• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    ह्यारी–मेघन बेलायत फर्कने

    ह्यारी–मेघन बेलायत फर्कने

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
५ भदौ २०८३,
0
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ,  अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको बजेट नघटाएको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कार्यालय वनस्थलीमा आज आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा नागरिकका जिज्ञासा तथा प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले स्वास्थ्य बिमाप्रतिको सरकारी धारणाबारे स्पष्ट पार्नुभएको हो ।

गत वर्ष स्वास्थ्य बिमाका लागि अघिल्लो सरकारले रु १० अर्ब बजेट छुट्याएको तर नपुगेपछि रु ११ अर्ब थप गरिएको अर्थमन्त्री डा वाग्लेले जानकारी दिनुभयो । यस वर्षको बजेटमा स्वास्थ्य बिमाको बजेट रु पाँच अर्ब बढाएर रु १५ अर्ब पुर््याइएको उहाँले स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री डा वाग्लेले स्वास्थ्य बिमामा सरकारको दायित्व अझै बढिरहेको तर लगानीअनुसार नागरिकले सेवा पाएका छन् या छैनन् भन्नेमा शङ्का रहेको बताउनुभयो । स्वास्थ्य बिमा कार्यक्रम सरकारी अस्पतालहरूमा निरन्तर जारी रहेको उल्लेख गर्दै उहाँले यसलाई थप प्रभावकारी बनाउन अध्ययन भइरहेको बताउनुभयो ।

यस्तै अर्थमन्त्री डा वाग्लेले गल्ती नगरी चेक बाउन्सलगायतका कारण ‘ब्ल्याक लिस्ट’मा परेर आर्थिक समस्यामा परेका उद्यमीलाई राहत दिन सरकारले पहल थालेको बताउनुभयो । ब्ल्याक लिस्टको ‘दुष्चक्र’मा अञ्जानमा फसेकालाई राहत दिने विषयमा राष्ट्र बैंकसँग छलफल भइरहेको जानकारी दिनुभयो ।

अर्थमन्त्री डा वाग्लेले चेक ‘बाउन्स’का कारण करिब एक लाख ७० हजार नेपाली उद्यमीलगायत आर्थिक रूपमा अप्ठ्यारो परिस्थितिमा परेको उल्लेख गर्दै उहाँहरूलाई यस अवस्थाबाट बाहिर निकाल्न पहल सुरु गरिएको बताउनुभयो ।

“ब्ल्याक लिस्टको दुष्चक्रबाट अन्जानमा फसेकालाई कसरी राहत दिन सकिन्छ भन्नेमा राष्ट्र बैंकले द्रुत गतिमा काम गरोस भनेर निर्देशन दिएको छु,” उहाँले भन्नुभयो ।

नवनियुक्त डेपुटी गभर्नर दीर्घ रावललाई बधाई दिने क्रममा समेत आफूले उक्त विषयलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको जानकारी दिँदै अर्थमन्त्री डा वाग्लेले राष्ट्र बैंकले आवश्यक काम अघि बढाउँदा अर्थ मन्त्रालयको पूर्ण साथ रहने बताउनुभयो । ब्ल्याक लिस्टको समस्या विगत केही वर्षदेखि चर्किंदै गएको र त्यसका कारण उद्यमीको उठिबास लाग्ने अवस्था सिर्जना भएको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहभागी नागरिकहरुले अर्थ मन्त्रालय, समग्र आर्थिक क्षेत्र तथा सरकारका समसामयिक कामकारबाहीबारे अर्थमन्त्री डा वाग्लेसमक्ष जिज्ञासा, समस्या, सुझाव तथा अपेक्षा राखेका थिए । रास्वपाले नागरिकका गुनासा, समस्या, सुझाव तथा अपेक्षा प्रत्यक्ष रूपमा सरकारमा सहभागी मन्त्री, सांसद तथा केन्द्रीय नेतृत्वसमक्ष पु¥याउने उद्देश्यले ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि सुरु गरेको जनाएको छ ।

आजको कार्यक्रममा पार्टीका महामन्त्री विपिनकुमार आचार्य, सहमहामन्त्री एवं प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहाकार असिम शाहको समेत सहभागिता रहेको थियो । कार्यक्रमअन्तर्गत नागरिकले मन्त्री तथा पार्टी नेतृत्वसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना समस्या, सुझाव र अपेक्षा राख्न सक्ने महामन्त्री आचार्यले बताउनुभयो । नागरिकबाट प्राप्त सुझावलाई पार्टी तथा सरकारको नीति निर्माण र प्रभावकारी कार्यान्वयनसँग जोड्ने उद्देश्य रहेको रास्वपाले जनाएको छ ।

शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव कार्यक्रममा सहभागी हुनुहुने पार्टीले जनाएको छ ।

Previous Post

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

Next Post

सुरक्षा परिषद् सुधार्न भारतको माग

metakhabar

metakhabar

सम्बन्धित खबर

डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या
आर्थिक

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

५ भदौ २०८३,
ह्यारी–मेघन बेलायत फर्कने
अन्तर्राष्ट्रिय

ह्यारी–मेघन बेलायत फर्कने

५ भदौ २०८३,
अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप
आर्थिक

अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

५ भदौ २०८३,
पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान
अन्तर्राष्ट्रिय

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

५ भदौ २०८३,
Load More
Next Post
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

सुरक्षा परिषद् सुधार्न भारतको माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In