• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, १५ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा

    नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?

    त्रिविमा जनशक्ति विकासका लागि एक करोड २५ लाख बजेट विनियोजन

    खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

    खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

    मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

    मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२७ असार २०८३,
0
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

लमजुङ, २७ असारः ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ गन्तव्यतर्फ लाग्नुहुन्छ । सारङ्गीको धुन र गीतमार्फत उहाँले आफ्नो जीवनयापन मात्र गरिरहनुभएको छैन, गन्धर्व समुदायको मौलिक कला, संस्कृति र पहिचानलाई निरन्तरता दिइरहनुभएको छ ।

लमजुङको सुन्दरबजार क्षेत्र नजिकै लमजुङ र तनहुँको सीमाक्षेत्रमा बसोबास गर्दै आउनुभएका यमबहादुरले विगत ३६ वर्षदेखि सारङ्गी बजाउने र गीत गाउने पेसालाई निरन्तरता दिँदै आउनुभएको छ । बुबा–बाजेको पालादेखि चल्दै आएको पुख्र्यौली पेसालाई अँगालेर उहाँले आफ्नो जीवनयात्रा अघि बढाइ रहनुभएको हो ।

“पढाइ पनि धेरै गर्न सकिनँ, अरू काम पनि जानेको छैन । अब यही पेसाबाट जीवन चलिरहेको छ,” यमबहादुरले भन्नुभयो, “हातगोडा चलुन्जेल यही काम गर्छु । आफ्नो कमाइ आफैँ गर्छु र आफ्नो खर्च आफैँ चलाउँछु ।”

विगतमा गाउँ–बस्तीमा पुग्दा गन्धर्वका गीत सुन्ने र सहयोग गर्ने मानिस धेरै हुने गरेको अनुभव उहाँसँग छ । तर समय परिवर्तनसँगै मानिसको रुचि र व्यवहारमा आएको परिवर्तनका कारण अहिले पहिले जस्तो सहयोग पाउन कठिन हुँदै गएको यमबहादुरले बताउनुभयो । लमजुङका विभिन्न स्थानसँगै मनाङ, गोरखा, काठमाडौँ, पोखरा, चितवनलगायत क्षेत्रमा पुगेर उहाँले सारङ्गी बजाउँदै गीत गाउँदै आउनुभएको छ ।

बिहानैखि बेलुका अबेरसम्म विभिन्न ठाउँमा हिँडेर गन्धर्वले आफ्नो कला प्रस्तुत गर्नुहुन्छ । यमबहादुरको आम्दानी निश्चित छैन । गन्धर्वका अनुसार कसैले १०–२० रुपैयाँ सहयोग गर्नुहुन्छ भने कसैले ४०–५० रुपैयाँसम्म पनि दिने गर्नुहुन्छ । कतिपय अवस्थामा राम्रो व्यवहार पाए पनि कहिलेकाहीँ अपमानजनक शब्दसमेत सुन्नुपर्ने अवस्था आउने गरेको उहाँले बताउनुभयो ।

यही पेसाबाट परिवारको खर्च चलाउँदै आउनुभएका यमबहादुरले सामान्यतया महिनामा रु १५ हजारदेखि रु २० हजारसम्म आम्दानी हुने र कहिलेकाहीँ त्यसमा वृद्धि हुने गरेको बताउनुभयो । वर्षायाम भने उहाँका लागि थप कठिन समय हुने गरेको छ । असार–साउनमा पानी पर्ने, बाटो बिग्रने र लामो दूरी हिँड्न समस्या हुने भएकाले पेसामा असर पर्ने गरेको गन्धर्वको भनाइ छ ।

“पानी परेको बेला धेरै समस्या हुन्छ । हिँड्न गाह्रो हुन्छ । तर यही मेरो जीवनको आधार हो,” उहाँले भन्नुभयो ।

