• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

metakhabar by metakhabar
४ भदौ २०८३,
0
भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारत र बङ्गलादेशबीच कूटनीतिक अनिश्चितता कायम रहे पनि दुवै देशका व्यवसायीहरूले व्यापार, लगानी र उत्पादनका क्षेत्रमा सहकार्य विस्तार गरी आर्थिक सम्बन्धलाई द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण आधार बनाउन सकिने बताएका छन् । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानको प्रस्तावित भारत भ्रमणको तयारी भइरहेका बेला व्यवसायीहरूको पछिल्लो सक्रियताले आर्थिक सम्बन्धमार्फत दुई देशबीचको दूरी कम गर्न सकिने सम्भावना देखाएको छ ।

भारतीय उद्योग परिसङ्घ (सीआइआई) को एक प्रतिनिधिमण्डलले हालै बङ्गलादेशको भ्रमण गरी सरकारका मन्त्री तथा बङ्गलादेशी व्यापारिक समुदायका प्रतिनिधिसँग छलफल गरेको थियो । भेटवार्तापछि भारतीय व्यवसायीहरूले बङ्गलादेशसँग व्यापारिक सम्बन्ध थप विस्तार गर्ने र विभिन्न क्षेत्रमा लगानीका अवसर खोज्ने इच्छा व्यक्त गरेका छन् ।

सीआइआई प्रतिनिधिमण्डलका प्रमुख चन्द्रजित बनर्जीले भारतबाट विभिन्न क्षेत्रका बलिया व्यावसायिक प्रतिनिधि बङ्गलादेश आएको बताउनुभयो । उहाँका अनुसार प्रतिनिधिमण्डलमा बङ्गलादेशमा लगानी गरिरहेका तथा भारत–बङ्गलादेशबीच आयात–निर्यात गर्दै आएका व्यवसायी सहभागी थिए । इन्जिनियरिङदेखि स्वास्थ्य सेवासम्मका विभिन्न क्षेत्रका प्रतिनिधि टोलीमा रहेको उहाँले बताउनुभयो ।

सीआइआईले बङ्गलादेशसँग व्यापार–व्यापार सम्पर्कलाई निरन्तरता दिँदै भविष्यमा विभिन्न क्षेत्रका छुट्टाछुट्टै प्रतिनिधिमण्डल बङ्गलादेश पठाउने योजना बनाएको छ । बनर्जीका अनुसार पूर्वाधार र भविष्यका प्रविधि सहकार्यका लागि प्राथमिक क्षेत्रका रूपमा अघि बढाइनेछ । दुवै देशका व्यवसायबीच नियमित संवाद र क्षेत्रगत सहकार्य विस्तार गर्न कार्यदल गठन गर्ने तयारीसमेत रहेको उहाँले बताउनुभयो ।

बङ्गलादेशी व्यवसायीहरूले पनि भारतसँगको सम्बन्धलाई केवल आयात–निर्यातमा सीमित नगरी प्रत्यक्ष लगानी र उत्पादन विस्तारतर्फ लैजानुपर्नेमा जोड दिएका छन् । बङ्गलादेश फरेन इन्भेस्टर्स चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (फिक्की) की अध्यक्ष रुपाली हक चौधरीले भारत ठूलो अर्थतन्त्र भएकाले बङ्गलादेशमा भारतीय लगानी विस्तारका लागि पर्याप्त सम्भावना रहेको बताउनुभयो ।

उहाँले भारतीय व्यवसायीलाई बङ्गलादेशमा कारखाना तथा उत्पादन केन्द्र स्थापना गर्न आग्रह गरिएको जानकारी दिनुभयो । लगानीसँगै प्रविधि र ज्ञान भित्र्याउँदा बङ्गलादेशका युवा पुस्ताले नयाँ प्रविधि सिक्ने अवसर पाउने र दुवै देशका व्यवसायीबीच दीर्घकालीन साझेदारी विकास हुने उहाँको भनाइ छ ।

चौधरीले दुई देशबीच जनता–जनताबीचको सम्बन्धसँगै आर्थिक सहकार्यलाई पनि बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार दुवै देशले एकअर्काको बजार, प्रविधि, लगानी र उत्पादन क्षमताबाट लाभ लिन सक्ने गरी सहकार्य अघि बढाउन आवश्यक छ ।

यसैबीच, बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानको पहिलो भारत भ्रमण गराउने विषयमा दुवै देशका अधिकारीबीच केही सातादेखि छलफल भइरहेको छ । बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीको विषयले द्विपक्षीय सम्बन्धमा जटिलता थपिएको सङ्केत गरेको भए पनि भारत भ्रमण हुने अपेक्षामा रहेको छ ।

प्रधानमन्त्री रहमान र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने सम्भावित भेटले दुई देशबीचको सम्बन्धलाई नयाँ गति दिनुका साथै व्यापार, लगानीलगायत लामो समयदेखि विचाराधीन द्विपक्षीय विषयमा छलफल गर्ने अवसर प्रदान गर्न सक्ने अपेक्षा गरिएको छ ।

Previous Post

सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

Next Post

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In