• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

    लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

    लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

    तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

    तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पहिरो र बाढीका कारण देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध, केही राजमार्गमा रातिको यात्रा बन्द

metakhabar by metakhabar
११ साउन २०८३,
0
पहिरो र बाढीका कारण देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध, केही राजमार्गमा रातिको यात्रा बन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लगातारको वर्षापछि आएको पहिरो, लेदो र नदी कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले केही सडक पूर्ण रूपमा बन्द भएको तथा केही राजमार्गमा रातिको समयमा मात्र सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ।

त्यस्तै, मकवानपुरको कान्तिलोकपथमा वर्षायामको जोखिमका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

यसबीच, पहिरो र नदी कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं. २ कोदारी क्षेत्रमा माथिबाट पहिरो, ढुंगा र लेदो खसेपछि सडक अवरुद्ध भएको छ।

दोलखाको लामासाँघु–रामेछाप सडकखण्डमा तामाकोशी गाउँपालिका–५ किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात बन्द भएको छ। सो क्षेत्रमा खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।

रसुवाको पासाङ ल्हामु राजमार्गअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गर्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

यस्तै, मुगुको नाग्म–गमगडी सडकखण्ड, रोल्पाको शहीद राजमार्ग, पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा क्षेत्र, म्याग्दीको बेनी–जोमसोम सडक, काभ्रेपलाञ्चोकको बिपी राजमार्गको रोशी गाउँपालिका क्षेत्र, ललितपुरको कान्तिलोकपथ र लमजुङको बेँसीसहर–चामे–मनाङ सडकखण्डमा पनि पहिरोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षाका कारण पहिरो र बाढीको जोखिम अझै कायम रहेकाले अत्यावश्यकबाहेक जोखिमपूर्ण सडकमा यात्रा नगर्न तथा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।

Previous Post

कप्तानगञ्ज झडपमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते

Next Post

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

metakhabar

metakhabar

सम्बन्धित खबर

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
समाचार

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

२५ भदौ २०८३,
लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै
समाचार

लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

२५ भदौ २०८३,
तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र
समाचार

तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

२५ भदौ २०८३,
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
समाचार

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

२५ भदौ २०८३,
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

२५ भदौ २०८३,
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
समाचार

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

२५ भदौ २०८३,
Load More
Next Post
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In