• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

    एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इबोलाले बढायो गर्भवतीको जोखिम

metakhabar by metakhabar
१८ साउन २०८३,
0
इबोलाले बढायो गर्भवतीको जोखिम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पूर्वी कङ्गोमा फैलिएको इबोला प्रकोपका कारण गर्भवतीहरूले स्वास्थ्य संस्थामा जान छोडेपछि मातृ मृत्युदर तीव्र रूपमा बढेको छ । स्वास्थ्य अधिकारीहरूले इबोलाको प्रत्यक्ष प्रभावसँगै गलत सूचना, डर र कमजोर स्वास्थ्य सेवाका कारण अर्को गम्भीर मानवीय सङ्कट सिर्जना भएको चेतावनी दिएका छन् ।

इटुरी प्रान्तको राजधानी बुनियाकी २६ वर्षीया गर्भवती एस्थर लुटुलाले ज्वरो आएमा इबोला सङ्क्रमित ठहरिएर एकान्तवासमा राखिने डरले प्रसवपूर्व स्वास्थ्य परीक्षण नै बन्द गर्नुभएको छ । “रोग कम भएपछि मात्रै अस्पताल जाने सोचमा छु”, उहाँले भन्नुभयो । स्वास्थ्यकर्मीहरूका अनुसार यस्तो धारणा अहिले धेरै गर्भवतीमा देखिएको छ ।

संयुक्त राष्ट्र जनसङ्ख्या कोष (युएनएफपिए) का कङ्गोस्थित उप–देश प्रतिनिधि नोएमी डाल्मोन्टेका अनुसार प्रकोप घोषणा हुनुअघि इटुरीमा प्रसूति जटिलताका कारण सातामा औसत ३.१ जना महिलाको मृत्यु हुने गरेकोमा मे २५ देखि जुलाई १९ सम्म यो सङ्ख्या बढेर ५.८ पुगेको छ । स्वास्थ्य संस्थाबाहिर हुने मातृ मृत्यु पनि सोही अवधिमा ९.१ प्रतिशतबाट १७.४ प्रतिशत पुगेको युएनएफपिएको तथ्याङ्कले देखाएको छ ।

मे १५ मा इटुरीमा इबोला प्रकोप घोषणा भएयता कङ्गोले इतिहासकै तीव्र गतिमा फैलिएको प्रकोपको सामना गरिरहेको छ । हालसम्म एक हजार ५०० भन्दा बढी जनाको मृत्यु पुष्टि भइसकेको छ । यसबीच गर्भवतीहरू अस्पताल नपुग्दा देशको पहिले नै उच्च रहेको मातृ मृत्युदर झन् बढ्ने चिन्ता व्यक्त गरिएको छ ।

डाल्मोन्टेले इबोलाबारे फैलिएका अफवाह र गलत सूचनाले मानिसहरूमा असाधारण त्रास सिर्जना गरेको बताउनुभयो । कतिपयले इबोला अस्तित्वमै नरहेको दाबी गर्ने गरेका छन् भने कतिपयले अस्पताल पुगेपछि सामान्य ज्वरोलाई पनि इबोला भन्दै जबर्जस्ती एकान्तवासमा राखिने विश्वास गरेका छन् ।

विश्वमै बच्चा जन्माउन सबैभन्दा जोखिमपूर्ण मुलुकमध्ये कङ्गो एक हो । संयुक्त राष्ट्रसङ्घका पछिल्ला तथ्याङ्कअनुसार सन् २०२३ मा गर्भावस्थासम्बन्धी जटिलताका कारण कम्तीमा १९ हजार महिलाको मृत्यु भएको थियो । यो सङ्ख्या नाइजेरियापछि विश्वकै दोस्रो ठूलो हो । कङ्गोमा एक महिलाले औसतमा छ सन्तान जन्माउने गर्छिन् ।

बुनियास्थित बेनेडिक्ट क्लिनिकका चिकित्सा निर्देशक डा. सोनी म्वेम्बोका अनुसार प्रकोपअघि हरेक महिना करिब ६० जना गर्भवती प्रसवपूर्व परीक्षणका लागि आउने गरेकामा अहिले त्यो सङ्ख्या घटेर करिब १० मा सीमित भएको छ । बुनियाकी गर्भवती एलोडी याबिरीले बिरामी भएर अस्पताल पुग्नेबित्तिकै इबोला भन्दै एकान्तवासमा राखिने डरका कारण आफू सकेसम्म अस्पताल नगएको बताउनुभयो ।

इबोलाको हाल फैलिएको प्रकारका लागि स्वीकृत उपचार वा खोप उपलब्ध छैन । यसका साथै उपचार केन्द्रमाथि भएका आक्रमण, सुरक्षाको चुनौती र स्वास्थ्यकर्मीको अभावले सेवा प्रवाह थप प्रभावित भएको छ ।

सहायता संस्थाहरूका अनुसार प्रभावित पाँच प्रान्तका स्वास्थ्य संस्थाले कर्मचारी र स्रोतसाधन इबोला नियन्त्रणमा केन्द्रित गरेपछि मातृ स्वास्थ्य सेवा कमजोर बनेको छ । हालसम्म कम्तीमा ४४ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ भने धेरै स्वास्थ्यकर्मीले तलब नपाएको विरोधमा काम छोडेका छन् । प्रकोप घोषणा भएयता स्वास्थ्य संस्था र स्वास्थ्य टोलीमाथि कम्तीमा १२ वटा आक्रमण पनि भएका छन् ।

इटुरीको रुवाम्पारा स्वास्थ्य क्षेत्रका महामारीविद् डा. घिस्लेन मानेबाले सीमित स्रोतसाधन र तलबविहीन अवस्थामै स्वास्थ्यकर्मीहरूले दिनरात जनचेतना फैलाउने र उपचार सेवा जारी राखेको बताउनुभयो ।

विशेषज्ञहरूका अनुसार महिलाहरू बिरामी आफन्तको मुख्य हेरचाहकर्ता हुने र स्वास्थ्य सेवामा अग्रपङ्क्तिमा पनि धेरै महिला कार्यरत रहने भएकाले उनीहरू इबोलाको बढी जोखिममा छन् । इबोला अत्यन्त सङ्क्रामक तथा प्रायः घातक रोग हो । यो रोग बान्ता, रगत, वीर्यलगायत शारीरिक तरल पदार्थ तथा दूषित सामग्रीको सम्पर्कबाट फैलिन्छ ।

युएनएफपिएले गर्भवती महिला र महिला स्वास्थ्यकर्मीलाई इबोलाबाट सुरक्षित रहने उपायबारे सही सूचना उपलब्ध गराउन नसकिए मातृ मृत्युदर अझ बढ्न सक्ने चेतावनी दिएको छ ।

Previous Post

सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

Next Post

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

metakhabar

metakhabar

सम्बन्धित खबर

रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
आवाज

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै

४ अशोज २०८३,
बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
समाचार

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

४ अशोज २०८३,
बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार
समाचार

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

४ अशोज २०८३,
संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
समाचार

संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

४ अशोज २०८३,
भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
आर्थिक

भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

४ अशोज २०८३,
एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक
खेलमैदान

एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

४ अशोज २०८३,
Load More
Next Post
दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In