• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनी–जोमसोम सडक रातिमा बन्द

    बेनी–जोमसोम सडक रातिमा बन्द

    ‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

    ‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

    अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२० साउन २०८३,
0
अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर। कञ्चनपुरमा भन्सार छलेर अवैध रूपमा इलेक्ट्रिक स्कुटर आयात बढेपछि स्थानीय प्रशासनले कडाइ गरेको छ ।

पछिल्लो एक महिनामा मात्र भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइएका तथा दर्ता नगरी सञ्चालनमा रहेका १२ वटा इलेक्ट्रिक स्कुटर प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको छ ।

खुला सीमा नाका रहेको कञ्चनपुरका विभिन्न स्थानबाट नयाँ इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने क्रम बढेको छ ।

कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टले भन्सार छल्ने उद्देश्यले स्कुटर आयात गर्नु प्रचलित कानुनविपरीत भएकाले त्यसको नियन्त्रणमा प्रहरी सक्रिय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ बुझाइएका स्कुटर कानुनी प्रक्रिया पूरा गरेर लिलाम गरिनेछ । नयाँ स्कुटर अवैध रूपमा भित्रिन नदिन प्रहरी प्रशासनको सहयोगमा सक्रियता बढाइएको छ ।

यस्तै, भित्रिएका स्कुटरको दर्तालगायत विषयमा प्रशासनिक तहमा छलफल गरी समाधान खोजिनेछ ।” उहाँका अनुसार पछिल्लो १० वर्षमा कञ्चनपुरमा करिब पाँच हजार इलेक्ट्रिक स्कुटर आयात भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले अवैध रूपमा आयात गरिएका इलेक्ट्रिक स्कुटरमाथि कडाइ गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “भन्सार छलेर ल्याइएका तथा दर्ता नगरी चलाइएका स्कुटरका कारण दुर्घटनाको जोखिम बढेको छ । सबै इलेक्ट्रिक स्कुटरलाई दर्ता प्रक्रियामा ल्याएर सञ्चालन गर्ने व्यवस्था मिलाइँदैछ ।”

नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनको बिक्री बढ्दो क्रममा छ तर कञ्चनपुरमा भारतीय बजारबाट खरिद गरी भन्सार नतिरी भित्र्याइएका तथा दर्ता नगरी सञ्चालन गरिएका स्कुटर बढ्दै गएपछि यसको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । लाखौँ रुपैयाँ मूल्य पर्ने यस्ता स्कुटर अवैध रूपमा भित्र्याई दर्ताविना सञ्चालन गर्ने क्रम बढेपछि स्थानीय प्रशासनले निगरानीलाई थप प्रभावकारी बनाएको छ ।

Previous Post

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

Next Post

बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

बेनी–जोमसोम सडक रातिमा बन्द
समाचार

बेनी–जोमसोम सडक रातिमा बन्द

२० साउन २०८३,
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै
फिचर-ब्यानर

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

२० साउन २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

२० साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

२० साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२० साउन २०८३,
युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण
अन्तर्राष्ट्रिय

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

१९ साउन २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In