• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

    जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

    कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको कार्यतालिका ल्याउने तयारी

    कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको कार्यतालिका ल्याउने तयारी

    कोलम्बियामा वायुसेनाको विमान दुर्घटना: ३४ सैनिकको मृत्यु, ७० भन्दा बढी घाइते

    कोलम्बियामा वायुसेनाको विमान दुर्घटना: ३४ सैनिकको मृत्यु, ७० भन्दा बढी घाइते

    सरकारी नियुक्ति पाएका पदाधिकारीलाई पद त्याग्न चन्द्र भण्डारीको सुझाव

    सरकारी नियुक्ति पाएका पदाधिकारीलाई पद त्याग्न चन्द्र भण्डारीको सुझाव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शान्ति स्थापनामा प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम गर्दै नेपाल

by
२५ माघ २०७९,
0
शान्ति स्थापनामा प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम गर्दै नेपाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राष्ट्रसंघको सहकार्यमा नेपालले आगामी जुन १२ देखि १५ तारिखसम्म ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयक अन्तर्राष्ट्रिय कार्यक्रम गर्ने भएको छ।

विश्वमा भइरहेको सूचना प्रविधिको तीव्रतम विकास र बदलिँदो सुरक्षा परिस्थितिअनुरूप शान्ति कार्य मिसनमा प्रयोग भइरहेका प्रविधि, चुनौती र असल अभ्यासबारे सदस्य राष्ट्रबीच अनुभव आदानप्रदान गर्न नेपालले उक्त कार्यक्रम गर्न लागेको हो। नेपालले विश्वशान्ति स्थापनाका लागि विगतमा गरेका प्रतिबद्धता र योगदानका आधारमा संयुक्त राष्ट्रसंघ सचिवालय मातहतको परिचालन सहयोग विभाग तथा सूचना एवं सञ्चार र प्रविधि कार्यालयको सहकार्यमा सातौं संस्करणको अन्तर्राष्ट्रिय गोष्ठी नेपालमा गर्न लागिएको रक्षा मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए।

गोष्ठीमा संयुक्त राष्ट्रसंघ, शान्ति सेना खटाउने मुलुक र सहयोग संस्थाका प्रतिनिधि तथा विषय विज्ञसमेत गरी करिब तीन सयको सहभागिता रहने छ। गोष्ठीमा मुख्य नारामा आधारित अतिथि वक्ताको खुला सत्र, प्रस्तुतीकरण र विषयगत कार्य समूहमा छलफल हुनेछ। राष्ट्रसंघको आह्वानमा हालसम्म एक लाख ४४ हजार पाँच सय ६५ नेपाली शान्ति सैनिकले विश्वका ४४ शान्ति मिसनमा खटिएर योगदान पुर्‍याइसकेका छन्। यस क्रममा ७२ जनाले वीरगति प्राप्त गर्नुका साथै ६६ जना गम्भीर घाइते भएका छन्। हाल विश्वका १२ शान्ति मिसनमा पाँच सय छ महिलासहित छ हजार ५९ सैनिक परिचालित छन्।

उक्त कार्यक्रम राष्ट्रसंघलगायत साझेदार पक्षका अनुभवका आधारमा शान्ति मिसनका कार्य देशलाई वर्तमान र भविष्यमा प्रभाकारी तुल्याउन डिजिटल प्रविधिको प्रयोगको सम्भाव्यता तथा संयन्त्र विकास गर्ने सन्दर्भमा महत्त्वपूर्ण सावित हुने अपेक्षा लिइएको छ। सूचना प्रविधिका विषयमा सदस्य राष्ट्रबीच सहयोग र सहकार्यका लागि छलफल गर्ने उद्देश्यले सन् २०१४ मा इटलीबाट सुरु भएको यस्तो कार्यक्रम संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति सेना खटाउने मुलुकमा पालैपालो प्रत्येक वर्ष आयोजना गरिँदै आएको छ।

