• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

metakhabar by metakhabar
१८ साउन २०८३,
0
सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३/८४ मा विनियोजन गरिएको तीन करोड ५० लाख रुपैयाँ अनुदान वितरणका लागि तयार पारिएको कार्यविधिको मस्यौदामाथि सरोकारवालासँग छलफल गरेको छ।

सूचना तथा सञ्चार मन्त्रालयमा सोमबार आयोजित अन्तरक्रियामा चलचित्र निर्माता, निर्देशक, कलाकार, चलचित्रसम्बन्धी संस्थाका प्रतिनिधि तथा विज्ञहरूको सहभागिता रहेको थियो। ‘सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रमसम्बन्धी कार्यविधि, २०८३’ लाई प्रभावकारी, पारदर्शी र कार्यान्वयनयोग्य बनाउने उद्देश्यले सुझाव संकलन गरिएको मन्त्रालयले जनाएको छ।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको विकासका लागि अनुदान वितरण प्रक्रिया स्पष्ट, व्यवहारिक र पारदर्शी हुनुपर्ने बताए। उनले सार्वजनिक स्रोतबाट उपलब्ध गराइने अनुदानको सदुपयोग सुनिश्चित गर्न कार्यविधिमा स्पष्ट मापदण्ड र जवाफदेहिता आवश्यक रहेको उल्लेख गरे।

मन्त्री तिमिल्सिनाले सांस्कृतिक, ऐतिहासिक, राष्ट्रिय पहिचान तथा सामाजिक यथार्थ झल्काउने मौलिक चलचित्र निर्माणलाई सरकारले प्राथमिकता दिने स्पष्ट पार्दै नागरिकको करबाट संकलित रकमको उपयोग देश, समाज र जनताका लागि परिणाममुखी हुनुपर्ने बताए।

छलफलका क्रममा चलचित्रकर्मीहरूले सरकारको अनुदान नीति सकारात्मक रहेको प्रतिक्रिया दिँदै वितरण प्रक्रिया निष्पक्ष, पारदर्शी र मापदण्डमा आधारित हुनुपर्नेमा जोड दिए। उनीहरूले अनुदानको उद्देश्य, छनोटका आधार, योग्य र अयोग्य चलचित्रको स्पष्ट मापदण्ड तथा मूल्याङ्कन प्रणाली कार्यविधिमै समावेश गर्न सुझाव दिएका छन्।

सहभागीहरूले नयाँ तथा उदीयमान चलचित्रकर्मीलाई विशेष प्राथमिकता दिनुपर्ने, साथै पर्यटन प्रवर्द्धन, नेपाली कला–संस्कृतिको संरक्षण, राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायका विषय समेटिएका चलचित्रलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखेका छन्।

चलचित्रको गुणस्तर, सामाजिक प्रभाव तथा सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्न प्रभावकारी अनुगमन र मूल्याङ्कन प्रणाली पनि कार्यविधिमा समावेश गर्नुपर्ने सुझाव सहभागीहरूले दिएका छन्।

सूचना तथा सञ्चार मन्त्रालयका अनुसार सरोकारवालाबाट प्राप्त सुझाव समेटेर कार्यविधिलाई अन्तिम रूप दिइनेछ। कार्यविधि स्वीकृत भएपछि चालु आर्थिक वर्षका लागि विनियोजित तीन करोड ५० लाख रुपैयाँ सांस्कृतिक तथा राष्ट्रिय महत्वका उत्कृष्ट चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदानका रूपमा वितरण गरिनेछ।

Previous Post

‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

Next Post

इबोलाले बढायो गर्भवतीको जोखिम

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

४ अशोज २०८३,
रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
आवाज

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै

४ अशोज २०८३,
बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
समाचार

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

४ अशोज २०८३,
बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार
समाचार

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

४ अशोज २०८३,
संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
समाचार

संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

४ अशोज २०८३,
भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
आर्थिक

भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

४ अशोज २०८३,
Load More
Next Post
इबोलाले बढायो गर्भवतीको जोखिम

इबोलाले बढायो गर्भवतीको जोखिम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In