• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    गमलैगमलाको सहर भक्तपुर

    गमलैगमलाको सहर भक्तपुर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्टभूमिकाका छ जना उम्मेदवार

    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, पहिलो चरणमा आपत्कालीन सवारी सञ्चालन हुने

metakhabar by metakhabar
११ साउन २०८३,
0
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, पहिलो चरणमा आपत्कालीन सवारी सञ्चालन हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । मुलुककै पहिलो सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सोमबार औपचारिक उद्घाटन गरिएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिकोले नेपालस्थित जापानी राजदूत माएदा तोरुसँग संयुक्त रूपमा सुरुङमार्गको उद्घाटन गरेका हुन्।

सुरुङमार्ग निर्माण आयोजनाका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका आपत्कालीन सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। त्यसपछि परीक्षणको नतिजाका आधारमा अन्य सवारीसाधनलाई क्रमिक रूपमा सञ्चालनको अनुमति दिइनेछ।

आयोजनाले करिब एक सातादेखि १० दिनसम्म अत्यावश्यक सवारीसाधनमार्फत सुरुङमार्गको परीक्षण गर्ने जनाएको छ। परीक्षण अवधिभर ती सवारीसाधनबाट कुनै शुल्क नलिइने र सुरक्षा तथा प्राविधिक परीक्षण सफल भएपछि सर्वसाधारणका सवारीसाधनलाई पनि सञ्चालन अनुमति दिइनेछ।

सुरुङमार्ग प्रयोगबापत सरकारले सवारीको प्रकार र यात्राको दिशाअनुसार फरक–फरक टोल शुल्क निर्धारण गरिसकेको छ। कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तोकिएको छ।

त्यस्तै, मिनीबस तथा मिनी टिपर/ट्रकका लागि प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ, बस तथा सिङ्गल रियर एक्सल ट्रकका लागि प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। मल्टी एक्सल ट्रक तथा भारी उपकरण बोकेका सवारीसाधनका लागि प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिने शुल्क २५० रुपैयाँ तोकिएको छ।

भुक्तानीलाई सहज बनाउन आरएफआईडी प्रविधिमा आधारित ‘एन–ट्याग’ तथा नगद दुवै माध्यमबाट शुल्क तिर्न सकिने व्यवस्था गरिएको छ। दुईपांग्रे, तीनपांग्रे, पैदलयात्री तथा डिजेल, पेट्रोल वा ग्यासजस्ता अत्यधिक प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधनलाई भने सुरुङमार्ग प्रयोग गर्न निषेध गरिएको छ।

जापानको करिब २१ अर्ब ५० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको करिब ६ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको यो सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी युसिन एआरटी जेभीले पाँच वर्षका लागि पाएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा शिलान्यास गरेको यो आयोजना कोभिड–१९ महामारीलगायत विभिन्न कारणले निर्धारित समयभन्दा ढिलो गरी सम्पन्न भएको हो।

Previous Post

नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

Next Post

बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल

metakhabar

metakhabar

सम्बन्धित खबर

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
आर्थिक

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

२१ अशोज २०८३,
गमलैगमलाको सहर भक्तपुर
आर्थिक

गमलैगमलाको सहर भक्तपुर

२१ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

२१ अशोज २०८३,
मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण
आर्थिक

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

२१ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
आवाज

कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्टभूमिकाका छ जना उम्मेदवार

२१ अशोज २०८३,
वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
जीवन शैली

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

२१ अशोज २०८३,
Load More
Next Post
बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल

बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In