यमबहादुरका लागि सारङ्गी केवल आम्दानीको माध्यम मात्र होइन, आफ्नो पहिचान र संस्कृतिसँग जोडिएको सम्पत्ति हो । गन्धर्व समुदायमा गीत–सङ्गीत र सारङ्गी बजाउने परम्परा पुस्तौँदेखि चल्दै आएको उहाँले बताउनुभयो । धार्मिक तथा सांस्कृतिक विश्वासअनुसार गन्धर्व समुदायलाई गीत–सङ्गीतको वरदान प्राप्त भएको र गीत गाउँदै, सारङ्गी बजाउँदै विभिन्न ठाउँमा पुग्ने परम्परा रहेको विश्वास रहेको गन्धर्वले बताउनुभयो ।

सारङ्गी बजाउनुका साथै गन्धर्वले समाज र देशमा भएका विभिन्न घटना, सामाजिक विषय तथा जनचेतनामूलक सन्देश समेटिएका गीतसमेत गाउँदै आउनुभएको छ । आफ्नो कलामार्फत समाजलाई सन्देश दिन पाउँदा खुसी लाग्ने उहाँले बताउनुभयो । तर पछिल्लो समय गन्धर्व समुदायको मौलिक कला, संस्कार र संस्कृति संरक्षणमा चुनौती थपिँदै गएकामा यमबहादुरको चिन्ता छ ।

नयाँ पुस्ताले यो पेसा अँगाल्न चासो नदेखाउँदा परम्परागत कला विस्तारै हराउने जोखिम बढेको गन्धर्वले बताउनुभयो । “अहिलेका सन्तान यो पेसामा आउन चाहँदैनन् । उनीहरू अरू कामतिर जान थालेका छन्,” उहाँले भन्नुभयो, “यसले गर्दा हाम्रो कला र पहिचान हराउने चिन्ता छ ।”

गन्धर्व समुदायको कला र संस्कृति संरक्षणका लागि सरकारी तथा सम्बन्धित निकायबाट पनि पहल आवश्यक छ । गन्धर्व समुदायलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्न सके नयाँ पुस्तालाई यो पेसाप्रति आकर्षित गर्न सकिने यमबहादुरले बताउनुभयो ।

सारङ्गी बजाउने, गीत गाउनेजस्ता परम्परागत सीप नयाँ पुस्तालाई सिकाउन तालिम सञ्चालन गर्न सके युवाले आफ्नो पुख्र्यौली कला सिक्ने अवसर पाउने र यसलाई जीवनयापनसँग जोड्नसमेत सहयोग पुग्ने गन्धर्वको विश्वास छ । श्रीमती, छोराबुहारी, नातिनातिनासहित पारिवारिक जिम्मेवारी सम्हाल्दै आउनुभएका यमबहादुरले आफूले सक्ने समयसम्म यही पेसालाई निरन्तरता दिने बताउनुभयो ।

घाम, पानी र कठिनाइसँग सङ्घर्ष गर्दै काँधमा सारङ्गी बोकेर यात्रामा निस्कनुहुने यमबहादुरका लागि यो केवल जीविकोपार्जनको माध्यम होइन, पुर्खाले हस्तान्तरण गरेको अमूल्य सम्पदा हो । उहाँजस्ता कलाकारकै कारण गन्धर्व समुदायको मौलिक कला र संस्कृति अझै जीवित छ । तर यो पहिचान जोगाउन नयाँ पुस्तालाई जोड्ने र संरक्षणका कार्यक्रम अघि बढाउने आवश्यकता देखिएको छ ।

अघिल्लो समाचार

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

अर्को समाचार

गर्मी छल्न पर्यटक रिग क्षेत्रमा

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा
आर्थिक

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

१५ कात्तिक २०८३,
रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
आवाज

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

१५ कात्तिक २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

१५ कात्तिक २०८३,
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
फिचर-ब्यानर

त्रिविमा जनशक्ति विकासका लागि एक करोड २५ लाख बजेट विनियोजन

१५ कात्तिक २०८३,
खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान
समाचार

खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

१५ कात्तिक २०८३,
मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो
आर्थिक

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

१५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा

गर्मी छल्न पर्यटक रिग क्षेत्रमा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

१५ कात्तिक २०८३,
रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

१५ कात्तिक २०८३,
सुनको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

१५ कात्तिक २०८३,
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?

त्रिविमा जनशक्ति विकासका लागि एक करोड २५ लाख बजेट विनियोजन

१५ कात्तिक २०८३,
खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

१५ कात्तिक २०८३,
मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

१५ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन