• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कुष्माण्ड सरोवर त्रिवेणीधाम–धार्मिक पर्यटकीय गन्तव्य

    कुष्माण्ड सरोवर त्रिवेणीधाम–धार्मिक पर्यटकीय गन्तव्य

    व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’

    व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’

    रोपाइँ सकिँदासमेत मलको अभाव, सरकारको ध्यानाकर्षण गराउँदै प्रचण्ड

    रोपाइँ सकिँदासमेत मलको अभाव, सरकारको ध्यानाकर्षण गराउँदै प्रचण्ड

    राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

    प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

    टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

    टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कुष्माण्ड सरोवर त्रिवेणीधाम–धार्मिक पर्यटकीय गन्तव्य

    कुष्माण्ड सरोवर त्रिवेणीधाम–धार्मिक पर्यटकीय गन्तव्य

    व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’

    व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’

    रोपाइँ सकिँदासमेत मलको अभाव, सरकारको ध्यानाकर्षण गराउँदै प्रचण्ड

    रोपाइँ सकिँदासमेत मलको अभाव, सरकारको ध्यानाकर्षण गराउँदै प्रचण्ड

    राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

    प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

    टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

    टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कुष्माण्ड सरोवर त्रिवेणीधाम–धार्मिक पर्यटकीय गन्तव्य

metakhabar by metakhabar
२५ साउन २०८३,
0
कुष्माण्ड सरोवर त्रिवेणीधाम–धार्मिक पर्यटकीय गन्तव्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागमती । हेटौँडास्थित रत्नावती (राप्ती), कर्णावती (कर्रा) र कौषबाहिनी (कुख्रेनी)को त्रिवेणी यतिखेर कुष्माण्ड सरोवर त्रिवेणीधामका रुपमा चासो र चर्चा कमाएको छ । पहिला केबल अन्तिम संस्कारका लागि मात्र आउने गरिएको यो ठाउँ डेढ दशकको अन्तरालमा दिव्यधामका रुपमा परिणत भैसकेको छ ।

छोटो समयमा आमूल परिवर्तन भएको यहाँको विकास र परिवर्तन आज जुनसुकै ठाउँका लागि पनि अनुकरणीय बनेको छ । सत्य युगमा कुष्माण्डा भगवतीले यही ठाउँमा तपस्या गरी विष्णु भगवान्बाट सिद्धी प्राप्त गरेको धार्मिक विश्वास रही आएको कुष्माण्डा भगवती मन्दिरका पुजारी कृष्णप्रसाद बरालले जानकारी दिए ।

पछिल्ला वर्षमा यस तीर्थस्थलमा विभिन्न विशेष चाडपर्व, तिथिमितिका साथै हरेक वर्षको कात्तिक शुक्ल नवमी (कुष्माण्ड नवमी)मा हजारौँ सङ्ख्यामा दर्शनार्थी आउने गरेको उनले बताए । उनका अनुसार हेटौँडा आसपासका दर्शनार्थीसँगै बारा, पर्सा, रौतहट, पोखरा, काठमाडौँ, चितवनलगायतका स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।

कार्तिक शुक्ल नवमीका दिन यहाँ कुभिण्डो दान गरिने बताउँदै उनले केही वर्ष अघिसम्म उक्त दिन झण्डै ७०० सम्म कुभिण्डो चढाउने गरिएको जानकारी दिए । उक्त दिनमा यहाँ आएर कुभिण्डो दान गरेमा पुण्य प्राप्त हुने जनविश्वास रहेको उनले बताए । यो क्षेत्र विगतमा केबल अन्तिम संस्कारका लागि मात्र आउने स्थल रहेकामा पछिल्लो डेढ दशकको निरन्तरको प्रयासले यो दिव्यधाममा परिणत बनेको कुष्माण्ड सरोवर त्रिवेणीधाम व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिए ।

