यौन सम्बन्धमा बाधा हुने किसिमको कमजोरीलाई यौन दुर्बलता भनिन्छ ।
घरेलु उपचार
– नियमित रुपमा मेथीको सेवन गर्नाले यौन क्षमतामा वृद्धि हुन्छ ।
– घामले पनि यौनशक्ति बढाउन भियाग्राको जत्तिकै काम गर्ने हुँदा बिहानको घाममा दिनहुँ निस्कनुपर्छ ।
– दुई गिलास दूधलाई राम्रोसँग पकाएर एक गिलासजति भएपछि त्यसमा एक चम्चा घिउ र २०–२५ ज्रामजति मिस्री मिलाएर राति सुत्ने बेलामा पिउनाले यौनशक्ति बढ्छ ।
– दिनहुँ एक–दुईवटा अन्डा उसिनेर खाने गरेमा पनि यौनशक्ति बढ्छ ।
– दैनिक चार–पाँचवटा सखरखण्ड उसिने या पोलेर खाने गर्नाले पनि यौन दुर्बलता सजिलै हटेर जान्छ ।
– भुटेको बदाम दैनिक २० देखि ३० ग्रामसम्म नियमित खाने गरेमा पनि प्रशस्त मात्रामा यौनशक्ति बढ्छ ।
– तेलमा तारिएको एक पिस माछा खाने गरेमा पनि यौन दुर्बलता हट्छ ।
– दैनिक रुपमा एक दाना स्याउ, नासपाती र अनार खानाले पनि प्रशस्त मात्रामा यौन क्षमता अभिवृद्धि गर्छ ।
साभारः ‘योगतन्त्र’ पुस्तकबाट













