• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ को धेरै आम्दानी

    ‘लालीबजार’ को धेरै आम्दानी

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘लालीबजार’ को धेरै आम्दानी

    ‘लालीबजार’ को धेरै आम्दानी

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

metakhabar by metakhabar
३० असार २०८३,
0
रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मनाङ।विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)भित्र जैविक विविधताको दिगो संरक्षण र ठूला भौतिक पूर्वाधार विकासबीचको सङ्घर्ष चुलिँदै गएको छ ।

हिमाली जिल्ला मनाङमा राष्ट्रिय गौरव र रणनीतिक महत्वको रूपमा हेरिएको जलविद्युत् आयोजनाको निर्माणकार्यले गति लिएसँगै यस क्षेत्रको रैथाने पर्यावरण, वन्यजन्तुको जैविक मार्ग र सूक्ष्म वनस्पतिको अस्तित्व रक्षाको सवाल थप पेचिलो बन्दै गएको छ ।

आयोजनाका विभिन्न स्थायी तथा अस्थायी संरचना निर्माणका लागि एक्यापअन्तर्गतको कुल ३३.४७ हेक्टर संरक्षित वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका एक हजार ८३९ वटा रूख हटाउन सरकारले अन्तिम स्वीकृति दिएपछि वन फँडानी र वातावरणीय क्षतिको वैज्ञानिक लेखाजोखा सुरु भएको छ ।

आयोजनाको प्राविधिक नक्साङ्कनअनुसार २४ मिटर अग्लो कङ्क्रिट ग्रेभिटी बाँध र ६.०७५ किलोमिटर लामो भूमिगत हेडरेस सुरुङ निर्माणका लागि एक्यापको महत्त्वपूर्ण जैविक वन क्षेत्र अधिग्रहण गरिएको छ । काटिने एक हजार ८३९ रूख र पोलमा हिमाली भेगमा पाइने गोब्रे सल्लो, धुपी, भोजपत्र र लौठसल्लाजस्ता बहुमूल्य र रैथाने प्रजाति रहेका छन् ।

जोखिममा हिँउ चितुवा र कस्तुरी मृगको बासस्थान
यहाँ निर्माणाधीन आयोजना जिल्लाको मध्य तथा माथिल्लो वन क्षेत्र अन्तर्राष्ट्रिय रूपमा सङ्कटापन्न र नेपालको कानुनद्वारा कडा रूपमा संरक्षित हिँउ चितुवा, कस्तुरी मृग, नाउर, घोरल र हिमाली भालुजस्ता वन्यजन्तुको मुख्य चरन क्षेत्र र जैविक मार्ग नजिक पर्दछ । सुरुङ खन्ने क्रममा गरिने दैनिक भारी विष्फोटन, ढुङ्गा फुटाउने क्रसर उद्योगको चर्को ध्वनि प्रदूषण र हेभी इक्विपमेन्टको निरन्तर आवतजावतले गर्दा वन्यजन्तु त्रसित भई आफ्नो प्राकृतिक बासस्थान छाडेर असुरक्षित क्षेत्रतर्फ विस्थापित हुने खतरा बढेको पाल्साङ लामाले बताए ।

कोतोस्थित बाँधबाट मर्स्याङ्दी नदीको पानीलाई छ किलोमिटर लामो भूमिगत सुरुङभित्र हालिने हुनाले बाँधदेखि खोत्रोको विद्युत् गृहसम्मको साविक नदी क्षेत्र पूर्ण रूपमा ‘सुक्खा क्षेत्र’ मा परिणत हुनेछ । हिउँदका समयमा नदीमा पानीको बहाव प्राकृतिक रूपमै कम हुने हुँदा मर्स्याङ्दी नदीको यो खण्ड सुक्ने हुँदा नदीभित्र रहेका रैथाने जलचर र पानीमा आश्रित सूक्ष्म वनस्पतिको जीवनचक्र सदाका लागि अन्त्य हुने देखिएको छ ।

नेपालको जलस्रोत ऐन र वातावरणीय कानुनअनुसार हिउँदमा पनि नदीको साबिक बहावको न्यूनतम् १० प्रतिशत पानी अनिवार्य रूपमा नदीमै छाड्नुपर्ने बाध्यात्मक व्यवस्था छ । हिमाली क्षेत्रका यस्ता दुर्गममा आयोजनाले नियम पालना गरे–नगरेको निष्पक्ष र नियमित अनुगमन गर्ने प्रणाली कमजोर हुँदा जलचरको जीवनचक्र प्रभावित हुने चिन्ता संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष याद घलेले बताए ।

