• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

    उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

    किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

    राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

    राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

    काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

    काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार २५४ जनालाई कारबाही

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

    उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

    किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

    राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

    राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

    काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

    काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार २५४ जनालाई कारबाही

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

metakhabar by metakhabar
३ भदौ २०८३,
0
उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने निर्णय सार्वजनिक गरेको भोलिपल्ट उत्तर कोरियाली नेता किम जोङ–उनसँग आफ्नो सम्पर्क पुनः स्थापित भएको सङ्केत गर्नुभएको छ । उहाँले किमले आफूले गरेको पछिल्लो सम्पर्क प्रयासको जवाफ दिएको र दुई नेताबीचको संवाद सकारात्मक रहेको बताउनुभएको हो ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले पहिलो कार्यकालमा तीनपटक भेट्नुभएका किमसँगको सम्बन्धले कोरियाली प्रायद्वीपको अवस्था ‘धेरै सुरक्षित’ बनाएको दाबी गर्नुभयो । दोस्रो कार्यकाल सुरु भएपछि भने उहाँहरूको प्रत्यक्ष भेट भएको छैन ।

गत वर्ष दोस्रोपटक राष्ट्रपति पद सम्हालेपछि किमसँग कुराकानीका लागि आफूले गरेको अनुरोधको जवाफ नआएको हो कि भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्पले पत्रकारहरूलाई ‘तपाईंलाई कसरी थाहा छ कि उहाँले प्रतिक्रिया दिनुभएको छैन ?” भनेर प्रतिप्रश्न गर्नुभयो । किमले वास्तवमै जवाफ दिएको हो कि होइन भन्ने प्रश्नमा उहाँले “हो, उहाँले दिनुभएको छ”, भन्नुभयो ।

किमसँगको कुराकानी कुन चरणमा पुगेको छ भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्पले संवाद ‘धेरै सकारात्मक’ रहेको बताउनुभयो । उहाँले सम्पर्कको माध्यम वा सम्भावित वार्ताबारे भने थप विवरण दिनुभएन ।

राष्ट्रपति ट्रम्पले किमको प्रशंसा गर्दै दुई नेताबीचको सम्बन्धले तनाव कम गर्न सहयोग गरेको बताउनुभयो । “म वास्तवमा यसलाई धेरै सुरक्षित बनाउँदैछु । किम जोङ–उनले मलाई सधैँ निकै सम्मानका साथ व्यवहार गर्नुभएको छ । म उहाँलाई बुझ्छु र उहाँले मलाई बुझ्नुहुन्छ”, उहाँले भन्नुभयो ।

यसअघि आइतबार राति राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल खातामार्फत दक्षिण कोरियासँग हुने संयुक्त सैन्य अभ्यासप्रति असन्तुष्टि जनाउँदै पेन्टागनलाई अभ्यास फिर्ता लिन आदेश दिएको घोषणा गर्नुभएको थियो । उहाँले अभ्यासलाई ‘अनुचित र शत्रुतापूर्ण’ भन्दै दक्षिण कोरियाले इरानविरुद्धको अमेरिका–इजरायल युद्धमा सहयोग गर्न अस्वीकार गरेको विषयसँग पनि निर्णयलाई जोड्नुभएको थियो ।

दक्षिण कोरियामा करिब ३९ हजार अमेरिकी सैनिक रहेको उल्लेख गर्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाबाट दक्षिण कोरियालाई सुरक्षा दिइरहेको अवस्थामा इरानमा अमेरिकालाई सहयोग गर्न नसक्नु आश्चर्यजनक भएको बताउनुभयो । उहाँले इरानविरुद्धको सैन्य कारबाहीमा सहयोग नगर्ने दक्षिण कोरिया र नाटोका अन्य सहयोगी मुलुकप्रति पनि अमेरिकी समर्थनमाथि प्रश्न उठाउनुभएको छ ।

“हामी वरिपरि गएर यी सबै देशको रक्षा गर्न सक्दैनौँ, विशेष गरी उनीहरू हामीलाई सहयोग गर्न त्यहाँ नहुँदा”, राष्ट्रपति ट्रम्पले भन्नुभयो ।

दक्षिण कोरियाली अधिकारीहरूले भने निर्धारित कार्यक्रमअनुसार सैन्य अभ्यास सुरु भएको र वासिङ्टनसँगको समन्वय कायम रहेको बताएका छन् । राष्ट्रपति ली जे म्युङको कार्यालयले मङ्गलबार अभ्यासको उद्देश्य उत्तर कोरियामाथि आक्रमण गर्नु वा कोरियाली प्रायद्वीपमा तनाव बढाउनु नभएको स्पष्ट पारेको छ ।