यसअघि अष्ट्रिया, दक्षिण कोरिया, जर्मनी, काजकिस्तान र दक्षिण अफ्रिकामा कार्यक्रम भएको थियो। विश्वमा धेरै शान्ति सेना खटाउने मुलुकको सूचीमा हाल नेपाल दोस्रो वरीयतामा छ। यस्ता कार्यक्रम आयोजना गर्ने अवसर प्राप्त हुनु नेपालका लागि उचित मौका र राष्ट्रिय प्रतिष्ठाको विषय भएको मन्त्रालयले जनाएको छ। विश्वशान्ति कार्यमा नेपालको योगदान ठूलो भएको तर यस्ता खाले कार्यक्रम यसअघि नेपालमा नभएकाले पनि गोष्ठी महत्त्वपूर्ण रहने प्रवक्ता पौडेल बताउछन्।

कार्यक्रमका सन्दर्भमा निर्देशक र व्यवस्थापन समिति गठन भइसकेको छ। गोष्ठीमा संयुक्त राष्ट्रसंघका उपमहासचिवस्तरका प्रतिनिधिको सहभागिता रहनेछ। मानवीय, वातावरणीय, आर्थिकलगायत सुरक्षाको पाटोमा समेत त्यस अवसरमा गहन छलफल हुने बताइएको छ। कार्यक्रमले शान्ति स्थापना कार्यमा भोगिरहेका जटिल चुनौतीबारे अन्तर्दृष्टि प्रदान गर्नुका साथै शान्ति मिसन, ग्लोबल सेवा केन्द्र र राष्ट्रसंघ मुख्यालयका प्रतिनिधिसँग संवाद र सहकार्यको समेत अवसर प्रदान गर्नेछ।

नेपाली सेनाको अग्रणी भूमिका, क्षमता अभिवृद्धि र मुलुकको प्रतिष्ठा वृद्धिमा यसले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। नेपालको शान्ति कार्यमा हालसम्मको भूमिका र योगदानलाई कदर गर्दै राष्ट्रसंघले अन्तर्राष्ट्रिय कार्यक्रम गर्न सहकार्य गरेको हो।

यसैबीच नेपाल–भारत सुरक्षासम्बन्धी द्विपक्षीय परामर्श समूहको १५औं बैठकको नेपालले तयारी गरिरहेको छ। बैठकका लागि निर्देशक समिति र व्यवस्थापन समितिको गठन भए पनि मिति र एजेण्डा तय गर्न भारतीय पक्षसँग समन्वय भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए। यसअघि यस्तो बैठक नेपाल र भारतमा आलोपालो गरी हुँदै आएको छ। -रासस

Previous Post

सडक सञ्जालसँग जोडियो बाँफिकोट

Next Post

खोटाङमा वार्षिक डेढ अर्बको आयातित तेल प्रयोग

सम्बन्धित खबर

धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

१० चैत्र २०८२,
जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो
फिचर-ब्यानर

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

१० चैत्र २०८२,
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको कार्यतालिका ल्याउने तयारी
समाचार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको कार्यतालिका ल्याउने तयारी

१० चैत्र २०८२,
कोलम्बियामा वायुसेनाको विमान दुर्घटना: ३४ सैनिकको मृत्यु, ७० भन्दा बढी घाइते
अन्तर्राष्ट्रिय

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना: ३४ सैनिकको मृत्यु, ७० भन्दा बढी घाइते

१० चैत्र २०८२,
सरकारी नियुक्ति पाएका पदाधिकारीलाई पद त्याग्न चन्द्र भण्डारीको सुझाव
समाचार

सरकारी नियुक्ति पाएका पदाधिकारीलाई पद त्याग्न चन्द्र भण्डारीको सुझाव

१० चैत्र २०८२,
Load More
Next Post
खोटाङमा वार्षिक डेढ अर्बको आयातित तेल प्रयोग

खोटाङमा वार्षिक डेढ अर्बको आयातित तेल प्रयोग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In