धाम निर्माणका लागि न्यौपानेको निरन्तरको लगाव र समर्पणसँगै स्थानीयवासी र राज्यका विभिन्न तह र निकायको योगदान रही आएको छ । २०४९ सालमा हेटौँडा–९ को वडा सदस्य तथा २०५४ मा वडा अध्यक्षको जिम्मेवारी सम्हालेका न्यौपानेलाई यस ठाउँमा केही काम गर्नुपर्छ भन्ने सोच जागेसँगै उनको निरन्तरको नेतृत्वदायी भूमिकाबाट यो स्थल दिव्यधामका रुपमा परिणत बनेको यहाँका स्थानीयवासी बताउँछन् ।

यो धाम धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यको समेत सङ्गम भएको बताउँदै न्यौपानेले पूर्वाधार विकासका साथै यहाँ धार्मिक महत्वलाई उजागर गरी देशकै प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा विकास गर्ने योजना राखिएको बताए । यस तीर्थस्थलमा आइसकेपछि भक्तजनहरू यहाँ रहेका १०८ वटा गाईको मुखबाट झरिरहेका धारा (गौमुखी धारा) मा स्नान गरेर मात्रै यहाँको अन्य पूजा शुरु गर्दछन् । यो धाम निर्माण हुनुमा त्यस अघिका विभिन्न घटनाक्रमहरू यसको पृष्ठभूमिका रुपमा जोडिएको उनको भनाइ छ ।

उनका अनुसार २०४५ सालमा हेटौँडाको क्याम्पा डाँडामा योगी नरहरिनाथले कोटिहोम लगाउने क्रममा यस स्थानको महत्वबारे चर्चा गरेका थिए । त्यसयता विभिन्न धार्मिक तथा सामाजिक व्यक्तिहरूको सुझाव तथा सल्लाहअनुरुप हाल रहेको स्थान पहिचान गरी २०६७ जेठ ५ गते तत्कालीन पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा माधवप्रसाद भट्टराईबाट यहाँस्थित १०८ गौमुखी धाराको शिलान्यास गरिएको उनले बताए ।

सोही वर्ष कात्तिक २९ गते कार्तिक शुक्ल नवमी (कुष्माण्ड नवमी) का दिन १०८ धारामा पानी ल्याइएको थियो । शुरुमा प्लास्टिकका पाइपको धाराबाट जलप्रवाह गराइएकामा पछि तिनै स्थानमा आकर्षक गौमुख तयार गरी २०६७ माघ १ गतेदेखि गौमुखी धाराबाट जलप्रवाह गराउँदै स्नानको व्यवस्था गराइएको थियो ।

विसं २०६७ असोज २२ गते घटस्थापनाका दिन कुष्माण्ड भगवती स्थापना र नवरात्रि पूजा तथा जमरा राखेर सुरुआत गरिएकोमा २०७० सालमा भगवती मन्दिरको निर्माण कार्य सम्पन्न भएको थियो । यस धामकै कारण यहाँ नदी आसपासको हजार मिटरभन्दा बढी क्षेत्र तटबन्धन भइसकेको छ । यस धाममा हाल शिवालय, यज्ञकुण्ड, नागस्थान, स्वचालित बुद्ध दर्शनस्थल, हेडम्बा नगरीको इतिहास झल्काउने संरचना, सङ्ग्रहालय, फूल बगैँचा, वृत्तचित्र प्रदर्शनस्थल, मनोरेल आदि रहेका छन् ।

त्रिवेणीधामको महिमा स्कन्दपुराणको हिमवत्खण्ड, महाभारतको आदि पर्व र वन पर्व, वराह तथा वायु पुराणहरूमा उल्लेख गरिएको छ । कुष्माण्ड नवमीको दिन यहाँ स्नान गरी कुभिन्डो दान गर्नका लागि हेटौँडालगायत बाहिरका अन्य जिल्लाबाट दर्शनार्थी आउने गर्दछन् । यहाँ १०८ धारामा स्नान गरी कुभिण्डो दान गरेमा पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ ।