च्याउको प्रजाति अनुसन्धान
जलविद्युत् आयोजनाका कारण वन क्षेत्र प्रभावित हुने र जैविक मार्ग खल्बलिने भएपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङले प्रभावित वन क्षेत्रमा रैथाने र सूक्ष्म जैविक स्रोतको अस्तित्व जोगाउन अनुसन्धान थालेको छ । एक्याप मनाङको प्राविधिक टोलीद्वारा नासोँ गाउँपालिकाको वन क्षेत्रमा च्याउको विविधता, यसको परम्परागत तथा सांस्कृतिक उपयोग र प्रजाति पहिचानका लागि ‘च्याउ सूचीकरण तथा स्थलगत सर्वेक्षण’ सुरु गरिएको जनाएको छ ।

एक्याप मनाङको प्राविधिक टोलीले नासोँ गाउँपालिका–४ को ओडार क्षेत्रबाट स्थलगत सर्वेक्षण सुरु गरी खोत्रोसम्म सङ्कलन कार्य गरेको छ भने खोत्रोदेखि सुर्खी खोलासम्मको पदमार्ग र जङ्गल क्षेत्रमा च्याउका प्रजातिको खोजी थालिएको एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक दुई दिनको स्थलगत अध्ययन र खोजीका क्रममा टोलीले सो क्षेत्रबाट करिब ४५ भन्दा बढी प्रजातिका च्याउ फेला पारी अभिलेखीकरण गरिएको छ । सङ्कलन गरिएका च्याउमध्ये कुन खानयोग्य, कुन औषधीय गुण भएका र कुन विषालु छन् भन्नेबारे प्रजाति पहिचान र विस्तृत वैज्ञानिक प्रतिवेदन लेखनकार्य भइरहेको एक्यापले जनाएको छ ।

यहाँका आदिवासी जनजाति र हिमाली समुदायमा च्याउसम्बन्धी परम्परागत ज्ञान रहेको छ । ‘पुस्तौँदेखि स्थानीयले कुन च्याउ खाने र कुन नखाने भनेर छुट्याउने आफ्नै मौलिक पहिचानको तरिका रहेको छ । तर, आधुनिक पूर्वाधार निर्माण र वन विनासका कारण यस्ता महत्त्वपूर्ण वनस्पति र सूक्ष्म जीव हराउँदै जान थालेपछि एक्यापले सङ्कलन र डकुमेन्टेसनको कामलाई प्राथमिकता दिएको हो’, भुजेलले भने, ‘यस सर्वेक्षणले भविष्यमा च्याउजन्य प्राकृतिक स्रोतको दिगो संरक्षण, परम्परागत ज्ञानको पुस्तान्तरण र वैज्ञानिक उपयोगका लागि नीति निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ ।

शोधभर्ना योजना
नेपालको वन नियमावली र संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माणसम्बन्धी कार्यविधिअनुसार वातावरणीय क्षति पुर्याएबापत जलविद्युत् प्रवर्द्धक कम्पनीले कडा कानुनी दायित्व पूरा गर्नुपर्ने प्रावधान रहेको छ । १ः१० को अनुपातमा १८ हजार ३९० बिरुवाको वृक्षरोपण गर्नुपर्ने र एक हजार ८३९ वटा रूख र पोलको शोधभर्नाबापत आयोजनाले १ः१० को अनुपातमा कुल १८ हजार ३९० वटा नयाँ बिरुवा रोप्नुपर्ने प्रावधान रहेको एक्यापले जनाएको छ ।

क्त बिरुवालाई पाँच वर्षसम्म गोडमेल गर्ने, घेराबार गर्ने र हुर्काएर वन कार्यालयलाई हस्तान्तरण गर्ने सम्पूर्ण वित्तीय तथा व्यवस्थापकीय जिम्मेवारी प्रवर्द्धक कम्पनीकै हुनेछ । जग्गा सट्टाभर्ना आयोजनाले स्थायी संरचनाका लागि प्रयोग गर्ने ३३.०४७ हेक्टर राष्ट्रिय वन क्षेत्रको सट्टामा कम्पनीले सोही क्षेत्रफलबराबरको निजी जग्गा आफ्नै खर्चमा खरिद गरी वन मन्त्रालयको नाममा रजिष्ट्रेसन पास गरिदिनुपर्ने कानुनी बाध्यता छ ।

Previous Post

‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

Next Post

‘लालीबजार’ को धेरै आम्दानी

metakhabar

metakhabar

सम्बन्धित खबर

‘लालीबजार’ को धेरै आम्दानी
मनोरञ्जन

‘लालीबजार’ को धेरै आम्दानी

३० असार २०८३,
‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’
फिचर-ब्यानर

‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

३० असार २०८३,
चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
आर्थिक

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

३० असार २०८३,
हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी
आर्थिक

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

३० असार २०८३,
तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा
फिचर-ब्यानर

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

३० असार २०८३,
नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने
समाचार

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

३० असार २०८३,
Load More
Next Post
‘लालीबजार’ को धेरै आम्दानी

‘लालीबजार’ को धेरै आम्दानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In