राष्ट्रपति लीले अभ्यासको मूल उद्देश्य कुनै विशेष पक्षलाई शत्रुका रूपमा व्यवहार गर्नु नभई दक्षिण कोरियाली जनताको सुरक्षित र शान्तिपूर्ण दैनिक जीवन सुनिश्चित गर्नु रहेको बताउनुभएको उहाँको कार्यालयले जनाएको छ ।

उत्तर कोरियाले पछिल्लो अभ्यासबारे सार्वजनिक प्रतिक्रिया दिएको छैन । यद्यपि प्योङयाङले दक्षिण कोरिया र अमेरिकाबीच नियमित रूपमा हुने संयुक्त सैन्य अभ्यासलाई लामो समयदेखि आफूविरुद्धको आक्रमणको तयारीका रूपमा आलोचना गर्दै आएको छ ।

एघार दिनसम्म सञ्चालन हुने उल्ची फ्रिडम सिल्ड अभ्यास उत्तर कोरियासँग सम्भावित युद्धका लागि अमेरिकी तथा दक्षिण कोरियाली सेनाको संयुक्त तयारी र क्षमताको परीक्षण गर्न आयोजना गरिएको हो । अमेरिका–दक्षिण कोरिया संयुक्त सेनाको कमान्डका प्रवक्ता कर्नेल रायन डोनाल्डले अभ्यासमा युक्रेनविरुद्धको युद्धमा रुसका पक्षमा तैनाथ उत्तर कोरियाली सेनासँग सम्भावित भिडन्तको अवस्थासमेत अभ्यास गरिने बताउनुभएको छ ।

सियोलको राष्ट्रपति कार्यालयले अभ्यासका क्रममा वासिङ्टनसँग ‘घनिष्ठ समन्वय’ भइरहेको जनाएको छ ।

अमेरिकाले दक्षिण कोरियाको सुरक्षाका लागि करिब २८ हजार ५०० सैनिक तैनाथ गरेको छ । सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध शान्ति सम्झौतामा नभई युद्धविराममा समाप्त भएपछि दक्षिण कोरियामा अमेरिकी सैन्य उपस्थिति निरन्तर रहँदै आएको हो ।

तर राष्ट्रपति ट्रम्पले परम्परागत अमेरिकी गठबन्धन र सहयोगी मुलुकप्रति बारम्बार व्यक्त गर्दै आउनुभएको आलोचनाले पूर्वी एसियामा अमेरिकी सुरक्षा प्रतिबद्धतामाथि पुनः प्रश्न उठाएको छ । सैन्य अभ्यास र अमेरिकी सैनिक उपस्थितिमा सम्भावित परिवर्तनले दक्षिण कोरिया मात्र नभई जापानलगायत क्षेत्रका उनय सहयोगी मुलुकमा समेत सुरक्षा चिन्ता बढाउन सक्ने देखिएको छ ।

प्रशान्त क्षेत्रमा सञ्चालित अमेरिकी विमानवाहकमध्ये युएसएस जर्ज वासिङ्टनलाई लामो समयदेखि तैनाथ युएसएस अब्राहम लिङ्कनलाई राहत दिन मध्यपूर्वतर्फ पुनः तैनाथ गरिएको छ । युएसएस लिङ्कनमा मानसिक स्वास्थ्य तथा आपूर्ति व्यवस्थासम्बन्धी समस्याबारे पनि चिन्ता व्यक्त गरिएको छ ।

सैन्य मामिलासम्बन्धी अमेरिकी सिनेटका वरिष्ठ डेमोक्रेट तथा सशस्त्र सेवा समितिका सदस्य ज्याक रिडले अभ्यास घटाउने राष्ट्रपति ट्रम्पको आदेशको आलोचना गर्दै चीन र रुसले अमेरिकी राष्ट्रपतिले आफ्ना सहयोगीलाई कति सहज रूपमा त्याग्न सक्नुहुन्छ भनेर हेरिरहेको बताउनुभएको छ । उहाँले निर्णयलाई ‘मूर्खतापूर्ण र अव्यवस्थित’ भन्नुभएको छ ।

यसबीच किमसँग पुनः सम्पर्क स्थापित भएको राष्ट्रपति ट्रम्पको सङ्केतले वासिङ्टन र प्योङयाङबीच सम्भावित वार्ताका लागि नयाँ बाटो खुल्न सक्ने देखिएको छ । यद्यपि किमको सार्वजनिक प्रतिक्रिया नआएकाले दुई देशबीचको संवाद तत्काल वार्ताको तहमा पुग्ने वा नपुग्ने स्पष्ट भइसकेको छैन ।

Previous Post

राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

Next Post

गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

metakhabar

metakhabar

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आर्थिक

गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

३ भदौ २०८३,
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो
आवाज

राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

३ भदौ २०८३,
काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य
समाचार

काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

३ भदौ २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार २५४ जनालाई कारबाही

३ भदौ २०८३,
पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द
फिचर-ब्यानर

पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

३ भदौ २०८३,
मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
समाचार

मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

३ भदौ २०८३,
Load More
Next Post
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In