द्वापरयुगको अन्त्यतिर पाण्डवहरू गुप्तवास बस्ने क्रममा यही त्रिवेणीमा स्नान गरेको स्कन्द पुराणमा उल्लेख गरिएको छ । अम्वऋष राजाले भगवान् विष्णुको आज्ञाले १०८ धारामा स्नान गरी सन्तान लाभ भएकोलगायत रोग निदान भएको धर्मशास्त्रमा उल्लेख हुनुले पनि यहाँको धार्मिक महत्वलाई अझै उजागर गरेको न्यौपानेको भनाइ छ । यस पौराणिक मान्यताका आधारमा यहाँ हरेक वर्ष मकरमेला लाग्ने गरेको बुढापाका बताउँछन् ।

पाण्डवहरूले स्नान, सन्ध्या, तर्पण, दान आदि गरी देवीदेवताको आराधना गरेको धार्मिक विश्वाससँगै माता कुष्माण्ड भगवतीले तपस्या गरी सिद्धी प्राप्त गरेको आदि धार्मिक मान्यता र विश्वासले पनि यहाँको महिमा र गरिमा अझै चुलिएको हो । २०५०/५१ साल अघिसम्म गाईवस्तु चराउन आउने मानिसहरू पनि यहाँ मसान लाग्ने भन्दै सतर्क भएर आवतजावत गर्ने गर्दथे ।

अभियन्ता न्यौपानेको निरन्तरको लगावसँगै सङ्घ, प्रदेश र स्थानीय तहको सहयोग र दाताहरूको साथ र सहयोगले यो क्षेत्र वर्तमानमा दिव्यधामका रुपमा परिणत भएको हो । पछिल्ला डेढ दशकमा सङ्घ, प्रदेश र स्थानीय तह सबैको साथ र सहयोगमा यस धामको विकासको गति अघि बढेको हेटौँडा उपमहानगरपालिका–९ का वडाध्यक्ष सुकराम केसीले बताए ।

धाम नजिकै रहेको कर्रा खोलामा पुल नहुँदा दर्शनार्थी समस्यामा परिरहेको अवस्थालाई दृष्टिगत गर्दै यसै वर्ष उक्त स्थानमा पुल निर्माण गर्ने गरी तयारी भइरहेको उनले बताए । “यस स्थललाई महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य बनाउने सोचका साथ सबैको साथ र सहयोग एवं सहकार्यमा कामहरू अघि बढेका छन्”, उनले भने ।

पूर्वाधार विकासले पनि आकर्षण बढाउँदै

यस धाममा कलात्मक १०८ गौमुखी धारासँगै निर्मित कुष्माण्ड सरोवरमा बोटिङ, सिसमहल पार्क आदि प्रमुख आकर्षण हुन् । यहाँ हेटौँडाको स्थापनाकालीन इतिहास झल्काउने हेडम्बा नगरीको आकृति निर्माण गरिएको छ । यहाँ हेटौँडा नामकरणसँग प्रत्यक्ष जोडिएको इतिहास बुझाउने गरी पाँच पाण्डवको आकृतिसहित हिडम्बालाई भीमसेनले आक्रमण गरिरहेको कलात्मक स्वरुप निर्माण गरिएको छ ।

त्यस्तै, पार्कको भित्री भागमा अवस्थित सिसमहल यहाँको अर्को आकर्षणको केन्द्र हो । सिसमहलमा पाण्डव दाजुभाईले भगवतीलाई परिक्रमा गरिरहेको देख्न सकिन्छ । पार्क परिसरमा नै रहेको भवनभित्र देशका विभिन्न स्थानमा रहेका मन्दिर तथा त्यहाँका मूर्तिहरू झल्काउने गरी निर्माण गरिएका संरचनाले यहाँ आउने जो कोहीलाई लोभ्याउँछ ।

