एक मानिसले गुरु गोविन्दसिंहलाई भने, कुनै कुरामा एउटा कमजोर मानिसले मेरो अपमान ग¥यो तब मैले उसलाई यस्तो पाठ पढाएँ कि अब उसले यो कुरा जिन्दगी भ बिर्सने छैन । गुरुजीले भने, यो तिमीले गलत ग-यौ ।
केही दिनपछि तिनै मानिस फेरि आएर प्रणाम गरेर बोले, गुरुदेव ! आज एउटा पहलमानसँग मेरो झगडा भयो । तर मैले उसको प्रतिकार गरिन चुपचाप त्यहाँबाट आएँ ।
गुरुजीले भने, यो तिमीले धेरै नराम्रो काम ग-यौ ।
त्यो व्यक्तिले आश्चर्य मान्दै सोध्यो, यो के भन्नुभएको गुरुदेव ? पहिला मैले एउटा मानिससँग आफ्नो अपमान सहेर आएको छु तब पनि तपाईं भन्नुहुन्छ गलत भयो । मैले त केही बुझ्न सकिनँ ।
गुरु गोविन्दसिंहले उनलाई स्नेहपूर्वक छेउमा बसाएर भने, वत्स, यदि कुनै दुर्बल मानवले तिम्रो अपमान नै गर्छ भने पनि उसलाई क्षमा देऊ किनकि क्षमा गर्नु नै वीरको काम हो । तर यदि अपमान गर्ने मानिस बलवान छ भने उसलाई अवश्य दण्ड देऊ किनकि यो नै साँचो वीरता हो ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













