• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    माउन्ट ब्रोमोमा डढेलो फैलिएपछि इन्डोनेसियामा आगलागी नियन्त्रण प्रयास तीव्र

    माउन्ट ब्रोमोमा डढेलो फैलिएपछि इन्डोनेसियामा आगलागी नियन्त्रण प्रयास तीव्र

    कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

    कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

    उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

    उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

    फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

    फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

    पश्चिमी युरोपमा रेकर्ड गर्मी

    पश्चिमी युरोपमा रेकर्ड गर्मी

    उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

    उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२६ साउन २०८३,
0
उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध उल्लङ्घन गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गतिविधि पुनः सुरु गरेको केही दिनपछि दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्। उत्तर कोरियाली सम्भावित खतराविरुद्ध सैन्य तयारी सुदृढ गर्न उनीहरूले अर्को साता वार्षिक अभ्यास सञ्चालन गर्न लागेका हुन्।

‘उल्ची फ्रिडम शिल्ड’ नाम दिइएको उक्त अभ्यास आगामी सोमबारदेखि ११ दिनसम्म सञ्चालन हुने दक्षिण कोरियाली सेनाले जनाएको छ । अभ्यासमा करिब १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी हुने र यसको स्वरूप विगतका वर्षहरूकै जस्तो रहने सेनाका प्रवक्ता जाङ डो–योङले बताउनुभएको छ ।

अमेरिकी सेनाका प्रवक्ता रायन डोनाल्डले हालैका द्वन्द्वबाट प्राप्त अनुभव तथा सम्भावित वास्तविक खतरालाई समेटेर अभ्यास सञ्चालन गरिने बताउनुभएको छ । उहाँका अनुसार अभ्यासले संयुक्त तथा बहुक्षेत्रीय सैन्य कारबाहीमार्फत दक्षिण कोरिया–अमेरिका गठबन्धनको तयारी र क्षमतालाई सुदृढ गर्नेछ ।

उत्तर कोरियाले रुस–युक्रेन युद्धमा आफ्ना सैनिक पठाएको प्रसङ्ग उल्लेख गर्दै डोनाल्डले ती सैनिकले युद्धबाट प्राप्त अनुभव उत्तर कोरिया फर्काएर ल्याएको बताउनुभयो । त्यसबाट उत्तर कोरियाली सैन्य क्षमतामा परिवर्तन आएको र संयुक्त अभ्यासमा त्यसलाई समेत ध्यान दिइने उहाँको भनाइ छ ।

‘उल्ची फ्रिडम शिल्ड’ दक्षिण कोरिया र अमेरिकी सेनाले वार्षिक रूपमा सञ्चालन गर्ने दुई प्रमुख संयुक्त सैन्य अभ्यासमध्ये एक हो । अर्को प्रमुख अभ्यास वसन्त ऋतुमा सञ्चालन गरिन्छ । अमेरिकी सेनाका अनुसार यस अभ्यासमा प्रत्यक्ष, भर्चुअल, कम्प्युटरमा आधारित तथा स्थलगत तालिम समावेश हुन्छ ।
उत्तर कोरियाले भने यसबारे तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । उसले दक्षिण कोरिया र अमेरिकाबीच हुने ठूला सैन्य अभ्यासलाई आफूविरुद्धको आक्रमणको तयारीका रूपमा लिँदै आएको छ । दक्षिण कोरिया र अमेरिकाले भने आफ्ना संयुक्त सैन्य अभ्यास रक्षात्मक प्रकृतिका भएको बताउँदै आएका छन् ।

यसैबीच, दक्षिण कोरिया, अमेरिका र जापानले बिहीबार उत्तर कोरियाबाट छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको पत्ता लगाएका थिए । जुनको अन्त्ययता उत्तर कोरियाले गरेको यो पहिलो ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण भएको बताइएको छ । क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वी तटको समुद्री क्षेत्रमा खसेको थियो ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्तावहरूले उत्तर कोरियालाई ब्यालिस्टिक क्षेप्यास्त्रसम्बन्धी गतिविधि सञ्चालन गर्न प्रतिबन्ध लगाएका छन् । दक्षिण कोरिया र जापानले उक्त प्रक्षेपणको निन्दा गर्दै यसलाई क्षेत्रीय शान्ति र सुरक्षाका लागि खतरा भएको बताएका छन् । अमेरिकी प्यासिफिक कमान्डले पनि अमेरिका आफ्ना मुलुक तथा क्षेत्रीय सहयोगी राष्ट्रको सुरक्षाप्रति प्रतिबद्ध रहेको जनाएको छ ।

सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको उच्चस्तरीय कूटनीतिक प्रयास असफल भएपछि उत्तर कोरियाले आफ्नो आणविक तथा क्षेप्यास्त्र क्षमता विस्तारलाई तीव्रता दिँदै आएको छ ।

दक्षिण कोरिया, अमेरिका तथा अन्य देशहरूले उत्तर कोरियाले रुसलाई सैनिक तथा हतियार सहयोग गरेकोमा चिन्ता व्यक्त गर्दै आएका छन् । रुसबाट प्राप्त सम्भावित सैन्य प्रविधि र युक्रेन युद्धबाट प्राप्त अनुभवले उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रम थप सक्षम बन्न सक्ने विज्ञहरूको आकलन छ ।

Previous Post

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

Next Post

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

metakhabar

metakhabar

सम्बन्धित खबर

माउन्ट ब्रोमोमा डढेलो फैलिएपछि इन्डोनेसियामा आगलागी नियन्त्रण प्रयास तीव्र
अन्तर्राष्ट्रिय

माउन्ट ब्रोमोमा डढेलो फैलिएपछि इन्डोनेसियामा आगलागी नियन्त्रण प्रयास तीव्र

२६ साउन २०८३,
कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न
आर्थिक

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

२६ साउन २०८३,
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै
आर्थिक

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

२६ साउन २०८३,
पश्चिमी युरोपमा रेकर्ड गर्मी
अन्तर्राष्ट्रिय

पश्चिमी युरोपमा रेकर्ड गर्मी

२६ साउन २०८३,
उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति
आर्थिक

उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

२६ साउन २०८३,
सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृमा क्षति : एक जना बेपत्ता ,एक जना घाइते
आर्थिक

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृमा क्षति : एक जना बेपत्ता ,एक जना घाइते

२६ साउन २०८३,
Load More
Next Post
कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In