• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

    पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

    फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

    फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

    समावेशिता नारामा मात्रै नभई समान पहुँचका रूपमा व्यवहारमै देखिनुपर्छ : उपराष्ट्रपति यादव

    समावेशिता नारामा मात्रै नभई समान पहुँचका रूपमा व्यवहारमै देखिनुपर्छ : उपराष्ट्रपति यादव

    फ्रान्समा डढेलोबाट दोस्रो विश्वयुद्धयताकै ठूलो क्षति, आगो लगाएको आरोपमा ४२० जना पक्राउ

    फ्रान्समा डढेलोबाट दोस्रो विश्वयुद्धयताकै ठूलो क्षति, आगो लगाएको आरोपमा ४२० जना पक्राउ

    भदौदेखि नागरिक संवाद कार्यक्रम सञ्चालन गर्दै रास्वपा

    भदौदेखि नागरिक संवाद कार्यक्रम सञ्चालन गर्दै रास्वपा

    परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ : सभापति थापा

    बालेनबारे गगनको टिप्प्णीः गिरिजाप्रसादले जस्तो जोखिम उठाउनुपर्थ्यो, तपार्ईंले मेसो पाउनुभएन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२४ साउन २०८३,
0
समावेशिता नारामा मात्रै नभई समान पहुँचका रूपमा व्यवहारमै देखिनुपर्छ : उपराष्ट्रपति यादव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उपराष्ट्रपति रामसहायप्रसाद यादवले समावेशिता नारामा सीमित नभई राज्यका नीति, योजना, स्रोत र साधनमा समान पहुँचका रूपमा व्यवहारमै देखिनुपर्ने बताएका छन् ।

आईतबार काठमाण्डुको टुँडिखेलमा ३२औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले आदिवासी जनजातिसहित उपेक्षित, उत्पीडित तथा सीमान्तकृत समुदायको अधिकार र प्रतिनिधित्वलाई अझ प्रभावकारीरूपमा सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

शिक्षा, रोजगारी तथा राज्य सञ्चालन र निर्णय प्रक्रियाका हरेक तहमा आदिवासी जनजातिसहित सबै समुदायको समानुपातिक प्रतिनिधित्वलाई थप सुदृढ गर्दै लैजानुपर्ने बताए ।

उनले भने, ‘समावेशीता केवल नारामा सीमित नरही राज्यका नीति, योजना, स्रोत र साधनमा समान पहुँचको देखिनुपर्छ । शिक्षा, रोजगारी तथा निर्णय प्रक्रियाका हरेक तहमा आदिवासी जनजाति लगायत सम्पूर्ण उपेक्षित, उत्पीडित र सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्वलाई अझ सुदृढ गर्दै लैजानुपर्छ ।’

उपराष्ट्रपति यादवले आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षणमा नयाँ पुस्ताको भूमिका महत्वपूर्ण रहेको बताए ।

युवा पुस्तालाई आफ्नै परम्परा र संस्कृतिप्रति जिम्मेवार बनाउन आदिवासी जनजाति महासंघलगायत सम्बन्धित संस्थाले थप अग्रसरता लिनुपर्ने उनको भनाइ छ ।

नेपालको संविधानले आदिवासी जनजातिसहित सम्पूर्ण उपेक्षित, उत्पीडित र सीमान्तकृत समुदायका अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले संवैधानिक व्यवस्थाको व्यावहारिक कार्यान्वयनमा जोड दिए ।

संविधानले सुनिश्चित गरेका अधिकार कागजमा मात्र सीमित नराखी राज्यका नीति तथा कार्यक्रममार्फत व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उनले बताए । अधिकारको प्रभावकारी कार्यान्वयनले मात्रै राज्यप्रतिको विश्वास थप बलियो हुने धारणा उनले राखे ।

उपराष्ट्रपति यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्दै अघि बढ्न सके मुलुकले हरेक क्षेत्रमा सकारात्मक फड्को मार्न सक्ने बताए । संघीयताको मर्मअनुसार राज्यका सबै तहमा समावेशी प्रतिनिधित्व र समान अवसर सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘आजको सन्दर्भमा युवा पुस्तालाई आफ्नै परम्परा र संस्कृतिप्रति जिम्मेवार बनाउन महासंघले अग्रसरता लिनु आवश्यक छ । संविधानले आदिवासी जनजाति लगायत सम्पूर्ण उपेक्षित उत्पीडित र सिमान्तकृत समुदायका अधिकारलाई सुनिश्चित गरेकोले यसको व्यावहारिक कार्यानवयन आजको आवश्यकता हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्दै अघि बढ्न सके मुलुकले हरेक क्षेत्रमा सकारात्मक फड्को मार्न सक्छ ।’

Previous Post

फ्रान्समा डढेलोबाट दोस्रो विश्वयुद्धयताकै ठूलो क्षति, आगो लगाएको आरोपमा ४२० जना पक्राउ

Next Post

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर
आर्थिक

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

२४ साउन २०८३,
फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल
समाचार

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

२४ साउन २०८३,
फ्रान्समा डढेलोबाट दोस्रो विश्वयुद्धयताकै ठूलो क्षति, आगो लगाएको आरोपमा ४२० जना पक्राउ
फिचर-ब्यानर

फ्रान्समा डढेलोबाट दोस्रो विश्वयुद्धयताकै ठूलो क्षति, आगो लगाएको आरोपमा ४२० जना पक्राउ

२४ साउन २०८३,
भदौदेखि नागरिक संवाद कार्यक्रम सञ्चालन गर्दै रास्वपा
फिचर-ब्यानर

भदौदेखि नागरिक संवाद कार्यक्रम सञ्चालन गर्दै रास्वपा

२४ साउन २०८३,
परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ : सभापति थापा
फिचर-ब्यानर

बालेनबारे गगनको टिप्प्णीः गिरिजाप्रसादले जस्तो जोखिम उठाउनुपर्थ्यो, तपार्ईंले मेसो पाउनुभएन

२४ साउन २०८३,
सैनिक कल्याणकारी कोषः शिक्षा, स्वास्थ्यदेखि आत्मनिर्भरसम्मको सहारा
आर्थिक

सैनिक कल्याणकारी कोषः शिक्षा, स्वास्थ्यदेखि आत्मनिर्भरसम्मको सहारा

२४ साउन २०८३,
Load More
Next Post
फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In