• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

metakhabar by metakhabar
३ भदौ २०८३,
0
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

U.S. Army's soldiers conduct a training exercise on a river in Yeoncheon, South Korea, near the border with North Korea, Tuesday, Aug. 18, 2026. (AP Photo/Ahn Young-joon)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पुनः संवादमा ल्याउने प्रयास अघि बढाएपछि दक्षिण कोरिया र अमेरिकी सेनाले संयुक्त सैन्य अभ्यास निर्धारित समयभन्दा चार दिनअघि नै अन्त्य गर्ने भएका छन् ।

दुवै देशका अधिकारीहरूले बुधबार अभ्यासको अवधि र केही संयुक्त क्षेत्रीय प्रशिक्षण घटाउने सहमति भएको बताएका छन् । यस कदमले ट्रम्प–किम सम्भावित संवादको बाटो खोल्न सक्ने भए पनि दशकौँ पुरानो अमेरिका–दक्षिण कोरिया सुरक्षा गठबन्धनको सैन्य तयारी कमजोर हुने चिन्ता बढाएको छ ।

अमेरिका र दक्षिण कोरियाले सोमबार सुरु गरेको ११ दिने ‘उल्ची फ्रिडम सिल्ड’ अभ्यास अगस्ट २७ सम्म सञ्चालन गर्ने योजना बनाएका थिए । तर अमेरिकी आग्रहपछि अभ्यास शुक्रबार नै समाप्त हुने दक्षिण कोरियाली सेनाले जनाएको छ । दुवै पक्षले संयुक्त रक्षा क्षमता कायम राख्न अभ्यासका उद्देश्य पूरा गर्ने अन्य उपायबारे छलफल र कार्यान्वयन गर्ने बताएका छन् ।

ट्रम्पले अभ्यास सुरु हुनुअघि आफ्ना रक्षा प्रमुखलाई सहयोगी राष्ट्रहरूको ग्रीष्मकालीन सैन्य अभ्यास ‘पर्याप्त रूपमा घटाउन’ निर्देशन दिनुभएको थियो । उहाँले किमसँग आफ्नो राम्रो सम्बन्ध रहेको र दक्षिण कोरियाले इरानविरुद्धको अमेरिकी युद्धमा सहभागी हुन अस्वीकार गरेको विषयलाई पनि अभ्यास घटाउने निर्णयसँग जोड्नुभएको थियो ।

‘उल्ची फ्रिडम सिल्ड’ मुख्यतः कम्प्युटरमा आधारित कमान्ड पोस्ट अभ्यास हो र यसको उद्देश्य उत्तर कोरियाबाट सम्भावित आक्रमण भएमा संयुक्त रूपमा प्रतिकार गर्ने क्षमता विकास गर्नु हो । यस अवधिमा अमेरिका र दक्षिण कोरियाले छुट्टाछुट्टै तथा संयुक्त रूपमा विभिन्न सैन्य प्रशिक्षणसमेत सञ्चालन गर्दै आएका छन् ।

सन् १९५०–५३ को कोरियाली युद्धपछि विकसित अमेरिका–दक्षिण कोरिया सैन्य गठबन्धनको प्रमुख आधारका रूपमा यस्ता अभ्यासलाई लिइन्छ । तर उत्तर कोरियाले भने लामो समयदेखि यस्ता अभ्यासलाई आफूविरुद्धको आक्रमणको पूर्वाभ्यास भन्दै विरोध गर्दै आएको छ र त्यसको प्रतिक्रियामा क्षेप्यास्त्र परीक्षण गर्ने गरेको छ । यसै महिनाको अभ्यास सुरु हुनुभन्दा केही दिनअघि पनि उत्तर कोरियाले समुद्रतर्फ दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।

यसपटकको अभ्यास दुई चरणमा सञ्चालन गर्ने योजना थियो । पहिलो चरणमा शुक्रबारसम्म उत्तर कोरियाली आक्रमणको सम्भावित अवस्थाको अनुकरण गर्दै रक्षात्मक कारबाहीको अभ्यास गर्ने र दोस्रो चरणमा अगस्ट २७ सम्म प्रतिआक्रमणका गतिविधि अभ्यास गर्ने तयारी थियो । उत्तर कोरिया विशेषगरी प्रतिआक्रमणसम्बन्धी अभ्यासप्रति संवेदनशील मानिन्छ ।

उत्तर कोरियाले ट्रम्पको पछिल्लो टिप्पणीबारे प्रत्यक्ष प्रतिक्रिया नदिए पनि सरकारी समाचार संस्था केसीएनएले बुधबार अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासलाई ‘उन्मत्त’ र ‘अत्यन्त खतरनाक’ भन्दै आलोचना गरेको छ । उसले यस्ता सैन्य गतिविधिबाट आफ्नो सुरक्षामाथि गम्भीर खतरा बढेको दाबी गर्दै प्रतिरक्षाको अधिकार प्रयोग गरेर विरोधीको सैन्य खतरालाई निष्क्रिय पार्ने चेतावनी दिएको छ ।

विश्लेषकहरूका अनुसार आणविक कार्यक्रम विस्तार तथा रुससँग बढ्दो सैन्य सहकार्यका कारण आत्मविश्वास बढेको अवस्थामा किमले ट्रम्पको संवाद प्रस्ताव तत्काल स्वीकार गर्ने सम्भावना कम छ । उनीहरूले उत्तर कोरियाले ठूला सहुलियतको सुनिश्चितता खोज्न सक्ने बताएका छन् ।

ट्रम्प र किमबीच सन् २०१८ र २०१९ मा तीनपटक भेटवार्ता भएको थियो । तर उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम सीमित वा अन्त्य गर्ने व्यापक कदमको बदलामा प्रतिबन्ध हटाउनुपर्ने माग गरेपछि वार्ता निष्कर्षविहीन बनेको थियो । किमले गत वर्ष ट्रम्पको अघिल्लो संवाद प्रयासप्रति प्रतिक्रिया दिँदै अमेरिकाले उत्तर कोरियाको आणविक निशस्त्रीकरणलाई वार्ताको पूर्वसर्त नबनाए संवादमा फर्कन सकिने सङ्केत गर्नुभएको थियो ।

दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङको कार्यालयले सोमबार ट्रम्प र किमबीचको ‘मैत्रीपूर्ण सम्बन्ध’ ले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न अमेरिका र दक्षिण कोरियाबीच अर्थपूर्ण संवादको वातावरण बन्ने आशा व्यक्त गरेको थियो । तर दक्षिण कोरियाका रूढीवादीहरूले भने ली सरकारमाथि सुरक्षा चिन्ताभन्दा ट्रम्प–किम कूटनीति पुनः सुरु गर्न प्राथमिकता दिएको आरोप लगाएका छन् ।

Previous Post

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

Next Post

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

metakhabar

metakhabar

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

१ कार्तिक २०८३,
Load More
Next Post
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In