• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति

metakhabar by metakhabar
२७ साउन २०८३,
0
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति

default

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी।म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा ८९ प्रतिशत भौतिक प्रगति भएको छ।

मालिका गाउँपालिका–७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ अम्बाङ जोड्ने २५ किलोमिटर लामो प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि सन् २०२१ डिसेम्बर ३१ मा रु तीन अर्ब ५७ करोडमा लार्सन एन्ड टर्वो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो।

पहिलो पटक सन् २०२५ जुलाई १६ र दोस्रो पटक नोभेम्बर १६ सम्म म्याद सकिएपछि २०२६ अगस्त १६ सम्मका लागि तेस्रो पटक म्याद थप गरिएको थियो।

आयोजनाका सहायक प्रबन्धक इन्जिनियर सुरज गुरुङका अनुसार तेस्रो पटक थपिएको म्यादभित्र पनि निर्माण सम्पन्न हुने अवस्था देखिएको छैन।

वन क्षेत्रमा रूख कटान आदेश ढिलो प्राप्त हुनु, राहुघाट सबस्टेसन निर्माण स्थलको कमजोर भूगोल तथा विपद्को जोखिम र केही टावर निर्माण स्थलमा स्थानीयको विवादका कारण काम सम्पन्न हुन अझै चारदेखि पाँच महिना लाग्ने देखिएको छ।

नेपाल विद्युत् प्राधिकरणले म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रणालीमा जोड्न यो प्रसारण लाइन निर्माण गरिरहेको हो।

१३२ केभी क्षमताको यस डबल सर्किट प्रसारण लाइनका कुल ८२ वटा टावरमध्ये हालसम्म ८० वटाको जग निर्माण र ७२ वटा टावर खडा भइसकेका छन्। साथै २५ किलोमिटरमध्ये १२ दशमलव एक किलोमिटर क्षेत्रमा तार तान्ने काम सकिएको छ।

डाडाखेत सबस्टेसनको भौतिक निर्माण सकिएर हाल परीक्षणको काम भइरहेको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिए। कुल ५१ रोपनी क्षेत्रफलमा बनेको डाडाखेत सबस्टेसनमा १३३/३३ केभी, ३० एमभिए क्षमताका उपकरण जडान भइरहेका छन्।

यस्तै, जिआइएस प्रविधिको राहुघाट सबस्टेसन (२२०/१३२/३३ केभी, २०० एमभिए क्षमता) मा उपकरण राख्ने र कार्यालय भवन निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ।

कुल रु चार अर्ब ८८ करोड लागत अनुमान गरिएको यस आयोजनामा विद्युत् प्राधिकरणको रु एक अर्ब पाँच करोड र एसियाली विकास बैङ्कको रु तीन अर्ब ८२ करोड (३१ मिलियन डलर) ऋण लगानी रहेको छ।

प्रसारण लाइनको मार्गाधिकारमा पर्ने २५ दशमलव ६२ हेक्टर वन क्षेत्रका तीन हजार ९३६ वटा रूख कटानका लागि गत जेठ महिनाको पहिलो साता मात्र डिभिजन वन कार्यालयबाट आदेश प्राप्त भएको थियो।

यो प्रसारण लाइन निर्माण सम्पन्न भएपछि म्याग्दी नदी र राहुघाट क्षेत्रमा निर्माण सम्पन्न भएका तथा निर्माणाधीन अवस्थामा रहेका विभिन्न जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् केन्द्रीय प्रणालीमा सहज रूपमा आबद्ध हुनेछ।

Previous Post

शिक्षा, स्वास्थ्य र कृषिका ८ परियोजनामा भारतको ८० करोड सहयोग

Next Post

कनकाईका ९७ जनाले लिए भूमिसम्बन्धी सेवा

metakhabar

metakhabar

सम्बन्धित खबर

विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै
अन्तर्राष्ट्रिय

विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

२८ साउन २०८३,
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आर्थिक

भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

२८ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

२८ साउन २०८३,
ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार
समाचार

ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

२८ साउन २०८३,
आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन
समाचार

आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

२८ साउन २०८३,
सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम
समाचार

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

२८ साउन २०८३,
Load More
Next Post
कनकाईका ९७ जनाले लिए भूमिसम्बन्धी सेवा

कनकाईका ९७ जनाले लिए भूमिसम्बन्धी सेवा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In