• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    ड्रोनमा अमेरिकाको नयाँ कर

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१९ भदौ २०८३,
0
ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही । सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर निर्माण गरिएको ब्यारेज तीन दशकसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

बलरा नगरपालिका–१० र रामनगर गाउँपालिका–१ को सिमाना सुदामामा निर्माण भएको सिँचाइ ब्यारेज ३१ वर्षदेखि अलपत्र अवस्थामा छ । बाह्रै महिना पानी बग्ने एकादशी खोलामा २०५२ सालमा ब्यारेज निर्माण गरिएको थियो । सुदामा, छोटउल, अचलगड, बलरा अर्नाह, मिर्जापुर, छतौना, खेअर्वा, रामनगर बहुअर्वालगायत साविक दर्जन बढी गाविसका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित निर्माण भएको ब्यारेज प्रयोग नै नभई अलपत्र बनेको हो ।

ब्यारेज रु छ करोड लागतमा निर्माण भएको थियो । कृषिको उर्वर भूमिका रूपमा रहेको यस क्षेत्रमा सिँचाइको भरपर्दो सुविधा नहुँदा किसान वर्षाको पानीकोे भरमा खेती गर्न बाध्य छन् । यस क्षेत्रका सयौँ बिघा खेतीयोग्य भूभाग वर्षात्मा जलमग्न र हिउँदमा खण्डहर बन्ने गरेको बलरा नगरपालिका–५ मिर्जापुरका किसान शङ्कर साहले गुनासो गरे । “ब्यारेजसँग जोडिएको एउटा नहर छ”, उनले भने, “त्यो पनि अव्यवस्थित छ ।”

नहरबाट आएको पानी वर्षायाममा अनियन्त्रित भइ ब्यारेज नजिकका केही किसानको खेतसम्म पुग्छ । बाँकी क्षेत्रका किसानले पम्पसेट र विद्युत् मोटरको भरमा जेनतेन खेती गरिरहेका उनको गुनासो छ ।

यसरी गरिएको खेती मौसम प्रतिकूल हुँदा खेर जाने गरेको उहाँको अनुभव छ । ब्यारेज निर्माण भएको ठाउँ जिल्लाको दक्षिणपश्चिम क्षेत्रमा पर्छ । उत्तरी क्षेत्र रामनगर गाउँपालिकाका भूभागमा सिँचाइ गर्न नसकिएको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

“यहाँको भूभाग कोल्टे पर्छ”, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले भने, “सुरुमा हालको रामनगर र बलराको लागि भनेर ब्यारेज निर्माण भएको देखिन्छ । गलत ठाउँ परेकाले रामनगरका किसानको लागि त्यो उपयुक्त भएन । ब्यारेजबाट पानी उत्तरतर्फ आउँदैन । त्यसैले सोही खोलाको माथिल्लो स्थानमा बाँध निर्माण गरेर सिँचाइ सुविधा पुर्याइरहेका छौँ ।”

नहर निर्माण गरी व्यवस्थित गर्नसके हालको बलरा नगरपालिकाका सम्पूर्ण खेतीयोग्य भूभागमा सिँचाइ सुविधा पुग्ने नगरप्रमुख रामाशङ्करप्रसाद कुशवाहाले बताए । ब्यारेज नै अलपत्र पर्दा समस्या भएको उनको भनाइ छ । ब्यारेजको संरक्षण स्वामित्व कसैले नलिएकाले जीर्ण बनेको उनले स्वीकार गरे । आफू नगरप्रमुख भएर आएपछि बजेट विनियोजन गरी ब्यारेजको सामान्य मर्मतसम्भार गरेको उनको भनाइ छ ।

नगरपालिकाले गत आर्थिक वर्षको बजेटमा ब्यारेज मर्मत तथा सौन्दर्यकरणका लागि बजेट विनियोजन गरेको थियो । ब्यारेज र पार्कलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने नीति लिएको उनले बताए । सङ्घ र प्रदेश सरकारसँग व्यवस्थापनसँगै नहर निर्माण योजना पेस गरेको नगरप्रमुख कुशवाहाले बताए । ब्यारेजका लागि गत आर्थिक वर्षमा प्रदेश र सङ्घीय सरकारले रु पाँच करोड बजेट उपलब्ध गराएको थियो । समयमा काम हुन नसक्दा फिर्ता गएको उनको भनाइ छ ।

यस वर्षको रु दुई करोड बजेटबाट नहरको काम गर्ने तयारी गरिएको नगरप्रमुख कुशवाहले जानकारी दिए । ब्यारेज व्यवस्थापनका लागि आफलेू प्रदेश र सङ्घीय सरकारलाई पटकपटक आग्रह गरेको उनले दाबी गरे । तर, हालसम्म कुनै पनि प्रक्रिया अगाडि बढ्न नसकेको उनी बताउँछन् । ठूलो भूभागमा सिँचाइ हुने भए पनि ब्यारेज प्रयोगमा ल्याउन नसक्नु दुःखद् भएको उनको भनाइ छ ।

किसानको सुविधाका लागि आएको बजेट नगरपालिकाले काम नै नगरी फिर्ता गरेको स्थानीय किसानको आरोप छ । खेत नजिकै बाह्रै महिना खोला बग्ने तर आफूहरूले महँगोमा डिजल मोटर प्रयोग गर्नुपर्ने बाध्यता रहनु दुःखत भएको स्थानीय किसान गगनदेव सिंहले गुनासो गरे । पालिकाले सिँचाइ ब्यारेज व्यवस्थित गरी किसानको खेतसम्म पानी पुर्याउनुको साटो पार्क निर्माणमा खर्च गरेको उनको आरोप छ ।

ब्यारेज मर्मत गरी पक्की नहरको व्यवस्थासहित सिँचाइ सुविधा उपलब्ध गराउनुपर्ने स्थानीय किसानको माग छ । किसानले सुविधा पनि नपाउने, राज्यको ठूलो लगानी खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने उनीहरूको भनाइ छ ।

Previous Post

बिपी राजमार्गमा सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने

Next Post

श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल

metakhabar

metakhabar

सम्बन्धित खबर

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्
आवाज

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

१९ भदौ २०८३,
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

१९ भदौ २०८३,
जुम्लाका किसानलाई स्याउ टिप्न चटारो
आर्थिक

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

१९ भदौ २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

ड्रोनमा अमेरिकाको नयाँ कर

१९ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
जीवन शैली

पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

१९ भदौ २०८३,
रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री
आवाज

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

१९ भदौ २०८३,
Load More
Next Post
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In