• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

    फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

    आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

    आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

    अमेरिका–इरान तनाव उत्कर्षमा

    अमेरिका–इरान तनाव उत्कर्षमा

    वैदेशिक रोजगारीमा जाँदा श्रमिकले चर्को ऋण लिनुपर्ने बाध्यताको अन्त्य गर्दै व्यवहारिक नीति लागु गरिने : मन्त्री यादव

    वैदेशिक रोजगारीमा जाँदा श्रमिकले चर्को ऋण लिनुपर्ने बाध्यताको अन्त्य गर्दै व्यवहारिक नीति लागु गरिने : मन्त्री यादव

    कमजोर सञ्चार माध्यमले बलियो प्रश्न गर्न सक्दैनन्: सञ्चारमन्त्री डा. तिमिल्सिना

    कमजोर सञ्चार माध्यमले बलियो प्रश्न गर्न सक्दैनन्: सञ्चारमन्त्री डा. तिमिल्सिना

    ‘राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुनेछन्’

    ‘राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुनेछन्’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
८ साउन २०८३,
0
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा साझेदारीअन्तर्गत निर्माण गर्न लागिएको आणविक ऊर्जा सञ्चालित पनडुब्बी कार्यक्रमलाई अघि बढाउन थप चार अर्ब ६० करोड अस्ट्रेलियन डलर (करिब तीन अर्ब २० करोड अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ । सरकारका अनुसार उक्त लगानीले देशको दीर्घकालीन पनडुब्बी निर्माण, सञ्चालन, मर्मत तथा व्यवस्थापनका लागि आवश्यक स्वदेशी क्षमता विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।

रक्षामन्त्री रिचर्ड मार्लेसले दक्षिण अस्ट्रेलियास्थित ओसबोर्न शिपयार्डमा गरिएको उक्त अतिरिक्त लगानीले ‘औकस’ सम्झौता योजनाअनुसार नै अघि बढिरहेको स्पष्ट हुने बताउनुभयो । उहाँका अनुसार यो लगानी भविष्यको पनडुब्बी फ्लीट निर्माण र त्यसको दिगो सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा दक्षता विकास गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम हो ।

सन् २०२१ मा सम्पन्न ‘औकस’ सम्झौताअन्तर्गत अस्ट्रेलियाले संयुक्त राज्य अमेरिकाबाट तीनवटा आणविक ऊर्जा सञ्चालित पनडुब्बी प्राप्त गर्ने योजना बनाएको छ । त्यसपछि अस्ट्रेलिया र बेलायतले संयुक्त रूपमा सन् २०४० को दशकमा नयाँ पुस्ताका पनडुब्बी निर्माण गर्ने लक्ष्य राखेका छन् । यो परियोजना अस्ट्रेलियाको इतिहासकै सबैभन्दा महँगो रक्षा कार्यक्रम मानिन्छ ।

यद्यपि संयुक्त राज्य अमेरिका र बेलायतमा पनडुब्बी उत्पादनको गति अपेक्षाभन्दा सुस्त रहेकाले आवश्यक जहाज समयमै उपलब्ध हुने वा नहुने विषयमा पछिल्ला वर्षहरूमा विभिन्न तहबाट प्रश्न उठ्दै आएका छन् ।

यसैबीच, मे महिनामा सार्वजनिक गरिएको संशोधित व्यवस्थाअनुसार अस्ट्रेलियाले पहिले योजना गरिएझैँ दुईवटा प्रयोग गरिएका र एउटा नयाँ पनडुब्बी प्राप्त गर्ने छैन । अब तीनवटै पनडुब्बी अमेरिकी नौसेनाले प्रयोग गरिरहेका सेवामा रहेका जहाजबाट उपलब्ध गराइनेछ । अस्ट्रेलियाली सरकारले यस व्यवस्थालाई अघिल्लो योजनाभन्दा बढी लागत–प्रभावकारी भएको दाबी गरेको छ ।

सरकारी अनुमानअनुसार ‘औकस’ कार्यक्रम कार्यान्वयनका क्रममा आगामी ३० वर्षमा अस्ट्रेलियाले करिब दुई खर्ब ५० अर्ब अमेरिकी डलर खर्च गर्ने अपेक्षा गरिएको छ ।

Previous Post

अमेरिका–इरान तनाव उत्कर्षमा

Next Post

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

metakhabar

metakhabar

सम्बन्धित खबर

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

८ साउन २०८३,
अमेरिका–इरान तनाव उत्कर्षमा
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनाव उत्कर्षमा

८ साउन २०८३,
वैदेशिक रोजगारीमा जाँदा श्रमिकले चर्को ऋण लिनुपर्ने बाध्यताको अन्त्य गर्दै व्यवहारिक नीति लागु गरिने : मन्त्री यादव
समाचार

वैदेशिक रोजगारीमा जाँदा श्रमिकले चर्को ऋण लिनुपर्ने बाध्यताको अन्त्य गर्दै व्यवहारिक नीति लागु गरिने : मन्त्री यादव

८ साउन २०८३,
कमजोर सञ्चार माध्यमले बलियो प्रश्न गर्न सक्दैनन्: सञ्चारमन्त्री डा. तिमिल्सिना
समाचार

कमजोर सञ्चार माध्यमले बलियो प्रश्न गर्न सक्दैनन्: सञ्चारमन्त्री डा. तिमिल्सिना

८ साउन २०८३,
‘राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुनेछन्’
समाचार

‘राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुनेछन्’

८ साउन २०८३,
अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान
समाचार

अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान

८ साउन २०८३,
Load More
Next Post
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In