• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

    प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

    आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

    आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

    दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

    दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    आज यी चार प्रदेशमा भारी वर्षाकाे सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा

metakhabar by metakhabar
२७ असार २०८३,
0
न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले रक्षा र सुरक्षासहित विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले शनिबार ‘रणनीतिक साझेदारी’ घोषणा गरेका छन् ।

न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्युजिल्यान्डको आदिवासी माओरी परम्पराअनुसार स्वागत गर्दै सम्मान गारद (गार्ड अफ अनर) प्रदान गर्नुभयो । गत अप्रिलमा स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएपछि दुई देशबीचको सम्बन्ध विस्तारको प्रयास भइरहेका बेला लक्सनले उक्त सम्झौतालाई आर्थिक लाभको महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गर्नुभएको हो ।

जुलाई ६ देखि जुलाई ११ सम्मको मोदीको भ्रमण इन्डोनेसिया र अस्ट्रेलियाको यात्रासहितको कार्यक्रमको अन्तिम चरण हो । प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिबारे चिन्ता बढिरहेका बेला मोदीको न्युजिल्यान्ड भ्रमण भएको हो ।

चालिस वर्षपछि कुनै भारतीय प्रधानमन्त्रीले गरेको यो पहिलो न्युजिल्यान्ड भ्रमण हो । यसले प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावका बीच भारतको कूटनीतिक सक्रियतालाई पनि सङ्केत गरेको छ ।

अकल्यान्डस्थित गभर्नमेन्ट हाउसमा मोदीको स्वागत गर्दै प्रधानमन्त्री लक्सनले भारत–न्युजिल्यान्ड साझेदारीले सम्बन्धलाई नयाँ दिशा र व्यापकता प्रदान गर्ने बताउनुभयो ।

मोदीले दुई देशबीचको सम्बन्धलाई ‘थप ऊर्जा र आत्मविश्वास प्रदान गर्ने महत्वपूर्ण कोशेढुङ्गा’ को सङ्ज्ञा दिनुभयो । उहाँले भन्नुभयो, “लोकतान्त्रिक मूल्यप्रतिको हाम्रो साझा प्रतिबद्धताले हामीलाई स्वाभाविक साझेदार बनाएको छ ।”

दुवै देशले जारी गरेको संयुक्त वक्तव्यमा रक्षा सहकार्य, नौसेना अभ्यास, व्यापार, कूटनीति, संस्कृति, खेलकुद र विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्ने उल्लेख गरिएको छ ।

दुवै नेताले “स्वतन्त्र, खुला, शान्तिपूर्ण र समृद्ध इन्डो–प्यासिफिक क्षेत्र” निर्माणमा साझा चासो रहेको बताएका छन् ।

व्यापार सम्झौतामाथि बहस

मोदीको भ्रमणका क्रममा अकल्यान्डस्थित स्पार्क एरेनामा भारतीय समुदायलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । न्युजिल्यान्डमा बसोबास गर्ने करिब तीन लाख भारतीय समुदायमध्ये हजारौँ सहभागी हुने अपेक्षा गरिएको छ ।

यसअघि अस्ट्रेलियाको मेलबर्नमा भएको कार्यक्रममा करिब ३० हजार भारतीय समुदायका मानिस सहभागी भएका थिए ।

नोभेम्बरमा हुने आमनिर्वाचनलाई लक्षित गर्दै प्रधानमन्त्री लक्सनले भारतसँगको स्वतन्त्र व्यापार सम्झौताबाट रोजगारी र आर्थिक लाभ हुने बताउँदै आउनुभएको छ । तर, उक्त सम्झौताका केही प्रावधान, विशेषगरी भारतीय विद्यार्थी र कामदारका लागि आप्रवासन तथा भिसा सहज बनाउने विषयमा न्युजिल्यान्डभित्र आलोचना भइरहेको छ ।

लक्सन नेतृत्वको गठबन्धनमा रहेको ‘न्युजिल्यान्ड फस्र्ट’ पार्टीका केही सांसदले सम्झौताका प्रावधानप्रति असन्तुष्टि जनाएका छन् ।

सरकारीमन्त्री शेन जोन्सले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै सम्झौताबारे आफ्नो आपत्ति जनाउनुभएको थियो । उहाँको भनाइलाई लिएर भारतीय समुदायका केही नेताले जातीय विभेदपूर्ण टिप्पणी भएको आरोप लगाएका छन् ।

यसैबीच, न्युजिल्यान्डका विवादास्पद धार्मिक नेता ब्रायन तामाकीले मोदीको भ्रमणको विरोध गर्दै सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिनुभएको छ । उहाँको टिप्पणीलाई न्युजिल्यान्डका जातीय सम्बन्ध आयुक्तले कडा आलोचना गर्दै ‘अत्यन्त आपत्तिजनक’ भनेका छन् ।

प्रधानमन्त्री लक्सनले भने मोदीको भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने अवसरका रूपमा प्रस्तुत गर्नुभएको छ ।

“यो भ्रमण न्युजिल्यान्ड र भारतबीचको सफल साझेदारीको उत्सव हो, जसले दुवै देशका नागरिकका लागि समृद्धि र सुरक्षामा योगदान पु¥याउनेछ”, उहाँले भन्नुभयो ।

Previous Post

राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन

Next Post

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने
समाचार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

१० भदौ २०८३,
आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै
समाचार

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

१० भदौ २०८३,
दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै
फिचर-ब्यानर

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

१० भदौ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१० भदौ २०८३,
समाचार

आज यी चार प्रदेशमा भारी वर्षाकाे सम्भावना

१० भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१० भदौ २०८३,
Load More
Next Post
विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In