• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

    नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

    नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

    देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

    नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

    नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

    देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको

metakhabar by metakhabar
६ भदौ २०८३,
0
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।विश्वव्यापी जलवायु परिवर्तनशीलताको प्रमुख चालकका रूपमा रहेको ‘सुपर एल निनो’का नेपालमा सम्भावित जोखिमबाट ऊर्जा सङ्कट देखिन सक्ने जनाउँदै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । ‘सुपर एल निनो’का कारण तापक्रम बढ्ने, खडेरीको सम्भावना रहने र यसले पानीको स्रोतमा समेत कमी ल्याउँदा ऊर्जा क्षेत्र सहित समग्र सामाजिक–आर्थिक प्रणालीमा उल्लेख्य प्रभाव पार्न सक्ने जनाइएको छ ।

जलस्रोत, कृषि, ऊर्जा, खाद्य सुरक्षा तथा जनजीविकामा पर्नसक्ने जोखिम न्यूनीकरणका लागि राष्ट्रियस्तरमै पूर्वतयारी आवश्यक रहेकामा यस क्षेत्रका विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् । सन् २०२६को अन्त्यदेखि २०२७ को सुरुआतसम्म एल निनो थप सशक्त भई ‘धेरै बलियो’ वा ‘सुपर एल निनो‘का अवस्थामा पुग्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको प्रारम्भिक भनाइ छ ।

‘सुपर एल निनो’ सम्बन्धी वैज्ञानिक ज्ञान अभिवृद्धि गर्नु, विगतका एल निनो जोखिमबाट नेपालले प्राप्त गरेका अनुभव तथा सिकाइको समीक्षा गर्न, मौसमी पूर्वानुमान तथा जलवायु सेवाको उपयोग बढाउन, जलस्रोत, हिममण्डल, कृषि र ऊर्जा क्षेत्रमा पर्न सक्ने प्रभावको मूल्याङ्कन गर्नु तथा आवश्यक नीति, अनुसन्धान र संस्थागत समन्वयका प्राथमिकता पहिचान गर्न सरोकारवाल निकायबीच छलफल सुरु हुन थालेको छ ।

शुक्रबार यहाँ आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले एल निनोको सम्भावित जोखिमका बारेमा अनुसन्धानकर्ता तथा कार्यान्वयनमा सङ्लग्न निकायलाई एउटै मञ्चमा ल्याएर छलफल गर्नु महत्वपूर्ण भएको बताउनुभयो ।

उहाँले जलवायु तथा मौसमसम्बन्धी तथ्याङ्कमा तापक्रम, वर्षा, नदीको बहाव र पूर्वानुमानको चर्चा हुने गरे पनि ती तथ्याङ्कको प्रत्यक्ष सम्बन्ध नागरिकको जीवन, जीविकोपार्जन र अर्थतन्त्रसँग रहेको छ भन्नुभयो । सचिव दवाडीले भन्नुभयो, “धान रोप्नका लागि बीउ र मलको व्यवस्थापन गरिसकेको किसानले समयमा सिँचाइ नपाउँदा त्यसको असर वर्षाको तथ्याङ्कमा मात्र सीमित हुँदैन, यसले उसको समय, आम्दानी, उत्पादन र परिवारको जीविकामा असर पार्छ ।”

उहाँले पहाडी क्षेत्रमा पानीका मुहान सुक्दै जाँदा स्थानीय समुदायले पानीका लागि थप समय र श्रम खर्च गर्नुपर्ने तथा नदीको बहाव घट्दा जलविद्युत्् उत्पादनमा प्रत्यक्ष असर परी ऊर्जा सुरक्षामा चुनौती थपिने सक्ने जोखिम रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“एल निनो मौसमविद्को मात्र विषय होइन, यो विकास, जीविकोपार्जन र अन्ततः मानव जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो।”

नेपाल जलवायु परिवर्तनका दृष्टिले जोखिममा रहेको उल्लेख गर्दै सचिव दवाडीले मुलुकमा वार्षिक करिब २२५ अर्ब घनमिटर पानी उपलब्ध भए पनि यसको समयगत र स्थानगत वितरण असमान रहेकाले कृषि अझै मनसुनमा निर्भर रहेको जानकारी दिनु । उहाँले नेपालको ऊर्जा प्रणालीमा जलविद्युत्को भूमिका निरन्तर बढ्दै गएको र हिमाल, हिमनदी तथा हिमाली क्षेत्र नदी प्रणाली र जल सुरक्षाका महत्वपूर्ण आधार रहेको उल्लेख गर्नुभयो ।

सचिव दवाडीले नेपालमा विगतका एल निनो वर्षमा वर्षा घट्ने वा बढ्ने दुवै प्रवृत्ति देखिएको उल्लेख गर्दै उहाँले एल निनो देखिँदैमा नेपालमा निश्चित रूपमा कस्तो मौसम हुन्छ भन्ने निर्धारण नहुने बताउनुभयो ।

जल तथा ऊर्जा आयोगको सचिवालयका सरजुकुमार वैद्यले एल निनो महासागरमा हुने मौसमी फेरबदल मात्र नभई नेपालको जलस्रोत र अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्नसक्ने जलवायुजन्य जोखिम भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो , “विगतका अध्ययन तथा तथ्याङ्कले एल निनो र नेपालको वर्षाबीच सम्बन्ध देखाएको उल्लेख गर्दै उहाँले एल निनोका धेरै वर्षमा नेपालमा मनसुन कमजोर भई कम वर्षा भएको इतिहास रहेको छ । कमजोर मनसुनका कारण भूमिगत जल पुनर्भरण घट्ने, पहाडी क्षेत्रका मूल तथा धाराहरू सुक्ने तथा बढ्दो तापक्रमका कारण हिमाली क्षेत्रमा हिउँ र हिमनदी पग्लने दर तीव्र हुनसक्छ । ”

