• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

    जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

    शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

    शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२३ असार २०८३,
0
विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपुर (नवलपरासी), २३ असारः नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को बुलिङ्टार गाउँपालिकाका किसान विषादीरहित तरकारी उत्पादनमा जुटेका छन् । तरकारी तथा अन्नबालीमा विषादीबाट हुने क्षतिका बारेमा जानकारी पाएपश्चात् यहाँका किसान खेतबारीमा रासायनिक विषादीलाई निरुत्साहित गर्दै प्राङ्गारिक खेतीतर्फ अग्रसर भएका हुन् ।

बुलिङ्टार गाउँपालिका-१ की पहलसिं सारु मगरले स्थानीय सामग्रीबाट झोलमल तयार पारेर अन्नबालीमा प्रयोग गर्न थालेको बताउनुभयो । “हामीले झोल मल-१, झोल मल-२ र झोल मल-३ तयार पारेका छौँ”, उहाँले भन्नुभयो, “तीनवटै झोल मलको प्रयोग फरकफरक काममा लागि हुन्छ ।” मल-१ माटो सुधारका लागि, मल-२ कीराको सङ्क्रमणबाट जोगिन तथा मल-३ कीरा भगाउनका लागि प्रयोग गर्ने गरिएको मगरले जानकारी दिनुभयो ।

झोल मल बनाउँदा स्थानीयस्तरमा उत्पादन हुने असुरो, खुर्सानी, लसुन, अदुवा, निमपत्ता, गाईको पिसाबलगायत सामग्री प्रयोग हुने उहाँको भनाइ छ । यहाँका किसानलाई प्राङ्गारिक खेती गर्न प्रेरित गर्ने उद्देश्यले गाउँपालिकाले विभिन्न सङ्घसंस्थाको सहयोगमा अभिमुखीकरण तालिम सञ्चालन गरेको थियो ।

बुलिङ्टार गाउँपालिकाको कृषि शाखाका प्राविधिक सहायक विष्णु ढकालले पालिकाभित्रका कृषक पछिल्लो समय प्राङ्गारिक खेतीतर्फ अग्रसर भएका बताउनुभयो । “यहाँका किसानले पहिला अत्यधिक विषादी र रासायनिक मल प्रयोग गरेर अन्नबाली उब्जनी गर्ने गर्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “हिजोआज कृषकमा सचेतना बढेको छ, विषादीले पुर्‍याउने हानिबारे जानकारी पाएपछि उहाँहरू प्राङ्गारिक खेतीतर्फ आकर्षित हुनुभएको हो ।”

पालिकाले कृषकलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गर्न विभिन्न समयमा तालिम दिने तथा विभिन्न स्थानीय प्रजातिका तरकारी बालीका बीउ उपलब्ध गराउन विभिन्न संस्थासँग सहकार्य गरिदिने काम गरेको ढकालले बताउनुभयो ।

यहाँका किसानले उत्पादन गर्ने गरेको तरकारी स्थानीय बजारसँगै कावासोती, गैँडाकोट र नारायणघाटसम्म पुग्ने गरेको छ । स्थानीय खुमसरा आले मगरले आफूहरुले काँक्रो, टमाटर, भिण्डी, करेला, बोडी, फर्सी, काउली, बन्दालगायत तरकारी उत्पादन गरेर बिक्रीवितरण गर्दै आएको बताउनुभयो । “विषादी प्रयोग नगरी उत्पादन गरिएको तरकारीको माग धेरै छ”, उहाँले भन्नुभयो, “हामीले उत्पादन गरेको तरकारी बेच्नका लागि बजारको समस्या हुने गरेको छैन ।”

बुलिङ्टारका कृषकले उत्पादन गरेको तरकारी घरबाटै बिक्री हुँदै आएको मगरले बताउनुभयो । “हामीले थोरै थोरै उत्पादन गरेमा यहाँका होटलमा लैजान्छन्, उत्पादन धेरै भयो भने कावासोती तथा नारायणघाटबाट व्यापारी गाडी लिएर आउँछन्”, उहाँले भन्नुभयो, “तरकारीले उचित बजार भाउ पाउँदा हामीलाई राम्रो फाइदा हुने गरेको छ ।” तरकारी बिक्रीबाट हुने आम्दानीले दैनिक घरखर्ची चलाउनुका साथै केटाकेटीको शिक्षामा खर्च गर्दै केही रकम सहकारीमा बचत गर्न पुग्ने गरेको उहाँको भनाइ छ ।

आफूले नमुना प्लट निर्माण गरेर तरकारीखेती गर्दै आएको मगरले जानकारी दिनुभयो । “हामीले भक्तपुरे काँक्रो लगाएका छौँ, घरबाटै प्रतिकिलोको रु ५० मा बिक्री हुने गरेको छ”, उहाँले भन्नुभयो । प्राङ्गारिक खेती गर्न थालेपछि आफूहरूलाई रासायनिक मलको अभावमा पनि समस्या नहुने भन्दै उहाँले विषादीबाट हुने स्वास्थ्यसम्बन्धी समस्याको चिन्ता पनि हराएको बताउनुभयो ।

विषादीरहित तरकारीखेती सुरु गरेपछि सुरक्षित पर्यावरणसँगै स्वास्थ्य राम्रो भएको भन्दै स्थानीय कृषक खुसी भएकाश न् । स्थानीय कृषक टकबहादुर खण्डलुकले पहिला हाइब्रिड खेती गर्ने गरेकामा अहिले स्थानीय प्रजातिका तरकारी तथा अन्नबाली खेती सुरु गरेको बताउनुभयो ।

“अहिले हामी पर्यावरणीय कृषि गरिरहेका छौँ, यसबाट पनि हुँदो रहेछ भन्ने कुरा प्रमाणित हुँदै गएको छ”, उहाँले भन्नुभयो, “हामी आफँैले विषादीरहित तरकारी उत्पादन गर्न थालेपछि बजारबाट ल्याएको तरकारी हाम्रो भान्छामा पाक्न छोडेको छ ।”

स्थानीय कृषकले विषादीरहित तरकारी उत्पादन सुरु गरेपछि बजारबाट ल्याइने विषादीयुक्त तरकारी प्रयोग गर्न नपरेको भन्दै उहाँले भन्नुभयो, “हामीले पर्यावरणीय हिसाबले लगाएको तरकारी बाली नै हामीले खाएका छौँ, त्यसकारणले अहिले हामी स्वस्थ पनि छौँ, धेरै खुसी पनि छौँ ।”

केही वर्ष अगाडिसम्म नवलपुरको विकट पहाडी क्षेत्रका रुपमा रहेको बुलिङ्टार गाउँपालिकालाई कालीगण्डकी करिडोरले छोएपछि अहिले यहाँ उत्पादन भएका कृषिजन्य सामग्री सहजै बजार केन्द्रसम्म पुग्ने गरेका छन् । यहाँबाट सङ्कलन गरिएका कृषिउपज एकघण्टा भित्रमा नारायणघाट सहितका बजार केन्द्रमा पुर्‍याइने गरेको कृषकहरू बताउँछन् ।

Previous Post

फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

Next Post

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

metakhabar

metakhabar

सम्बन्धित खबर

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
आवाज

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

२३ असार २०८३,
सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा
आवाज

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

२३ असार २०८३,
फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान
कृषि

फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

२३ असार २०८३,
जुम्ली किसानलाई मार्सीधान काट्न चटारो
आवाज

जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

२३ असार २०८३,
शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान
आवाज

शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

२३ असार २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
आवाज

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

२३ असार २०८३,
Load More
Next Post
सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In