• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन

    नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन

    अनुदानसम्बन्धी कार्यविधि संशोधन, किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने

    अनुदानसम्बन्धी कार्यविधि संशोधन, किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने

    राधेराधेको अलपत्र महल : दुई दशकदेखि १७ तले भवन किन बन्यो अधुरो ?

    राधेराधेको अलपत्र महल : दुई दशकदेखि १७ तले भवन किन बन्यो अधुरो ?

    सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

    सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

    ओलीलाई विष्णुको इग्नोरः ‘पार्टी पुनर्गठन प्रतिवेदन’पछि मात्रै भेट्ने

    ओलीलाई विष्णुको इग्नोरः ‘पार्टी पुनर्गठन प्रतिवेदन’पछि मात्रै भेट्ने

    गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

    गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
९ साउन २०८३,
0
नेपालमा छायांकन अनुमति प्रक्रियामा त्रुटि, विधेयकमै छैन् सम्बोधन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाललाई चलचित्रलगायतका दृश्य छायांकनको उत्कृष्ट गन्तव्य बनाउने सरकारको तयारी भएपनि आधारभूत प्रक्रिया अव्यवहारिक देखिएको छ ।

हालै मुस्ताङको कागबेनीस्थित रमणीय चौरमा सम्पन्न एक जापानी म्यूजिक भिडियो छायांकन अनुमति लिने प्रक्रियामा त्यस्तै त्रुटि भेटिएको हो ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य शाखामा छायांकन अनुमतिका लागि आवेदन दिँदा हाल दुईवटा मात्रै फाराम उपलब्ध हुनुले समस्या सिर्जना गराएको हो ।

मन्त्रालयमा एउटा चलचित्र र डकुमेन्ट्रीका लागि मात्र फाराम उलब्ध छ । मन्त्रालयसँग म्यूजिक भिडियो, वेब सिरिज, विज्ञापन वा अन्य व्यावसायिक छायांकनका लागि छुट्टै विधा वा फारम नहुँदा निर्माण टोली दुविधा र मारमा पर्ने गरेका हुन् ।

पूरानो र अव्यावहारिक प्रक्रियाका कारण पछिल्लो समय मुस्ताङमा छायांकन गरिएको जापानी म्युजिक भिडियोले पनि डकुमेन्ट्री फिल्मका रुपमा अनुमति लिनु परेको थियो । जापानका चर्चित म्यूजिक भिडियो निर्देशक टाकु हिराकोचीले नेपालको अनुमति प्रक्रियाले बाध्यकारी रूपमा डकुमेन्ट्री निर्देशकको परिचय लिनुपरेको अनुभव सुनाएका थिए ।

निर्माण टोलीमा रहेका नेपालीहरुले मन्त्रालयको आधारभूत प्रक्रिया नै अव्यावहारिक हुँदा विदेशी सर्जकहरूमा गलत सन्देश जाने र नेपालको प्रशासनिक प्रक्रियाप्रति प्रश्न उठेको जानकारी गराए ।

उक्त म्यूजिक भिडियोमा दुई जना नेपाली बाल कलाकारले समेत अभिनय गरेका छन् । विदेशी कलाकार र प्राविधिक टोली छायांकन सकेर आफ्नो देश फर्किसकेका छन् ।

हाल छलफलमा रहेको चलचित्रसम्बन्धी नयाँ विधेयकमा समेत यी विधागत वर्गीकरणलाई सम्बोधन गरिएको छैन । चलचित्र वा डकुमेन्ट्रीबाहेकका अन्य विधा (जस्तैः म्युजिक भिडियो, विज्ञापन आदि) लाई कसरी व्यवस्थापन गर्ने भन्ने स्पष्ट नीति नहुँदा विदेशी सर्जकहरू समेत नेपालको यस्तो झन्झटिलो र गलत वर्गीकरणको प्रक्रियामा पर्न बाध्य छन् ।

नेपालमा छायांकन गर्न आउने अन्तर्राष्ट्रिय कलाकारहरूले आफ्नो मौलिक विधाको पहिचान गुमाएर डकुमेन्ट्री निर्देशक बन्नुपर्ने अवस्था सिर्जना भएको हो । म्यूजिक भिडियोलाई डकुमेन्ट्री भनेर अनुमति प्रदान गर्नुलाई मन्त्रालयको विधागत ज्ञानको अभाव र प्रणालीको कमजोरी भएको चलचित्रकर्मीहरुको भनाइ छ ।

Previous Post

अनुदानसम्बन्धी कार्यविधि संशोधन, किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

अनुदानसम्बन्धी कार्यविधि संशोधन, किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने
फिचर-ब्यानर

अनुदानसम्बन्धी कार्यविधि संशोधन, किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने

९ साउन २०८३,
राधेराधेको अलपत्र महल : दुई दशकदेखि १७ तले भवन किन बन्यो अधुरो ?
फिचर-ब्यानर

राधेराधेको अलपत्र महल : दुई दशकदेखि १७ तले भवन किन बन्यो अधुरो ?

९ साउन २०८३,
सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश
फिचर-ब्यानर

सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

९ साउन २०८३,
ओलीलाई विष्णुको इग्नोरः ‘पार्टी पुनर्गठन प्रतिवेदन’पछि मात्रै भेट्ने
फिचर-ब्यानर

ओलीलाई विष्णुको इग्नोरः ‘पार्टी पुनर्गठन प्रतिवेदन’पछि मात्रै भेट्ने

९ साउन २०८३,
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
समाचार

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

९ साउन २०८३,
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
समाचार

बाढी-पहिरोले यी राजमार्गहरू आजपनि अवरुद्ध

९ साउन २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In