• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

    गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

    बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व

    बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सतर्कता केन्द्रको अनुगमनः १५ कार्यालयमा सेवा प्रवाह सुधार गर्न निर्देशन

metakhabar by metakhabar
७ भदौ २०८३,
0
सतर्कता केन्द्रको अनुगमनः १५ कार्यालयमा सेवा प्रवाह सुधार गर्न निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका विभिन्न सरकारी कार्यालयमा अनुगमन गरी सेवा प्रवाह सुधार, कर्मचारीको समय पालना तथा तोकिएको पोसाक र आचरण पालना गर्न निर्देशन दिएको छ ।

केन्द्रका अनुसार भदौ ५ गते शुक्रबार काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटा कार्यालयमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा कार्यालयको सेवा प्रवाह, कर्मचारीको समयपालना, पोसाक तथा आचरणको अवस्थाबारे निरीक्षण गरिएको थियो ।

अनुगमन गरिएका कार्यालयमा यातायात व्यवस्था कार्यालय एकान्तकुना र जडीबुटी, जिल्ला खेलकुद विकास समिति भक्तपुर र ललितपुर, काठमाडौं महानगरपालिकाका वडा नं. ७ र ८ का कार्यालय, रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, डिभिजन वन कार्यालय सानोठिमी, मनोहरा जग्गा एकीकरण आयोजना, आन्तरिक राजस्व कार्यालय कोटेश्वर, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, नेपाल गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र, आन्तरिक राजस्व कार्यालय बालाजु र काठमाडौं दुग्ध वितरण आयोजना रहेका छन् ।

केन्द्रका अनुसार अनुगमनपछि सम्बन्धित कार्यालयलाई प्रचलित कानुन बमोजिम कर्मचारीमाथि आवश्यक कारबाही गरी केन्द्रलाई जानकारी गराउन निर्देशन दिइएको छ । कतिपय कार्यालयलाई सेवा प्रवाह थप प्रभावकारी र जनमैत्री बनाउन विशेष निर्देशनसमेत दिइएको विवरणमा उल्लेख छ ।

काठमाडौं महानगरपालिका वडा नं. ७ र ८ का कार्यालयलाई सेवा प्रवाह थप प्रभावकारी र जनमैत्री बनाउन निर्देशन दिइएको छ । रामघाट प्राथमिक स्वास्थ्य केन्द्रलाई सेवा सम्बन्धी प्रचलित कानुन बमोजिम कारबाही गरी केन्द्रलाई जानकारी गराउन भनिएको छ । मनोहरा जग्गा एकीकरण आयोजनालाई अनिवार्य नागरिक बडापत्र राख्न र सहयात्री समितिको बैठक नबसेकोले बैठक बस्न निर्देशन दिइएको छ ।

जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रलाई प्रचलित कानुनबमोजिम कारबाही गरी केन्द्रलाई जानकारी गराउन तथा काठमाडौं दुग्ध वितरण आयोजनालाई ई–हाजिरी व्यवस्था जडान गर्न निर्देशन दिइएको छ ।

अनुगमन विवरणअनुसार सम्बन्धित कार्यालयमा कार्यरत कर्मचारीमध्ये केहीले तोकिएको समयमा कार्यालयमा उपस्थित नभएको तथा कतिपयले तोकिएको पोसाक नलगाएको समेत पाइएको छ । केन्द्रले सेवा प्रवाहलाई प्रभावकारी, अनुशासित र नागरिकमैत्री बनाउन नियमित अनुगमन तथा आवश्यक सुधारका लागि निर्देशन दिएको हो ।

केन्द्रले सरकारी सेवालाई नागरिकमैत्री, अनुशासित र मर्यादित बनाउनका लागि सक्रियता बढाएको छ । सरकारी निकायमा भ्रष्टाचार भएको, कर्मचारीले आचारसंहिता पालना नगरेको वा शङ्कास्पद सम्पत्ति रहेको सूचना केन्द्रको हटलाइन ०१४२००३४५ मा फोन गरेर टिपाउन सकिने केन्द्रले जनाएको छ ।

Previous Post

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

Next Post

बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व

metakhabar

metakhabar

सम्बन्धित खबर

युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ
अन्तर्राष्ट्रिय

युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

७ भदौ २०८३,
कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
समाचार

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

७ भदौ २०८३,
दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत
समाचार

दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

७ भदौ २०८३,
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
समाचार

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

७ भदौ २०८३,
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता
समाचार

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

७ भदौ २०८३,
बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व
समाचार

बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व

७ भदौ २०८३,
Load More
Next Post
बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व

बर्खायाम सकिएको झल्को दिने यार्तुङ पर्व

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In