• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

    पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

    विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

    विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    बालेनलाई गगनको सुझाव- सचिवालयको भर नपर्नुस्, राष्ट्रसंघको महासभामा तथ्यसहित प्रस्तुत हुनुस्

    भोटेकोशी बाढीपछि आर्थिक सहयोग जुटाउँदै नेपाल, अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह

    भोटेकोशी बाढीपछि आर्थिक सहयोग जुटाउँदै नेपाल, अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह

    भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन

    भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन

    बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न सरकारद्वारा १३ सदस्यीय समिति गठन

    बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न सरकारद्वारा १३ सदस्यीय समिति गठन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री शाह

metakhabar by metakhabar
५ साउन २०८३,
0
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका प्रतिनिधिहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री शाहले व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै काम गर्नेलाई प्रोत्साहन र गल्ती गर्ने विरुद्ध शून्य सहनशीलताको नीति अपनाउने सरकारको नीति रहेको स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्रीसमक्ष सरोकारवाला संस्थाका प्रतिनिधिहरुले बजारको दिगो विकासका लागि कानुनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको बताउनुभयो ।

प्रधानमन्त्री शाहसँगको संवादपछि आफूहरू उत्साहित भएको उल्लेख गर्दै उहाँहरूले प्रारम्भिक सेयर निष्कासन प्रणालीमा सुधार, दोस्रो बजारमा माग र आपूर्तिलाई सन्तुलन कायम राख्न तथा दैनिक कारोबार रकमलाई रु ३० अर्ब पुर्याउने वातावरण मिलाइदिन प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो ।

त्यसैगरी, उहाँहरुले बैंक तथा वित्तीय संस्थामार्फत ‘मार्जिन’ कारोबारसँग सम्बन्धित ‘ब्रोकर’ कम्पनीलाई कर्जा प्रवाह सहज बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक कदम चाल्नुपर्ने खाँचो औँल्याउनुभयो ।

बैंक तथा वित्तीय संस्थाले धितोपत्रमा लगानी गरेपछि कम्तीमा छ महिनासम्म बिक्री गर्न नपाउने विद्यमान व्यवस्था खारेज गर्न तथा सेयर धितो कर्जाको सीमालाई प्राथमिक पुँजीसँग आबद्ध गर्नुको सट्टा कूल कर्जाको पाँच प्रतिशत कायम गर्ने व्यवस्था मिलाइ दिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

अर्थ मन्त्रालयले व्यक्तिगत कारोबारमा हुने नोक्सानीमा कर समायोजनको व्यवस्था गरिदिनुपर्ने, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता ठूला संस्थालाई दोस्रो बजारमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने, नेपाल स्टक एक्सचेन्जको रणनीतिक साझेदारसहित पुनःसंरचना तथा गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानी गर्ने मार्ग प्रशस्त गरिदिन पनि अनुरोध गर्नुभयो ।

सो छलफलमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका प्रतिनिधि सन्दीप जलान, नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, पुँजी बजार समितिका सभापति प्रियराज रेग्मी र लगानीकर्ता अम्बिकाप्रसाद पौडेल सहभागी हुनुहुन्थ्यो ।

नियमनकारी निकायका तर्फबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले सरोकारवालाका सुझावलाई आत्मसात् गर्दै बोर्डले आर्थिक वर्ष २०८३÷८४ को पुँजी बजार नीति तथा नेपालको पुँजी बजार मार्गचित्र २०८३ लागू गरिसकेको जानकारी दिनुभयो ।

नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैंक तथा वित्तीय संस्था, बिमा तथा पुँजी बजार सुधारका लागि आवश्यक ऐनको तर्जुमा तथा संशोधन प्रक्रिया सुरु भइसकेको अवगत गराउनुभयो ।

नेप्सेको पुनःसंरचनाका लागि उपयुक्त ढाँचा तयार गरी अघि बढाइने उल्लेख गर्दै उहाँले धितोपत्र बोर्डद्वारा जारी गरिएका नीतिअनुरूप प्रणालीको विकास गरी धितोपत्र कारोबारलाई थप प्रभावकारी र व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Previous Post

केही स्थानमा भारी वर्षाको सम्भावना

Next Post

कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार
फिचर-ब्यानर

पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

२१ भदौ २०८३,
विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै
फिचर-ब्यानर

विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

२१ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
फिचर-ब्यानर

बालेनलाई गगनको सुझाव- सचिवालयको भर नपर्नुस्, राष्ट्रसंघको महासभामा तथ्यसहित प्रस्तुत हुनुस्

२१ भदौ २०८३,
भोटेकोशी बाढीपछि आर्थिक सहयोग जुटाउँदै नेपाल, अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह
फिचर-ब्यानर

भोटेकोशी बाढीपछि आर्थिक सहयोग जुटाउँदै नेपाल, अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह

२१ भदौ २०८३,
भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन
फिचर-ब्यानर

भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन

२१ भदौ २०८३,
बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न सरकारद्वारा १३ सदस्यीय समिति गठन
फिचर-ब्यानर

बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न सरकारद्वारा १३ सदस्यीय समिति गठन

२१ भदौ २०८३,
Load More
Next Post
कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’

कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In