• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    २९ देशहरुद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

    २९ देशहरुद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

    मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

    मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

    कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

    राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

    भारतको वार्षिक वृद्धि दर ६.५ प्रतिशत

    निजी रकेटसँग अन्तरिक्षमा भारतको नयाँ फड्को

    ‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’

    शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल

    स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था

    औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२ साउन २०८३,
0
भारतको वार्षिक वृद्धि दर ६.५ प्रतिशत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतले पहिलो निजी रूपमा विकसित कक्षीय–श्रेणीको रकेट प्रक्षेपणको तयारी गर्दै आफ्नो अन्तरिक्ष कार्यक्रमलाई नयाँ चरणमा प्रवेश गराएको छ । चन्द्रमा, मङ्गल र सूर्यसम्म सफल अन्तरिक्ष अभियान सञ्चालन गरिसकेको भारतले अब निजी क्षेत्रको तीव्र सहभागितासँगै विश्व अन्तरिक्ष उद्योगमा आफ्नो प्रभाव अझ विस्तार गर्ने रणनीति अघि बढाएको छ ।

भारतीय कम्पनी स्काइरुट एरोस्पेसले आगामी अगस्ट ४ भित्र ‘विक्रम–१’ रकेट प्रक्षेपण गर्ने तयारी गरिरहेको छ । यो भारतमै निजी क्षेत्रले विकास गरेको पहिलो कक्षीय–श्रेणीको रकेट हुनेछ । यसले साना उपग्रहलाई पृथ्वीको तल्लो कक्षामा पु¥याउने लक्ष्य राखेको छ । भारतीय अन्तरिक्ष विभागले यसलाई गहिरो अन्तरिक्ष अन्वेषण, मानव अन्तरिक्ष उडान र कक्षीय पूर्वाधार विस्तारतर्फको महत्त्वपूर्ण उपलब्धि हुने जनाएको छ ।

सन् २०२० मा अन्तरिक्ष क्षेत्र निजी लगानीका लागि खुला गरेयता भारतको आठ अर्ब ४० करोड अमेरिकी डलर बराबरको अन्तरिक्ष अर्थतन्त्रले तीव्र विस्तार गरेको छ । हाल देशमा ४०० भन्दा बढी अन्तरिक्ष स्टार्टअप सक्रिय छन् । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) सँग सहकार्य गर्ने धेरै सरकारी तथा निजी कम्पनीले रक्षा क्षेत्रमा पनि काम गरिरहेका छन् र यसले अन्तरिक्ष र सुरक्षाबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको छ ।

भारतले अन्तरिक्ष अन्वेषणमा उल्लेखनीय उपलब्धि हासिल गरिसकेको छ । सन् २०१४ मा भारत मङ्गल ग्रहको कक्षामा अन्तरिक्ष यान पु¥याउने पहिलो एसियाली राष्ट्र बनेको थियो । चन्द्रयान कार्यक्रमअन्तर्गत सन् २००८ को चन्द्र अर्बिटर, सन् २०१९ को असफल अवतरण प्रयास र सन् २०२३ को सफल रोभर अवतरणपछि भारत चन्द्रमामा सफलतापूर्वक मानवरहित यान अवतरण गर्ने विश्वको चौथो देश बनेको थियो ।

सन् २०२७ मा चन्द्रयान–४ मार्फत चन्द्रमाबाट नमूना पृथ्वीमा ल्याउने तथा सन् २०२८ मा शुक्र ग्रहको कक्षामा अन्तरिक्ष यान पठाउने योजना रहेको छ । ‘आदित्य’ सौर्य अभियानले सूर्यको बाहिरी तह र अन्तरिक्ष मौसमबारे अध्ययन गरिरहेको छ । इसरोको प्रविधि प्रयोग गरेर भारतले गहिरो समुद्री स्रोतको अध्ययनका लागि ‘मत्स्य’ नामक पनडुब्बी परियोजना पनि अघि बढाइरहेको छ ।

