू प्रदेश र सङ्घीय सरकारलाई पटकपटक आग्रह गरेको उनले दाबी गरे । तर, हालसम्म कुनै पनि प्रक्रिया अगाडि बढ्न नसकेको उनी बताउँछन् । ठूलो भूभागमा सिँचाइ हुने भए पनि ब्यारेज प्रयोगमा ल्याउन नसक्नु दुःखद् भएको उनको भनाइ छ ।

किसानको सुविधाका लागि आएको बजेट नगरपालिकाले काम नै नगरी फिर्ता गरेको स्थानीय किसानको आरोप छ । खेत नजिकै बाह्रै महिना खोला बग्ने तर आफूहरूले महँगोमा डिजल मोटर प्रयोग गर्नुपर्ने बाध्यता रहनु दुःखत भएको स्थानीय किसान गगनदेव सिंहले गुनासो गरे । पालिकाले सिँचाइ ब्यारेज व्यवस्थित गरी किसानको खेतसम्म पानी पुर्याउनुको साटो पार्क निर्माणमा खर्च गरेको उनको आरोप छ ।

ब्यारेज मर्मत गरी पक्की नहरको व्यवस्थासहित सिँचाइ सुविधा उपलब्ध गराउनुपर्ने स्थानीय किसानको माग छ । किसानले सुविधा पनि नपाउने, राज्यको ठूलो लगानी खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने उनीहरूको भनाइ छ ।

अघिल्लो समाचार

बिपी राजमार्गमा सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने

अर्को समाचार

श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलमा आज दुईवटा खेल

१० कात्तिक २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

१० कात्तिक २०८३,
बालोन डी’ओर कसरी बन्यो फुटबलको ‘ओस्कार’ अवार्ड ?
खेलमैदान

बालोन डी’ओर कसरी बन्यो फुटबलको ‘ओस्कार’ अवार्ड ?

१० कात्तिक २०८३,
पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का
आवाज

पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

१० कात्तिक २०८३,
कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो
टुरिजम

कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

१० कात्तिक २०८३,
कपिलवस्तुका किसान धान दाइँमा आधुनिक थ्रेसरको प्रयोगतर्फ आकर्षित
समाचार

कपिलवस्तुका किसान धान दाइँमा आधुनिक थ्रेसरको प्रयोगतर्फ आकर्षित

१० कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलमा आज दुईवटा खेल

१० कात्तिक २०८३,
सुनको मूल्य घट्यो

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

१० कात्तिक २०८३,
बालोन डी’ओर कसरी बन्यो फुटबलको ‘ओस्कार’ अवार्ड ?

बालोन डी’ओर कसरी बन्यो फुटबलको ‘ओस्कार’ अवार्ड ?

१० कात्तिक २०८३,
पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

१० कात्तिक २०८३,
कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

कुहिरोको घुम्टोमा मानुङकोट: पर्यटकको आकर्षण बढ्दो

१० कात्तिक २०८३,
कपिलवस्तुका किसान धान दाइँमा आधुनिक थ्रेसरको प्रयोगतर्फ आकर्षित

कपिलवस्तुका किसान धान दाइँमा आधुनिक थ्रेसरको प्रयोगतर्फ आकर्षित

१० कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन