• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनको मूल्य बढ्यो

    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

    विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
७ भदौ २०८३,
0
हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न दिन नहुने बताउनुभएको छ । उहाँले वाशिङ्टन र तेहरानबीच बढ्दो तनावका बीच हर्मुज जलमार्गको नाम ‘अमेरिकी क्षेत्र’ भनेर वर्णन गरेको अल जजिराले जनाएको छ ।

साउथ क्यारोलिनाको मर्टल बिचमा आयोजित एक सभामा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हामी उनीहरू (इरान) लाई आणविक हतियार राख्न दिन सक्दैनौँ । त्यसो भएमा तपाईंहरूले धेरै खराब परिणामहरू देख्नुपर्नेछ ।”

उहाँले भन्नुभयो, “हामी गएर उनीहरूलाई रोकेका छौँ । उनीहरूसँग केही गरी आणविक हतियार हुने छैन।”

राष्ट्रपति ट्रम्पले भन्नुभयो, “इरान सम्झौता गर्न चाहन्छ तर वाशिङ्टनले त्यो सम्झौता स्वीकार नगर्न पनि सक्नेछ ।” उहाँले रणनीतिक जलमार्गमाथि अमेरिकी नियन्त्रण रहेको दाबी गर्नुभयो ।

अरबी समाचार संस्था अल जजिराले राष्ट्रपति ट्रम्पलाई उद्धृत गरी लेखेको छ, “उनीहरू कति धेरै सम्झौता गर्न चाहन्छन् हामीलाई थाहा छ । हामी पनि सम्झौता चाहन्छौँ तर इरानका पक्षमा मात्र सर्तहरू स्विकार गर्नेछैनौँँ । म हर्मुज जलमार्गलाई अहिले अमेरिकी क्षेत्रको रूपमा हेर्छु, यो अमेरिकी क्षेत्र हो।”

मर्टलबिच जानुअघि संयुक्त आधार शिविर एन्ड्रयुजमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभएको थियो,“अमेरिकाको हर्मुज जलमार्गमाथि ‘पूर्ण नियन्त्रण’ छ ।” उहाँले रणनीतिक जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने धारणालाई व्याख्या गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “वाशिङ्टनको इरानविरुद्धको नाकाबन्दीका बीच हर्मुज जलमार्गसँग जोडिएको क्षेत्रमाथि हाम्रो नियन्त्रण छ ।”

राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हामी के हुन्छ भनेर हेरिरहेका छौँ । तपाईंहरूलाई थाहा छ, हामीसँग सीमामाथि पूर्ण नियन्त्रण छ । तपाईं नाकाबन्दीबारे जानकार हुनुहुन्छ र यो पनि तपाईलाई जानकारी छ कि हर्मुज जलमार्गसँग सम्बन्धित सम्पूर्ण क्षेत्र हाम्रो पूर्ण नियन्त्रणमा छ ।”

उहाँले भन्नुभयो, “इरान सम्झौता चाहन्छ तर मेरो विचारमा ‘सही सम्झौता’ गर्न तयार छैन।”

यी टिप्पणीहरू रणनीतिक जलमार्गमाथि वाशिङ्टन र तेहरानबीच जारी तनावका बीच आएका हुन्, जसबाट विश्वव्यापी ऊर्जा आपूर्तिहरूको ठूलो हिस्सा बाहिरिन्छ ।

यसअघि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा रणनीतिक जलमार्गलाई ‘नयाँ अमेरिकी क्षेत्र’ भनेर चित्रण गर्ने एआई–जेनेरेटेड तस्बिर सेयर गर्नुभएको थियो । उक्त क्षेत्रमाथि संयुक्त राज्य अमेरिकाको नियन्त्रण रहेको दाबी उहाँले जारी राख्नुभएको छ।

इरानले ट्रम्पको दाबी अस्वीकार गरेको छ । इरानी उपपरराष्ट्रमन्त्री काजेम गरीबाबादीले हर्मुज जलमार्गमाथि अमेरिकी राष्ट्रपतिको दाबी परिस्थितिले वा इरानले ‘सच्याइदिने’ बताउनुभयो ।

“जसरी ट्रम्पले सदाबहार पर्सियन खाडीको नाम सही लेख्नुभएको छ, त्यसैगरी चाँडै हर्मुज जलमार्गबारे उहाँको भ्रम सच्याइनेछ वा हामी यसमा भ्रमित मानिसको भ्रम सच्याउनेछौँ,” गरीबाबादीले एक्समा आफ्नो दावी पोस्ट गर्नुभएको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रजाईले पनि ट्रम्पका टिप्पणीहरूको आलोचना गर्दै भन्नुभयो, “हर्मुज जलमार्ग पुनः खोल्न अमेरिकाको असमर्थता र यसलाई आफ्नो स्वामित्वको दाबी गर्ने बीचको खाडल वाशिङ्टन र जलमार्गबीचको सात हजार माइल (एघार हजार किलोमिटरभन्दा बढी) दूरीभन्दा बढी छ ।

राष्ट्रपति ट्रम्पले हालै इरानविरुद्ध ‘कहिल्यै नलिएको सबैभन्दा कडा आर्थिक कारबाही’ घोषणा गर्नुभएको थियो र तेहरानलाई वित्तीय, व्यावसायिक वा सरकारी सहयोग गर्ने देशहरूलाई ‘अत्यधिक आर्थिक परिणाम’ को चेतावनी दिनुभएको थियो ।

यसबीच, इरानी सभामुख मोहम्मद बागेर गालिबाफले भन्नुभएको थियो, “अमेरिकाले नाकाबन्दी हटाउने, जम्मा भएका इरानी सम्पत्तिहरू मुक्त गर्ने र तेल प्रतिबन्धहरू कम गर्ने लगायतका कुराहरू समावेश १४ बुँदे समझदारीपत्रका प्रतिबद्धताहरू पूरा नगरेसम्म तेहरानले हर्मुज जलमार्ग पुनः खोल्ने छैन ।

Previous Post

विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

Next Post

सुनको मूल्य बढ्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनको मूल्य बढ्यो

७ भदौ २०८३,
विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर
आर्थिक

विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

७ भदौ २०८३,
युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ
अन्तर्राष्ट्रिय

युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

७ भदौ २०८३,
कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
समाचार

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

७ भदौ २०८३,
Load More
Next Post
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In