उपग्रह प्रक्षेपणमा पनि भारतले लागत–प्रभावकारी राष्ट्रको पहिचान बनाएको छ । इसरोले हालसम्म ४३० भन्दा बढी विदेशी तथा १४४ भन्दा बढी स्वदेशी उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरिसकेको छ र यसबाट ६० करोड अमेरिकी डलरभन्दा बढी आम्दानी भएको छ । श्रीहरिकोटास्थित प्रक्षेपण केन्द्र विस्तार भइरहेका बेला तमिलनाडुको कुलसेकरपट्टिनममा दोस्रो स्पेसपोर्ट निर्माणाधीन छ ।

भारत सरकारले अन्तरिक्ष उद्योगको आकार सन् २०३३ सम्म ४४ अर्ब अमेरिकी डलर र सन् २०४० सम्म एक खर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य लिएको छ । नासासँगै युरोपेली अन्तरिक्ष एजेन्सी, फ्रान्स, जर्मनी, इटाली, जापान र साउदी अरेबियासँग पनि भारतले अन्तरिक्ष सहकार्य विस्तार गरेको छ भने मानव अन्तरिक्ष उडान तयारीमा रुसले सहयोग गरिरहेको छ ।

निजी क्षेत्रमा स्काइरुटसँगै पिक्सेलले पृथ्वी अवलोकन उपग्रह विकास गरिरहेको छ । बेलाट्रिक्स एरोस्पेसले उपग्रहलाई अन्तरिक्षमा सञ्चालन गर्न आवश्यक इन्जिन प्रविधि विकास गरिरहेको छ भने अग्निकुल कोस्मोसले थ्रीडी–प्रिन्ट गरिएको रकेट इन्जिन प्रयोग गरेर साना प्रक्षेपण यान निर्माण गरिरहेको छ ।

भारतको अन्तरिक्ष उद्योग रक्षा क्षेत्रसँग पनि निकट रूपमा जोडिएको छ । प्रक्षेपण प्रणाली, रकेट इन्जिन, उपग्रह, मार्गनिर्देशन प्रणाली र एभियोनिक्स प्रविधि अन्तरिक्ष कार्यक्रमसँगै मिसाइल तथा सैन्य ड्रोन विकासमा पनि प्रयोग भइरहेका छन् । इसरोले रक्षा अनुसन्धान तथा विकास सङ्गठन (डीआरडीओ) र भारत–रुसको संयुक्त ब्रह्मोस मिसाइल कार्यक्रमसँगको सहकार्यलाई निरन्तर विस्तार गरिरहेको छ । सन् २०२५ मा पाकिस्तानसँगको द्वन्द्वपछि भारतले रक्षा खरिदमा अरबौँ डलर लगानी बढाएको छ ।

यसैबीच इसरोले ‘गगनयान’ मानव अन्तरिक्ष अभियानको तयारी पनि तीव्र बनाएको छ । सन् २०२६ को अन्त्यदेखि चालकविहीन परीक्षण सुरु गर्ने योजना रहेको यस अभियानमार्फत अन्ततः तीन भारतीय अन्तरिक्षयात्रीलाई तीन दिनका लागि करिब ४०० किलोमिटर उचाइको कक्षामा पठाइने लक्ष्य छ । भारतले सन् २०३५ सम्म आफ्नै अन्तरिक्ष स्टेशन स्थापना गर्ने र सन् २०४० सम्म भारतीय अन्तरिक्षयात्रीलाई चन्द्रमामा अवतरण गराउने दीर्घकालीन योजना पनि अघि बढाएको छ ।

Previous Post

शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल

Next Post

राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

metakhabar

metakhabar

सम्बन्धित खबर

२९ देशहरुद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर
फिचर-ब्यानर

२९ देशहरुद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

२ साउन २०८३,
मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन
आर्थिक

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

२ साउन २०८३,
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
जीवन शैली

राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

२ साउन २०८३,
‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’
जीवन शैली

शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल

२ साउन २०८३,
स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था
आवाज

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

२ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

मालवहाक जहाजका लागि होर्मुज जलमार्ग खुला छ, अमेरिकी सेनाले पारवहन सुनिश्चित गर्दै ः ह्वाइट हाउस

२ साउन २०८३,
Load More
Next Post
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In