• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवनमा निर्वाचनको तयारी तीव्र

    चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    बागलुङ र जैमिनी नगरपालिकालाई जोड्ने सडक कालोपत्र

    गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र

    सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग

    सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१२ साउन २०८३,
0
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग मङ्गलबार ह्वाइट हाउसमा छुट्टाछुट्टै उच्चस्तरीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । युक्रेन युद्ध, इरानसँगको तनाव तथा पश्चिम एसियाको सुरक्षा अवस्था यी भेटवार्ताका मुख्य एजेन्डा रहने अपेक्षा गरिएको छ ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार ट्रम्प–जेलेन्स्की भेटवार्ता मुख्य रूपमा रुस–युक्रेनबीच जारी शान्ति प्रक्रियामा केन्द्रित हुनेछ । अधिकारीले अब युद्ध अन्त्य गर्ने समय आएको धारणा व्यक्त गर्नुभएको छ ।

उता, ट्रम्प र नेतान्याहुबीचको वार्तामा इरानसँगको द्वन्द्व, इजरायल–लेबनान वार्ताको प्रगति तथा अब्राहम सम्झौता विस्तारका विषय प्राथमिकतामा रहनेछन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानका केही विषयमा नेतान्याहुसँग सामान्य मतभेद भए पनि दुवै देशबीचको गठबन्धन अत्यन्त निकट रहेको बताउनुभएको छ ।

यसअघि सोमबार नेतान्याहु उच्चस्तरीय वार्ताका लागि वासिङ्टन पुग्नुभएको थियो । प्रस्थानअघि उहाँले इरानबाट उत्पन्न सुरक्षा चुनौती नै आफ्नो भ्रमणको प्रमुख विषय हुने स्पष्ट पार्दै इजरायलको सुरक्षा सुदृढ गर्नु र क्षेत्रीय शान्तिको दायरा विस्तार गर्नु भ्रमणको उद्देश्य रहेको बताउनुभएको थियो ।

यो भेट ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि उहाँ र नेतान्याहुबीच हुने आठौँ आमनेसामने द्विपक्षीय बैठक हो र यो भेटले वासिङ्टन र जेरुसेलमबीचको घनिष्ठ समन्वयलाई थप पुष्टि गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच, ट्रम्पले जेलेन्स्कीले लगाएको रुसले इरानलाई अमेरिकी सैन्य अड्डामाथि आक्रमण गर्न खुफिया सूचना उपलब्ध गराएको आरोपलाई तत्काल स्वीकार गर्न अस्वीकार गर्नुभएको छ । उहाँले त्यस्तो गतिविधि उच्च तहबाट भएको आफूलाई नलागेको बताउँदै आवश्यक परे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यसबारे प्रत्यक्ष सोध्ने जानकारी दिनुभएको छ ।

जेलेन्स्कीले मस्कोले इरानलाई अमेरिकी सैन्य चौकी तथा खाडी क्षेत्रका पूर्वाधारमाथि आक्रमण गर्न स्याटेलाइटमार्फत खुफिया सूचना उपलब्ध गराएको आरोप लगाउनुभएको थियो । उहाँले रुसले आफ्नो सैन्य क्षमता सुदृढ बनाउन उत्तर कोरियाबाट ३० हजार सैनिक परिचालन गर्ने तयारी गरिरहेको दाबी पनि गर्नुभएको छ ।

एयर फोर्स वनमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले इरानको सैन्य क्षमता कमजोर बनाएको दाबी दोहोर्‍याउँदै रुसबाट सहयोग प्राप्त भए पनि त्यसले तेहरानलाई निर्णायक लाभ नदिएको टिप्पणी गर्नुभएको छ । उहाँले जेलेन्स्कीको आरोप सत्य भए–नभएको विषयमा आवश्यक जानकारी सङ्कलन गरिने पनि बताउनुभएको छ ।

ह्वाइट हाउसको भेटवार्तापछि ट्रम्प, जेलेन्स्की र नेतान्याहु वासिङ्टनमा आयोजित अमेरिकी सिनेटर स्वर्गीय लिन्डसे ग्राहमको अन्त्येष्टि कार्यक्रममा पनि सहभागी हुने अपेक्षा गरिएको छ ।

Previous Post

एकैदिन ४२ विपद्का घटना

Next Post

सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग

metakhabar

metakhabar

सम्बन्धित खबर

चितवनमा निर्वाचनको तयारी तीव्र
जीवन शैली

चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

१२ साउन २०८३,
फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित
फिचर-ब्यानर

फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

१२ साउन २०८३,
इरान वार्ताप्रति ट्रम्प आशावादी
अन्तर्राष्ट्रिय

इरान वार्ताप्रति ट्रम्प आशावादी

१२ साउन २०८३,
बागलुङ र जैमिनी नगरपालिकालाई जोड्ने सडक कालोपत्र
आर्थिक

गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र

१२ साउन २०८३,
सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग
समाचार

सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग

१२ साउन २०८३,
एकैदिन ४२ विपद्का घटना
समाचार

एकैदिन ४२ विपद्का घटना

१२ साउन २०८३,
Load More
Next Post
सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग

सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In