• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च

    दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च

    ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

    ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

    कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

    कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

    काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

    काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘भगौडा’ सशस्त्र प्रहरीको जिममा दबदबा, स्थानीय त्रसित !

metakhabar by metakhabar
८ भदौ २०८३,
0
‘भगौडा’ सशस्त्र प्रहरीको जिममा दबदबा, स्थानीय त्रसित !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । झट्ट हेर्दा शरीर फुलाएर हिँड्ने ‘बडिबिल्डर’जस्ता देखिने प्रमोद श्रेष्ठमाथि जिमको आवरणमा स्थानीयस्तरमा डर, त्रास र आतंक फैलाउने गरेको आरोप लागेको छ।

स्थानीयका अनुसार श्रेष्ठले ‘पावर फिटनेस’ नामको जिम सञ्चालन गर्दै आएका छन्। तर, जिम सञ्चालनसँगै उनको गतिविधिलाई लिएर स्थानीयमा असन्तुष्टि र भय बढ्दै गएको बताइएको छ।

स्थानीयका अनुसार श्रेष्ठ पूर्वसशस्त्र प्रहरी जवान (भगौडा) हुन्। उनी सशस्त्र प्रहरीबाट भागेर अर्थात् सेवामा नफर्किएर केही समय दुबईसमेत बसेको र पछि नेपाल फर्किएर जिम व्यवसायमा संलग्न भएको बताइन्छ।

शारीरिक रूपमा बलियो देखिने श्रेष्ठको जिममा युवाहरूको बाक्लो जमघट हुने गरेको स्थानीयको भनाइ छ। जिम राति करिब ९ बजेसम्म सञ्चालन हुने गरेको र त्यहाँ ठूलो आवाजमा संगीत बजाउने, होहल्ला गर्ने तथा वरपरका बासिन्दालाई नियमित रूपमा असहज बनाउने गरेको स्थानीयको गुनासो छ।

फिटनेसका लागि खोलिएको जिम रातिसम्म सञ्चालन हुँदा त्यसबाट निस्कने आवाज र गतिविधिले टोलको शान्त वातावरण प्रभावित हुने गरेको उनीहरू बताउँछन्।

त्यतिमात्र होइन, श्रेष्ठले जिम आसपास आफ्ना समूहका व्यक्तिहरू भेला पार्ने र उनीहरूको आडमा स्थानीयमाथि दबाब तथा त्रास सिर्जना गर्ने गरेको आरोपसमेत लागेको छ।

स्थानीयका अनुसार विभिन्न समूहका युवाहरूलाई जम्मा गरेर टोलमा आफ्नो प्रभाव देखाउने तथा विरोध गर्नेहरूलाई दबाबमा राख्ने प्रयास हुने गरेको छ।

केही नाम कहलिएका गुण्डा नाइकेहरूसँग श्रेष्ठको उठबस र निकट सम्बन्ध देखिएपछि स्थानीय झन् त्रसित बनेको बताउँछन्। उनीहरूसँगको संगतका कारण आफूहरूमाथि कुनै समस्या आउन सक्ने डर स्थानीयमा रहेको बताइन्छ। यही डरका कारण कतिपय स्थानीयले असन्तुष्टि हुँदाहुँदै पनि खुलेर उजुरी गर्न नसकेको उनीहरूको भनाइ छ।

स्थानीयका अनुसार श्रेष्ठले आफूभन्दा कमजोर ठानिएका व्यक्तिलाई हेप्ने तथा मधेश मूलका व्यक्तिहरूलाई लक्षित गरी अपमानजनक गालीगलौज गर्ने गरेको आरोपसमेत छ। सार्वजनिक रूपमा गालीगलौज र दुर्व्यवहार गर्ने प्रवृत्तिले टोलमा असहज र भयपूर्ण वातावरण सिर्जना भएको उनीहरूको भनाइ छ।

श्रेष्ठको गतिविधिबारे प्रहरीले समेत निगरानी बढाएको बताइएको छ। स्थानीयले जिम सञ्चालनको आवरणमा हुने सम्भावित आपराधिक गतिविधि, समूहगत दबाब, रातिको होहल्ला तथा सार्वजनिक शान्तिमा पर्ने असरबारे निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।

Previous Post

आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

Next Post

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

metakhabar

metakhabar

सम्बन्धित खबर

दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च
फिचर-ब्यानर

दक्षिण कोरियाली अर्थतन्त्रको वृद्धिदर ४७ वर्षयताकै उच्च

२३ भदौ २०८३,
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
फिचर-ब्यानर

‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

२३ भदौ २०८३,
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
फिचर-ब्यानर

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

२३ भदौ २०८३,
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
समाचार

कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

२३ भदौ २०८३,
काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन
समाचार

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

२३ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
फिचर-ब्यानर

जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

२३ भदौ २०८३,
Load More
Next Post
काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In