• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

    अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

    वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

    वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

    बागलुङमा सिँचाइ सुविधा विस्तार

    बागलुङमा सिँचाइ सुविधा विस्तार

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

    गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ

    देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

    बागलुङमा सिँचाइ सुविधा विस्तार

    सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

    अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

    वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

    वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

    बागलुङमा सिँचाइ सुविधा विस्तार

    बागलुङमा सिँचाइ सुविधा विस्तार

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

    गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ

    देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

    बागलुङमा सिँचाइ सुविधा विस्तार

    सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बागलुङमा सिँचाइ सुविधा विस्तार

metakhabar by metakhabar
३१ असार २०८३,
0
बागलुङमा सिँचाइ सुविधा विस्तार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट (बागलुङ), ३१ असारः बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना सम्पन्न भएका छन् । ती योजनाबाट थप ८० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा स्वीकृत ११४ सिँचाइ योजनामध्ये १०७ वटा सम्पन्न भएका छन् । सिँचाइ कुलो र नदी नियन्त्रणका लागि रु १२ करोड ६६ लाख ५० हजार बजेट विनियोजन गरिएको थियो ।

कार्यालयका प्रशासकीय अधिकृत बाबुराम आचार्यका अनुसार योजना सम्पन्न भएपछि ८० हेक्टर जमिनमा थप सिँचाइ सुविधा विस्तार भएको छ । यससँगै जिल्लामा ६ हजार ९४४ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको उहाँले बताउनुभयो ।

आचार्यका अनुसार स्वीकृत ११४ योजनामध्ये सात वटा विभिन्न कारणले कार्यान्वयन हुन सकेनन् । प्राविधिक समस्या, स्थलगत कठिनाइ, ठूलो लागतका योजना भए पनि पर्याप्त बजेट नहुनु र अन्य कारणले ती योजना रोकिएका हुन् ।

निसीखोलाको एउटा योजना ढोरपाटन सिकार आरक्षभित्र परेकाले काम गर्न नसकिएको उहाँले बताउनुभयो । केही योजनामा लागत धेरै भए पनि बजेट कम भएकाले कार्यान्वयन हुन सकेन ।

जाउलेपानी–मधु सिँचाइ योजना आरक्ष क्षेत्रभित्र परेकाले रोकिएको हो भने खाराखेतदेखि भब्रेटा–झिङ्गलबारी–रातामाटा–घम्सिन–सोरबोट–खप्तरीबाङ सिँचाइ योजना लिफ्टिङ प्रणालीबाट सञ्चालन गर्नुपर्ने भएकाले प्राविधिक रूपमा कार्यान्वयन गर्न कठिन भएको उहाँले बताउनुभयो ।

यस्तै, बागपानी–कटुवाल डेरा सिँचाइ योजना, निसीखोला–५ का लागि दुई पटक ठेक्का आह्वान गर्दा पनि कुनै निर्माण कम्पनीले आवेदन नदिएको उहाँले जानकारी दिनुभयो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका प्रमुख सुजन खड्काले ठूलो लागतका योजनामा पर्याप्त बजेट नआउँदा कार्यान्वयनमा समस्या भएको बताउनुभयो । रु एक करोड लागतको योजनामा १० लाख मात्र बजेट आउँदा काम गर्न चुनौती भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार केही योजनाको स्रोत सुनिश्चित गरी आगामी आर्थिक वर्षदेखि बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन गर्ने गरी ठेक्का लगाइएको छ । काठेखोलाको रेश, बडिगाडको मालारानी र तमानखोलाको नर्जाखानीलगायत योजना १५ वटा प्याकेजमा ठेक्का लगाइएको उहाँले जानकारी दिनुभयो ।

“हामीले नयाँ संरचना निर्माण गर्नुका साथै पुराना सिँचाइ कुलोको मर्मत पनि गरेका छौँ,” प्रमुख खड्काले भन्नुभयो, “सिँचाइ सुविधा पुगेपछि केही बाँझो जमिनमा पनि यस वर्ष धान रोपिएको छ ।”

Previous Post

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

Next Post

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

metakhabar

metakhabar

सम्बन्धित खबर

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी
आवाज

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

३१ असार २०८३,
वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण
आवाज

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

३१ असार २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
आवाज

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

३१ असार २०८३,
गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ
कृषि

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

३१ असार २०८३,
बागलुङमा सिँचाइ सुविधा विस्तार
आवाज

सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

३१ असार २०८३,
बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
आवाज

बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

३१ असार २०८३,
Load More
Next Post
वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In