यहाँभित्र डडेल्धुराको घटोत्कच मन्दिर, मकवापुरको वंशी गोपाल मन्दिर, चुरियामाई, भुटनदेवी, सुनसरीको बराह क्षेत्र, देलखाका भीमसेन, काभ्रेका पलाञ्चोक भगवती, काठमाडौँको दक्षिणकाली, स्वयम्भु बुढानीलकण्ठ, पशुपतिनाथ, लुम्बिनीको मायादेवी, मुस्ताङको मुक्तिनाथ, तनहुँको देवघाट, बाजुराको बडीमालिका, प्युठानको स्वर्गद्वारी, ताप्लेजुङको पाथीभरा, बाराको गढीमाई आदि मन्दिर तथा मूर्तिहरू राखिएको पाइन्छ ।

यसैको भित्री भागमा नेपालको नक्सा बोकेको नेपाल धर्तीमाताको मूर्ति यहाँका प्रमुख आकर्षणहरु हुन् । त्यस्तै, परिसरमा हेटौँडा उत्पत्ति, महत्व, पाँच पाण्डव सन्दर्भको इतिहास समेटेर वृत्तचित्र बनाइएको छ भने बुद्धको स्वचालित आकर्षक मूर्ति राखिएको छ । हेटौँडा उपमहानगरपालिकाको सहयोगमा पार्क क्षेत्रमा बालबालिकाका लागि मनोरेल पनि तयार भइसकेको छ ।

धामको दिगो सञ्चालनलाई लक्षित गरी अक्षयकोष स्थापना गरिएको उनले जानकारी दिए । २०७० माघमा बालसन्त मोहनशरणले दिएको एक हजार १०० रुपैयाँबाट अक्षयकोष स्थापना सुरु गरिएको जानकारी दिँदै उनले त्यसयता हालसम्म कोषमा ५० लाख रुपैयाँ जम्मा भइसकेको जानकारी दिए ।

मन्दिर तथा परिसरको व्यवस्थापनका लागि १० जना कर्मचारी नियमित खटिरहेको र उनीहरूको सेवासुविधा तथा कार्यालयको व्यवस्थापनसमेत गरी मासिक दुई लाख रुपैयाँ खर्च लाग्ने गरेको उनले जानकारी दिए ।

धामभित्र सिसमहल, स्वचालित बुद्धको मूर्ति, नेपाल धर्तीमाताको मूर्तिसहितका विभिन्न मूर्तिहरू अवलोकन गर्नका लागि ६० रुपैयाँ टिकट दस्तुर लिने गरिएको छ । हालै निर्माण सम्पन्न भएको बालबालिकाको विद्युतीय मनोरेलका लागि थप ६० रुपैयाँ टिकट दस्तुर निर्धारण गरिएको छ ।

धामभित्रका विभिन्न पूर्वाधार निर्माणका लागि हालसम्म करिब छ करोड रुपैयाँ खर्च भइसकेको उनले बताए । धामको दिगो सञ्चालनसँगै यहाँ गुरुकुल स्थापना गर्ने सोचसमेत राखिएको उनको भनाइ छ ।

Previous Post

व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’

metakhabar

metakhabar

सम्बन्धित खबर

व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’
कृषि

व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’

२५ साउन २०८३,
रोपाइँ सकिँदासमेत मलको अभाव, सरकारको ध्यानाकर्षण गराउँदै प्रचण्ड
समाचार

रोपाइँ सकिँदासमेत मलको अभाव, सरकारको ध्यानाकर्षण गराउँदै प्रचण्ड

२५ साउन २०८३,
राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
फिचर-ब्यानर

राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

२५ साउन २०८३,
प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
फिचर-ब्यानर

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

२५ साउन २०८३,
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द
अन्तर्राष्ट्रिय

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

२५ साउन २०८३,
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
आवाज

गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता

२५ साउन २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In