नेपालको ८० प्रतिशतभन्दा बढी विद्युत्् उत्पादन नदीको बहावमा आधारित जलविद्युत्् आयोजनामा निर्भर रहेको उल्लेख गर्दै वैद्यले नदीको बहाव घट्दा विद्युत्् उत्पादनमा कमी आई राष्ट्रिय विद्युत्् प्रणालीको सन्तुलनमा चुनौती आउनसक्ने बताउनुभयो ।

सचिवालयका सहसचिव टिकाराम बरालले सुपर एल निनोको सम्भावित प्रभावलाई सम्बोधन गर्न ठोस कार्ययोजना निर्माणका लागि गोष्ठीले सहयोग पुग्ने बताउनुभयो । उहाँले वैज्ञानिक पूर्वानुमान, जोखिम मूल्याङ्कन र सम्बन्धित क्षेत्रका कार्यान्वयन निकायबीचको समन्वयलाई प्रभावकारी बनाएर पूर्वतयारीका काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

गोष्ठीमा सुपर एल निनोका कारण नेपालमा पानी, खाद्य, ऊर्जा तथा विपद् व्यवस्थापनका क्षेत्रमा पर्नसक्ने सम्भावित प्रभाव, जोखिम न्यूनीकरणका उपाय, पूर्वानुमानको प्रयोग तथा संस्थागत समन्वयका विषयमा छलफल भएको थियो ।

‘एल निनो बलियो हुँदै जाँदा कम वर्षाको सम्भावना बढ्छ : जल तथा मौसम विज्ञान विभाग

जल तथा मौसम विज्ञान विभागले एल निनोको अवस्था कमजोरदेखि बलियो हुँदै जाँदा नेपालमा मनसुनका समयमा सामान्यभन्दा कम वर्षा हुने सम्भावना बढ्दै गएको जनाएको छ ।

विभागका महानिर्देशक डा अर्चना श्रेष्ठले एल निनोको अवस्थाअनुसार नेपालका विभिन्न भौगोलिक तथा प्रदेशगत क्षेत्रमा वर्षाको प्रवृत्ति फरक देखिए पनि बलियो एल निनोको अवस्थामा अधिकांश क्षेत्रमा सामान्यभन्दा कम वर्षाको अवस्था देखिने बताउनुभयो ।

उहाँका अनुसार कमजोर एल निनोका अवस्थामा मनसुन अवधिमा ८० प्रतिशतभन्दा बढी स्थानमा सामान्यभन्दा कम वर्षा हुने प्रवृत्ति देखिएको छ । प्रदेशगत विश्लेषणमा मधेस र बागमती प्रदेशमा यस्तो सम्भावना ६६ प्रतिशत तथा कर्णाली प्रदेशमा शतप्रतिशतसम्म देखिएको उहाँले बताउनुभयो ।

महानिर्देशक डा श्रेष्ठले भन्नुभयो, “कमजोर एल निनोमै पनि धेरैजसो ठाउँमा सामान्यभन्दा कम वर्षा देखिन्छ । बलियो एल निनो हुँदा त अधिकांश क्षेत्रमा सामान्यभन्दा कम वर्षा हुने अवस्था देखिन्छ ।”

उहाँका अनुसार हिउँदमा भने प्रदेशअनुसार वर्षाको प्रवृत्ति फरक देखिन्छ । कोशी प्रदेशमा केही अवस्थामा सामान्यभन्दा बढी वर्षाको सम्भावना शतप्रतिशतसम्म देखिएको छ भने अन्य प्रदेशमा सामान्यभन्दा कम वा बढी वर्षाको फरक–फरक सम्भावना देखिएको छ ।

विभागले एल निनोको अवस्थालाई कमजोर, मध्यम र बलियो गरी वर्गीकरण गरेर वर्षाको तथ्याङ्क विश्लेषण गरेको उहाँले जानकारी दिनुभयो । उहाँले एल निनोको प्रभावको अध्ययनबाट प्राप्त स्थानगत तथा समयगत सूचनालाई कृषि, वन, जलस्रोत, ऊर्जा तथा विपद् व्यवस्थापनका क्षेत्रमा फरक–फरक ढङ्गले उपयोग गर्न सकिने बताउनुभयो ।

महानिर्देशक डा श्रेष्ठले एल निनोका कारण वर्षा घट्ने सम्भावना देखिए पनि सबै स्थानमा एउटै प्रकृतिको प्रभाव नपर्ने भएकाले पूर्वानुमानको स्थानगत सूचनालाई निर्णय प्रक्रियासँग जोड्नुपर्ने बताउनुभयो ।
विभागले एल निनो र नेपालको वर्षाबीचको सम्बन्धका विषयमा थप विश्लेषण तथा प्रस्तुतीकरण जारी राखेको र केही सत्रको अध्ययन अझै बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

पहिरोले विभिन्न सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

metakhabar

metakhabar

सम्बन्धित खबर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण
फिचर-ब्यानर

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

६ भदौ २०८३,
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आर्थिक

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

६ भदौ २०८३,
नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै
खेलमैदान

नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

६ भदौ २०८३,
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?
आर्थिक

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

६ भदौ २०८३,
देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न
समाचार

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

६ भदौ २०८३,
Load More
Next Post
वर्षाले विभिन्न सडक अवरुद्ध

पहिरोले विभिन्न सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In